News

May 10, 2008

मध्य राती वलिउडका चर्चित अभिनेता देवानन्द दरबार छिरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
वलिउडका चर्चित अभिनेता देवानन्द नेपाल भंमणको क्रममा हिजो राती नारायणहिटी दरबार प्रवेश गरेका छन् । दरबारसँग निकट सम्बन्ध राख्दै आएका देवानन्दले राजालाई भेट गर्न राती नौ बजे दरबार प्रवेश गरेका थिए । गोप्य ढंगले दरबार प्रवेश गरेका देवानन्दले राजासँग डेढघन्टा कुराकानी गरेको बताइन्छ । भारतीय चलचित्र बनाउँदा पटक-पटक नेपाली भूमि प्रयोग गर्ने र नेपालप्रति माया ममता दर्शाउने देवानन्द नेपालको राजसंस्थाका र्समर्थक मानिन्छन् । उनले हिजो भृकुटीमण्डपको पुस्तक प्रदर्शनीदेखि नेपाली चलचित्र क्षेत्रका व्यक्तिहरूलाई समेत भेट गरेका थिए । भुकुटीमण्डपको पुस्तक प्रदर्शनीमा देवानन्दले लेखेको 'रोमान्सीङ वीथ लाइफ पुस्तक पनि राखिएको छ ।

No comments: