News

Mar 7, 2008

अमेरिकामा लिम्बुवानका राजनैतिक व्यक्तित्वको स्वागत

नगेन्द्र ईङनाम “आठराईली”, न्युयोर्क / लिम्वूवान डट व्लगस्पोट डटकम
सँयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका लिम्बूवानका अग्रज राजनीतिज्ञ तथा राजपरिषद स्थायी समितिका पूर्व सदस्य सम्माननीय बमबहादुर सम्बाहाम्फेको सम्मानमा किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो सँस्थाको कार्यालयमा गत सप्ताहान्त एक स्वागत कार्यक्रमको आयोजना गरयो ।
पाँचथर जिल्लाका राजनैतिक मेरुदण्ड सम्बाहाङफे लगातार सामाजिक सेवा गर्दै वि.सं. २०२९ को गाउँफर्क राष्ट्रिय अभियान कार्यक्रमका सदस्यदेखि लिएर १५ वर्षसम्म राजसभा स्थायी समितिका सदस्य भएर काम गरेका व्यक्तित्व हुन्। राजनैतिक सोचको कारणले नै अमेरिकाको भ्रमण गर्न आएको बताउँदै देशमा सँघीय संरचनाको बारेमा ब्यापक राम्रा नराम्रा टिप्पणीहरु भईरहेको अवस्थामा यो सँघीय संरचनाको नमूना राष्ट्र अमेरिका आएर धेरै राम्रो र सकरात्मक अनुभवहरु बटुल्न पाएको र स्वायत्त राज्यहरुको कारणले देश टुक्रनुभन्दा शक्ति बिकेन्द्रिकृत भएर राज्यहरु समान रुपमा बिकसित भएर फस्टने मौका पाउने रहेछन् भन्नुभयो।
“भर्खरै सरकार र लिम्बुवान नामाकरणको लागि संघर्षरतपक्षबीच भएको सहमतिले लिम्बुवान राज्य प्रदेश प्राप्तिको मार्ग खुलेको तर यसको सुनिश्चित नभएसम्मको लागि लिम्बुवानवासीको एकता निरन्तर रहनु पर्छ।” उहाँले ठट्याउलो पाराले भन्नुभयो “अविकसित देशहरुबाट जिउँदै स्वर्ग देखिने संज्ञा पाएको देश अमेरिका यहाँका राजनैतिक नेताहरु र जनताको ईमान्दारीताले नै वास्तवमा देश स्वर्ग भएको सत्य नेपालमा पुगेपछि नेतृत्व तहका व्यक्तिहरु र जनतामाझ ब्याख्या गर्नेछु।” नेपालको लिम्बुवानलाई पनि स्वर्गको एउटा टुक्रा बनाउन सबैले स्वार्थबाट अलग्गिएर राजनैतिक पुर्बाग्रहहरु बिर्सी बिकासको भावनामा सबैलाई एकबद्ध हुन आग्रह गर्नु भयो।
याक्थुङ चुम्लुङ अमेरिकाका महासचिव दिपेश चबेगुद्धारा संचालित उक्त औपचारिक कार्यक्रममा सचिव बिक्रम नेम्बाङले स्वागत मन्तब्य तथा अथिति सम्बाहाम्फेलाई न्युयोर्कको चिनारीस्वरुप सल्लाहकार बिनोद पोमुले विश्व स्वतन्त्रताको प्रतिमूर्ति र कार्यसमिति सदस्य प्रेम मेन्याङबोले चुम्लुङकोतर्फबाट स्वागत पत्र दिनुभएको थियो।

No comments: