News

Mar 21, 2008

पुर्खादिवसको भब्य तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,देवराज राई
प्रथम तथा दोश्रो विश्व युद्ध एवं अन्य युद्धहरुमा हताहत भएका गोर्खाली पुर्खाहरुको स्मरणमा हङकङमा हरेक वर्ष ५ अप्रेललाई पुर्खादिवसको रुपमा मनाउन थालिएको ४ वर्षभएको छ । सोही क्रममा यसवर्षअर्थात पु्र्खादिवस २००८ कार्यक्रमको भव्य तयारी भइरहेको छ ।
गोर्खा सिमेट्रीज ट्रष्ट हङकङको आयोजनामा हङकङ नेपालीज फाउण्डेशन्को संयोजनमा आयोजना हुनलागिरहेको हङकङको कार्यक्रममा यहाँस्थित माध्यमिक, प्राथमिक, किन्डरगार्टेनका विधार्थीहरु, तिनका अभिभावक, शिक्षक, विभिन्न विद्यालयका प्रधानध्यापक, भूपू सैनिक,स्थानीय नेताहरु, नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहने भएको छ ।
हरेकवर्ष प्रकाशित हुँदै आएको समाधि पत्रिका पनि प्रकाशित गरिने भएको छ । गत वर्ष प्रथम विश्वयुद्धमा हताहत भइ संसारभरका युद्ध समाधिस्थलहरुमा रहेका गोर्खालीहरुको नामावली प्रकाशित गरिएको थियो र यसपालि दोश्रो विश्वयुद्धमा हताहत भएको गोर्खालीहरुको नामावली सहितको समाधि पुस्तक प्रकाशित हुने भएको छ ।
कार्यक्रममा युद्धमा हताहत भएका लगभग सयौं तस्बीरहरु, २ सयभन्दा बढी विधार्थीहरुका पेन्टिङहरु र अन्यप्रोजेक्ट वर्कहरु प्रदर्शनमा राखिने भएको छ । कार्यक्रलाई विश्वब्यापि बनाउन यसवर्षदेखि विभिन्न मुलुकहरुमा समेत पुर्खादिवस एकदिन मनाउन प्रयास भइरहेको आयोजकले जनाएको छ । पहिलो चरणमा मलेसिया, नेपाल, युके, सिंगापुर, अष्ट्रेलियामा समेत सम्भावनाको खोजी भइरहेको जनाइएको छ ।
यता हङकङमा सम्पन्न हुने पुर्खादिवसकालागि भने शिक्षा विभागबाट विभिन्न विद्यालयहरुमा अध्ययानरत नेपाली विधार्थीहरुकोलागि प्रायोजन गर्ने भएको छ । हङकङमा सम्पन्न हुने पुर्खादिवस दिउसो ठीक दुइबजेदेखि शुभारम्भ हुने भएको छ । कार्यक्रमस्थलमा जानआउनकालागि युनलङबाट १ बजेदेखि १:३० बीचमा ६ वटाबसको ब्यावस्था गरिएको छ । कार्यक्रमस्थाल गोर्खासमाधिस्थलमा आउन चाहने अन्यव्यक्तिहरु सिधैं कार्यक्रम स्थलमा पनि जान सक्ने आयोजकले जानकारी दिएको छ ।

No comments: