लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक भारतीय नेताले भारतमा बलात्कार रोक्न केटीहरुको बिहे छिटो गरिदिनु पर्ने सुझाव दिएका छन् ।
भारतीय नेसनल लोकदलका अध्यक्ष ओमप्रकाश चौटालाले १५ वर्ष मै किशोरीहरुको बिहे गरे बलत्कारमा कमि आउने कुरामा जोड दिंदै भाषण गरेका हुन् । बढ्दै गएको बलात्कारको घटनालाई रोक्न सरकार असफल भएको र त्यसलाई रोक्न १५ वर्षमा बिहे गर्नु सही उपाय भएको उनको तर्क थियो ।
हरियाणा राज्यमा बढ्दो बलात्कारको घटना बढेपछि गाउँ पञ्चायतहरुले विवाहका लागि तय गरिएको उमेरको सीमा हटाएर १५ वर्षमै बिहे गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले किशोरीले छिटै बिहे गरे केटाकेटीहरुमा विचलन नआउने र बलत्कार जस्तो अपराधको घटनामा कमि आउने बताए ।
No comments:
Post a Comment