News

Mar 21, 2008

बेलायतमा आन्दोलन हङकङमा पुर्खादिवस

लिम्वूवान डट व्लगस्पोट डटकम,देवराज राई
एकातिर हङकङमा पुर्खादिवस तयारी भइरहेको बेला बेलायत सरकारले भेदभाव गर्यो भन्दै मार्च १९ तारिख बेलायतमा त्यहाँको संसद भवन अगाडि गएर २ हजारको संख्यामा रहेको गोर्खाली सैनिकहरुको समूहमा रहेका ५० जना भेट्रान गोर्खाहरुले सरकारको विपक्षी दलको नेता निक क्लेग मार्फत आफुले पाएको तक्मा प्रधानमन्त्री गोर्डन ब्राउनलाई हस्तान्तरण गरेका छन् ।
सन् १८१६ सालमा भएको सुगौलीसन्धि पछि बृटिश गोर्खाभर्ती सुभारम्भ भएको थियो । सन् १८४६ सालमा कोतपर्वा पछि जंगबहादुरको अवतरणले गोर्खाभर्तीमा तीब्र बढोत्तरी भई नेपाली पहाडभरि गल्लावालाहरु प्रवेश गरेको थिए । त्यही बेलादेखि सुगौलीसन्धिलाई आधार मानी नेपालकोलागि गोर्खाभर्ती लागेका हाम्रा पुर्खाहरुको पछिल्लो पुस्ताहरु आफुहरु बेलायतकोलागि लडेको भन्दै विगत १२ वर्षदेखि समानताको लर्डाई लडी रहेकाछन् ।
ब्रिटेनकोपक्षबाट नै प्रथम विश्वयुद्ध सन् १९१४ देखि सन् १९१८ सालसम्म महायुद्ध छेडिएको थियो । त्यही युद्धमा हाम्रा सोझा पुर्खाहरुको माध्यमबाट बृटिशपक्ष विजयी भई युद्धसमाप्तिपछि लीग अफ नेशन्स्को स्थापना भएको थियो । लिग अफ नेशनको स्थापना गर्न हाम्रा पुर्खाहरुले अक्षुण योगदानलाई कदर गर्दै बृटिश सरकारले नेपाललाई सधैंसधैकालागि वर्षेनी दस लाख रुपैया भुक्तान गर्न थालेको जो आजपर्यन्त कायमै रहेको छ ।
दोश्रो महासमरमा हाम्रा गोर्खाली पुर्खाहरु जनसंखयाको आधारमा सबैभन्दा बढी मृत्यवरण गरेका थिए । विश्व शान्तिको पक्षमा युद्ध गरेका हाम्रा पुर्खाहरुले दोश्रो महायुद्धपछि युनाइटेड नेशनको स्थापना गर्नुमा ठूलो भूमिका निर्वाह गरेका थिए । यिनै विषयलाई आधार मानी गएको ४ वर्ष यता गोर्खा सिमेट्रीज ट्रष्ट हङकङको आयोजनामा पुर्खादिवसको आयोजना गर्दै आएको छ । यसपालि पनि ५ अपे्रलको दिनमा गोर्खा समाधिस्थल हङकङ बृहत नेपालीहरुको उपस्थितिमा पुर्खादिवस सम्पन्न हुन गइरहेको छ ।

No comments: