लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटालीका पूर्व प्रधानमन्त्री सिल्वियो बुर्लोस्कोनीले कम उमेरकी नाइट क्लब डान्सरसँग सेक्सका लागि पैसा दिएको आरोप अस्वीकार गरेका छन् ।
उनीविरुद्ध मिलानमा मुद्दा चलिरहेको छ । जहाँ बुर्लोस्कोनीले आफ्नो घरमा कहिल्यै सेक्ससँग जोडिएको कुनै कार्यक्रम नै नभएको दावी गरेका छन् । उनी अचानक सुनुवाईमा उपस्थित भएका हुन् । उनले एक पार्टीमा रुवी नामले चिनिएकी करीमा अल-महरुग नामकी युवतीसँग भेटेको भने स्वीकार गरेका छन् । आफूले सोध्दा युवतीले आफ्नो उमेर २४ वर्ष बताएको समेत पूर्व प्रधानमन्त्रीले दावी गरेका छन् ।
पूर्व प्रधानमन्त्री बुर्लोस्कोनीमाथिपैसा दिएर १७ वषर्ीया युवतीसँग १३ पटक यौन सम्वन्ध राखेको आरोप लगाइएको छ । उक्त समयमा बुर्लोस्कोनी स्वमं ७० वर्षका थिए । बुर्लोस्कोनीमाथि प्रधानमन्त्री हुँदा पदको दुरुपयोग गरी युवतीहरुलाई छुटाउन प्रहरीलाई दबाव दिएको आरोप छ ।
No comments:
Post a Comment