लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ असोज,नेपाली कांग्रेसकास असन्तुष्ट जनजाति नेताहरुले असोज १७ गते पार्टी परित्याग गर्ने भएका छन् ।
पूर्व सभासदहरु कुमार राई, डीबी लामा लगायतका नेताहरुले पार्टी परित्यागको तयारी गरेका हुन् । ‘काठमाडौंमा रहेका हामी साथीहरुले १७ गते कांग्रेस परित्यागको तयारीमा छौं’ भोजपुरका पूर्व सभापति समेत रहेका राईले अनलाइनखबरसँग भन्नुभयो-’यो सांकेतिक रुपमा मात्र हो ।’ उहाँका अनुसार कांग्रेस परित्यागको तयारी गर्नेहरुमा संखुवासभाका पूर्व सभापति गुर्गामणि देवान, ओखलढुंगाका पूर्व क्षेत्रीय सभापथि जुद्ध राई लगायतका जनजाति नेताहरु रहेका छन् ।
कांग्रेस परित्यागको तयारीमा रहेका नेताहरु एमालेको अशोक राई लगायतको समूहसँग मिलेर नयाँ पार्टी गठनको तयारीमा छन् । ‘हामी उहाँहरुसँग निरन्तर छलफलमा छौं’-राईले भन्नुभयो । उनीहरुले पार्टीले आफ्नो विचार छाडेको, पहिचानजसहितको संघीयता स्वीकार नगरेको, संविधानसभा संविधान नै नबनाई विघटन गराउन भूमिका खेलेको र सभासदलाई मतदान गर्ने अधिकारबाट बन्चित गरेको लगायतका आरोप लगाएका छन् ।
पूर्व सभासद इन्द्रबहादुर गुरुङ सहितका समूह भने तत्काल कांग्रेसमा बस्ने भएका छन् । गुरुङको नेतृत्वमा कांग्रेसका जनजाति नेताहरुले पहिचानसहितको संघीयता स्वीकार नगरे पार्टी छाड्ने चेतावनी दिएका थिए ।
No comments:
Post a Comment