लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ असोज,नेपाली कांग्रेसले पार्टी सभापति सुशील कोइरालामाथि कार्यकर्ताबाट भएको आक्रमणको छानविन गर्न समिति गठन गरेको छ ।
महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित छानविन समितिमा केन्द्रीय सदस्यहरु कृष्णचन्द्र नेपाली र गगन थापा सदस्य रहेका छन् ।
कांग्रेस काठमाडौं क्षेत्र नं ४ द्धारा शनिबारका कपनमा आयोजित क्षेत्रिय सम्मेलनको उद्घाटन समारोहमा नेवि संघका पूर्व क्षेत्रीय सभापति प्रवेश बस्नेतले सभापति कोइरालामाथि आक्रमणको प्रयास गरेका थिए । आफूलाई आसन ग्रहण नगराएको भन्दै आक्रोसित बनेका उनले सभापति कोइरालालाई लक्षित गरी फोटो फ्रेमले हानेका थिए ।
उनले हानेको फ्रेमले लागेर कांग्रेस काठमाडौं क्षेत्र नं ४ सचिवद्धय नवर्दा पोखरेल र श्याम संगत घाइते भएका थिए । घटनापछि क्राओसित कांग्रेस कार्यकर्ताले बस्नेतको रामधुलाई गरेका थिए । बस्नेतलाई जोगाएर प्रहरी समक्ष बुझाउन महामन्त्री सिंह र नेता थापालाई हम्मेहम्मे परेको थियो ।
No comments:
Post a Comment