लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनको दक्षिणी प्रान्त फुजेनमा एक २६ वर्षे युवती पाँच किलो सुनको भारी बोकेर विवाहापछि अन्मिएकी छन् ।
फुजेन प्रान्तस्थित क्वानझोउकी २६ वर्षे लियु चेङले उनको विवाहामा पाँच किलो सुनका गरगहना लगाएर अन्मिएकी हुन् । पाँच किलो सुनका गरगहना लगाइदिन उनकी आमाले एक घण्टा खट्नु परेको विभिन्न समचार संस्थाहरुले उल्लेख गरेका छन् । छोरीको विवाहालाई महत्वका साथ हेरिने चिनको एक परिवारले यति ठूलो मात्रामा सुनका गरगहना लगाएर छोरीलाई अन्माएका हुन् ।
चिनियाँ अभिभावकहरु छोरीलाई दिइने सुनको परिणामले छोरीको सौभाग्यलाई चिनाउँने विश्वास गर्छन् । विवाह मण्डपमा पाँच किलो सुनका गहना लागएर उपस्थित भएकी लियुलाई देखेपछि विवाहको निम्तो मान्न आएका लियुका आफन्त चकित परेका थिए । लियुको विवाहाका लागि उनका परिवारले धेरै वर्षअघिदेखि शुद्ध सुनको खोजी गरेका थिए ।
बेहुली हुँदा लियुले लगाएको सुनको अन्तराष्ट्रिय बजार मूल्य दुई लाख डलरभन्दा माथि रहेको छ । लियुको परिवारले यति ठूलो मात्रामा सुन दिन योग्य परिवारको ज्वाइँ भएकाले सुन दिनु ठूलो कुरा नभएको बताएको छ । बेहुली हुँदा लियुले लगाएको सुनको भारीले गर्दा लियु विवाहाको अवसरमा हिडडुल गर्दा अप्ठेरो गरी हिडेको देखिन्थ्यो ।
No comments:
Post a Comment