News

May 16, 2008

राजालाई स्थान दिने सहमति छैन’

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
भारतले नेपालसँगको सम्बन्ध जनस्तरको भएकाले गणतन्त्र स्थापनाका निम्ति चुनावमार्फ अभिव्यक्त जनादेशको सम्मान गर्ने बताएको छ। नेपाल-भारत सम्बन्ध सरकारबीचको मात्रै होइन, जनताबीचको हो। त्यसैले हामी जनताको निर्णयको सम्मान गर्र्छौं’ -नवनियुक्त भारतीय राजदूत राकेश सुदले बिहीबार राजधानीमा आयोजित एक साक्षत्कारमा भन्नुभयो।यतिखेर नेपाल एकदमै संवेदनशील अवस्थामा रहेकाले प्रमुख राजनीतिक शक्तिहरूले हरेक समाधानका लागि आधारभूत सिद्धान्त निर्माण गरी सहमतिका साथ अगाडि बढ्नुपर्ने सुदको भनाइ थियो।उहाँले नेपालमा राष्ट्रिय सहमति र एकताको सरकार बन्नुपर्नेमा भारतले जोड दिइरहेको पनि उल्लेख गर्नुभयो।नेपालमा कार्यभार सम्हाल्न आएलगत्तै राष्ट्रिय नेताहरूसँग पटकपटक संवाद गर्नुभएका राजदूत सुदले नेपालमा कुनै पनि खाले नयाँ राजनीतिक व्यवस्था हुनुपर्छ भनेर भारतले प्रयास नगरेको बताउनुभयो। हामीले यहाँका जनता, नेताले गरेको प्रयासमा सहयोग गर्ने हो। कुनै किटानी गर्ने होइन’ -उहाँले सेरेमोनियल राष्ट्रपतिको व्यवस्थालगायतका कुरामा भारतले पहल गरिरहेको भन्ने चचर्ँका सम्बन्धमा टिप्पणी गर्दै भन्नुभयो।भारतका वरिष्ठ कूटनीतिज्ञमा गनिनुहुने सुदले नयाँ राजनीतिक परिवेशमा राजालाई कुनै स्थान दिन राजा, दल र भारतबीच गोप्य सहमति भएको भन्ने कुरालाई अस्वीकार गर्नुभयो। त्यस्तो कुनै सम्झौता भएको छैन’ -उहाँको कथन थियो।उहाँले नेपालका राजनीतिक शक्तिहरूमध्ये कोही संक्रमणकालीन विषयहरू टुंग्याउन हतारिएको र कसैले सोचविचारमा समय लिन खोजेको विश्लेषण गर्दै राष्ट्रिय सहमतिबाट काम गर्दा जुनसुकै बाटो पनि सहज हुने धारणा राख्नुभयो।सेना-हतियार संवेदनशीलराजदूत सुदले माओवादी सेना-हतियार व्यवस्थापन जटिल र संवेदनशील विषय भएकाले यसले समय लिने र यसका लागि पनि प्रमुख राजनीतिक शक्तिहरूले आधारभूत सैद्धान्तिक सहमतिबाट अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो।रिपोर्र्टर्स क्लबद्वारा आयोजित सो कार्यक्रममा उहाँले नेपालले संघीय संरचनाका लागि विश्वको कुनै पनि मोडल अनुसरण गर्न सक्ने बताउनुभयो।उहाँले सन् १९५० को नेपाल-भारत मैत्री सम्बन्ध पुनरवलोकन गर्नु समयको आवश्यकता भएको पनि उल्लेख गनुभयो।

No comments: