News

May 14, 2008

एमाले केन्द्रीय कमिटीको बैठकले प्रमुख नेताबारे टुङ्गो लगाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
संविधानसभा चुनावबाट तेश्रो ठूलो दल बनेको एमाले केन्द्रीय कमिटीको बैठकले प्रमुख नेताबारे टुङ्गो लगाउने भएको छ । पार्टी महासचिव माधवकुमार नेपालले पदबाट राजीनामा दिएपछि कार्यबाहक महासचिव भएका अमृतकुमार बोहोराको ठाउँमा जेठ २ गते हुनलागेको बैठकले स्थायी समिति सदस्य झलनाथ खनाललाई ल्याउने सम्भावना रहेको एमाले श्रोतले बतायो । छिटै पार्टीको महाधिवेशन गर्नलागेको एमालेको प्रमुख पदको नाम के रहनेबारे पनि बैठकले टुङ्गो लगाउनेछ । दुई सातादेखि जारी एमाले बैठकमा महाधिवेशन आयोजक समिति बन्नुपर्ने तथा प्रमुख नेताको पद संयोजक रहनुपर्ने माग उठेको छ ।
प्रमुख नेताबारे निर्णय गर्न बैशाख ३१ गते एमाले स्थायी समिति सदस्यहरुको अनौपचारिक छलफल भएको थियो । छलफलमा अनुपस्थित स्थायी समिति सदस्य बिष्णु पौडेलका अनुसार, छलफलमा स्थायी समिति सदस्य झलनाथ खनाललाई केन्द्रीय कमिटीको बैठकमा संयोजकका रुपमा प्रस्तुत गर्ने बिचार धेरै स्थायी समिति सदस्यहरुले राखेका छन् । स्थायी समिति सदस्य केपी ओलीले भने खनाललाई संयोजक बनाउन नहुने तर्क राखेको श्रोतहरुले बताएका छन् ।

No comments: