News

May 15, 2008

एम टी युका अध्यक्ष श्री तोर्ण लिम्बुलाई जबरजस्ती नेपाल

लिम्वूवान डट व्लगस्पोट डटकम,कोरिया,
बिगत लामो समयदेखि अन्तर्राष्ट्रिय प्रवासी मजदुरहरुको लागि संघर्षरत संस्था एम टी युका अध्यक्ष श्री तोर्ण लिम्बुलाई आज जबरजस्ती नेपाल पठाउन लागेको समाचार प्राप्त भएको छ ।आफ्नो स्वास्थ्यको सही उपचारका लागि आजदेखि भोक हड्ताल शुरु गर्नुभएका श्री लिम्बुलाई छङजु स्थित बन्दी गृहमा एम टी यु कै केही अधिकारीहरु भेट्न जांदा त्यहां नभएको खुलासा भएको त्यसैगरि कोरिया स्थित नेपाल एम्बेसीमा बुझ्दा अध्यागमनका कर्मचारीहरु धेरै बेर कुरेर ट्राभल डकुमेन्ट बनाएर लगेको र एउटै फ्लाइटबाट नेपाल जना लागेका एक जना नेपालीले फोन गरेर वहांलाई नेपाल फर्काउनका निमित्त एयरपोर्टमा ल्याइएको भन्ने कुराको पुष्‍टि हुन आएको छ ।लिम्बुको बचाउका निमित्त कोरियाको राष्ट्रिय मानव अधिकार संस्थाले समेत पठाउन नपाईने भनी रिपोर्ट दिइ सकेको भए पनि आज कोरियाको अध्यागमन बिभागले यस्तो कार्य गरेको कुरा थाहा हुन आएको छ ।

No comments: