News

May 11, 2008

अमेरिकामा याक्थुङ चुम्लुङको अन्तरक्रिया कार्यक्रम

लिम्वूवान डट व्लगस्पोट डटकम,न्यूयोर्कबाट,नगेन्द्र ईङनाम "आठराईली”
मई ७, २००८, सँयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएकी किरात याक्थुङ चुम्लुङको केन्द्रिय सचिव ईन्दिरा चोङबाङलाई स्वागत गर्दै याक्थुङ चुम्लुङ अमेरिकाले "नेपालमा लिम्बुवान र यसको भावि संरचना" विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरयो । सचिव चोङबाङ संयुक्त राष्ट्रसंघको आदिवासी समस्या सम्बन्धि स्थाई फोरमको सातौं सभामा भाग लिन यहाँ आइ पुग्नु भएको हो । वहाँ चुम्लुङ केन्द्रिय सचिव लगायत आदिवासी नेपाली पत्रकार संघको सदस्य अनि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान परियोजनाको परियोजना लेखा अधिकृत तथा अरु सन्दर्भ पत्रिकाको सम्पादक हुनुहुन्छ । देशमा सँघीय सँरचनाको बारेमा ब्यापक राम्रा नराम्रा चर्चा परिचर्चा चलिरहेको अवस्थामा उक्त अन्तरक्रिया कार्यक्रममा लिम्बुवान राज्य/प्रान्त प्राप्तिको आन्दोलनमा किरात याक्थुङ चुम्लुङ केन्द्र र संयुक्त लिम्बुवान संघर्ष समितिसंग हुंदै आएका सहकार्यहरुलाइ नैतिक समर्थन गर्दै अमेरिकावासी लिम्बुवानीहरुले परदेशमा रहेरपनि देशको राजनैतिक परिवर्तनको उदेश्यमा जुटेका छन् ।
सहभागी वक्ताहरुले लिम्बुवान राज्यको भावि संरचना एक्काइसौं शताब्दि सुहाउँदो तथा विश्वब्यापी प्रजातान्त्रिक मुल्य र मान्यताका आधारमा सम्पुर्ण लिम्बुवानवासीहरुमा समानरुपमा लागु हुन सक्ने राज्यको संबिधान बनाउनु पर्ने बारेमा जोड दिएका थिए । देशमा एउटा निरङ्कुस तानाशाही ब्याबस्थाको अन्त्य हुंदै गई रहेको बेला सँघीय राज्यहरुमा उस्तै अर्को सोहि रुपका संबिधानहरुको ब्याबस्था गरेर मानव अधिकारको हनन् र प्रजातान्त्रिक पद्धतिको अवमुल्यन गर्न नहुने यहाँका कार्यकर्ताहरुले आफ्ना खुल्ला प्रजातान्त्रिक अवधारणा ब्यक्त गरेका छन् । याक्थुङ चुम्लुङ अमेरिकाको कार्यालय वूडसाईडमा आयोजित सो स्वागत कार्यक्रममा सचिव चोङबाङलाई सँस्थाका अध्यक्ष पुर्ण थेबे लिम्बूले चुम्लुङ अमेरिकाकोर्पुबाट स्वागत पत्र र कार्यसमिति सदस्य केशर माङदेन लिम्बूले न्युयोर्कको चिनारीस्वरुप विश्व स्वतन्त्रताको प्रतिमुर्ति प्रदान गर्नुभएको थियो ।

No comments: