लिम्वूवान डट व्लगस्पोट डटकम,हङ्कङ्
गत मार्च २३ तारीखको दिन याउ मा तेइ कम्युनिटि हलमा सम्पन्न जागरण कार्यक्रम उपस्थित करिब
७० जना लिम्वू समूदायका सदस्यहरुको माझ नेपालबाट पाहुनाको रुपमा पाल्नुभएका किरात याक्थुङ् चुम्लुङ् नेपालका महासचिव योगराज वनेमले अवधारणा पत्र पढेर सुनाउनुभएको थियो । उक्त कार्यक्रममा हङ्कङ् वसोवास गर्ने अन्य लिम्वू व्यक्तित्वहरुले पनि आफ्नो मन्तव्य दिएका थिए । उक्त जनजागरण सभालाई हङ्कङ् चुम्लुङ्गका अध्यक्ष ज्ञानु माङ्युङ्ले अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव ज्ञानु मेन्याङ्गबोले गर्नुभएको थियो । सोहि दिन लिम्बुवान राष्ट्रिय मोर्चाले अबेर बेलुकी फेरि अर्को कार्यक्रम पनि तय गरेको थियो जसमा प्रमुख अथिति योगराज वनेम संग अन्तरकृयात्मक कार्यक्रम सन्चालन गरेको थियो ।
गत मार्च २३ तारीखको दिन याउ मा तेइ कम्युनिटि हलमा सम्पन्न जागरण कार्यक्रम उपस्थित करिब

No comments:
Post a Comment