लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ असोज,पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाईन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।
९ एन ए जे सी जहाजमा चरा ठोक्किएपछि पोखरा विमानस्थलबाट उडेको ६ मिनेटमै विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । उडेको केही मिनेटमै जहाज हल्लिँदै अनौठो आवाज आएपछि चालक एस एल मास्केले जहाज फर्काएर पुनः विमानस्थलमै फर्काएका हुन् ।
जहाजमा रहेका चालकदलका ३ सदस्य र २५ यात्रुसहित सबै २८ जना सकुशल रहेको पोखरा विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।
गत शुक्रबार लुक्काका लागि उडेको सीता एयरको डोर्नियर विमान त्रिभुवन विमानस्थल नजिकै चिलसँग ठोक्किएर दुर्घटना हुँदा ७ नेपाली सहित १९ जनाको मृत्यु भएको थियो ।
No comments:
Post a Comment