News

May 12, 2008

आइतबारदेखि गरेको यातायात बन्द अझै खुलेको छैन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
यातायात व्यवसायीमाथि हुने गरेको आक्रमण अनि पटक पटक सवारी साधनमा पुर्‍याउने गरिएको क्षतिको विरोध गर्दै व्यवसायीले आइतबारदेखि गरेको यातायात बन्द अझै खुलेको छैन । बन्दका कारण सोमबार पनि मेचीका ताप्लेजुङ, पांचथर, इलाम र झापाबाट चल्ने लामा तथा छोटा दूरीका यातायातसाधन चलेका छैनन् । यसले गर्दा हजारौं यात्रु मारमा परेका छन् ।साताअघि बसबाट खसेर मृत्यु भएका एक युवकको परिवारलाई १५ लाख रुपैयां दिनुपर्ने भन्दै पीडितका आफन्त र स्थानीय बासिन्दाले केही यातायात साधन कब्जामा लिएका थिए । उनीहरुले यातायात सञ्चालनमा समेत बाधा पुर्‍याएको भनी व्यवसायीले आरोप लगाएका छन् । व्यवसायीले सुरक्षाको प्रत्याभूति लगायत विभिन्न माग राखी यातायात बन्द गराएका हुन् । माग पूरा नभएसम्म बन्द जारी रहने उनीहरुले जनाएका छन् ।

No comments: