लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
लिम्बुवान संघर्ष समितिले पृथ्वीनारायण शाहले दिएको लालमोहर अंकित बोर्ड धरानको भानुचौकमा स्थापना गरेको छ । वि. सं. १८३१ साउन २२ गते लिम्बूहरुलाई प्रदान गरेको सो लालमोहर अङ्कति बोर्ड
आइतबार एक सभाका बीच भानुचौकमा राखिएको हो । सो बोर्ड राख्दै किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष उत्तमसिंह थाम्देनले जातीय स्वायत्ततासहितको राज्यको माग गर्नुभयो ।
सभामा लिम्बुवान राज्यको माग गर्दै वक्ताहरुले लिम्बूहरुको इतिहासलाई मेट्न नहुने बताउनुभयो । कार्यक्रममा लोकतान्त्रिक किरात लिम्बू संघका नरेश लिम्बू, लिम्बुवान राज्य परिषद्का केन्द्रीय सदस्य जनक चेम्जोङ, केबी फुदुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान राज्य परिषद्का लोकसागर साम्पाङ, दुर्गा माया लिम्बू, मुक्सामहाङ मेन्याङ्बोलगायतले बोल्नुभएको थियो । जयकुमार केरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संयोजन लिम्बुवान स्वायत्त सरोकार मञ्चले गरेको थियो ।
आइतबार एक सभाका बीच भानुचौकमा राखिएको हो । सो बोर्ड राख्दै किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष उत्तमसिंह थाम्देनले जातीय स्वायत्ततासहितको राज्यको माग गर्नुभयो ।सभामा लिम्बुवान राज्यको माग गर्दै वक्ताहरुले लिम्बूहरुको इतिहासलाई मेट्न नहुने बताउनुभयो । कार्यक्रममा लोकतान्त्रिक किरात लिम्बू संघका नरेश लिम्बू, लिम्बुवान राज्य परिषद्का केन्द्रीय सदस्य जनक चेम्जोङ, केबी फुदुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान राज्य परिषद्का लोकसागर साम्पाङ, दुर्गा माया लिम्बू, मुक्सामहाङ मेन्याङ्बोलगायतले बोल्नुभएको थियो । जयकुमार केरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संयोजन लिम्बुवान स्वायत्त सरोकार मञ्चले गरेको थियो ।
1 comment:
We finally proved that resistance, anger, and consistant struggle bring one's recognition.
www.marohanglimbu.blogspot.com
Post a Comment