News

Mar 11, 2008

लिम्बुवान राज्यले हिमाली स्वयत्ततालाई एक्यबद्धता जनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौ
मार्च ८ का दिन बौद्ध स्थित् बौद्ध गुरु ल्हाखङ् गोम्पामा नेपाल डोल्पो जनजाति बिकाश केन्द्रको अध्यक्ष नोर्बु घलेको अध्यक्षतामा नयां नेपाल निर्माण र संबिधान सभाको महत्व सम्बन्धि एक औपचारिक कार्यक्रम सम्पन्न भयो।प्रमुख अतिथि भिक्षु जटिल रहेको सो कार्यक्रममा अतिथिहरु क्रमशस् डा कृष्ण भट्टचन, नेपाल केन्द्रीय दलित संघका अध्यक्ष बखत बहादुर चित्रकार, महासचिव लोक बहादुर शाक्य, ज्यापू महा गुठीका अध्यक्ष दिपेन्द्र महर्जन, लोक्तन्त्रिक शेर्पा सङ्घका अध्यक्ष आङ् काजी शेर्पा किसान, नेपाल शेर्पा सङ्घका महासचिव ङिमा तुण्डु शेर्पा, आदिबाशी मानव अधिकार वकिल शंकर लिम्बु तथा सुमन बुढा लगायत अन्य बिशिष्ट ब्यक्तिहरुको आसन ग्रहण रहेको थियो।डोल्पोहरुको चहाना संघिय गणतन्त्र हिमाली स्वयत्त प्रदेशको स्थापनाको मूल नारा भएको सो कार्यक्रम्मा हिमाली क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण हिमाली आदिबासीहरु पुर्बको ईलामदेखि पश्चिमको दार्चुला ब्याससम्म छरिएर रहेकाहरुको भाषा सँस्कृति, धर्म, रीतिरिवाज, चाड पर्व, गोम्पा शिक्षा प्रणाली, लीपि आदि सम्पूर्ण कुराहरुमा समानता हुंदा हुंदै पनि राज्यले उक्त जातहिरुलाई खण्डिकरण गर्ने उद्देस्यले बिभिन्न जात जातहिरु जस्तै शेर्पा, मनाङ्गे, लेप्चा, ओलुङ्, बिष्ट्, ठकुरि, रोका आदि नामाकरण गरेकाले तिब्बतसँगको नाकाहरु बन्द गरि हिमालीबाशिहरुको धर्म सँस्कृति माथिनै सिधा हस्तक्षेप गरेको उल्लेख गर्नु भयो ।आदिबासी मानव अधिकारबादी वकिल शंकर लिम्बुले लिम्बुवान राज्यले हिमाली स्वयत्ततालाई एक्यबद्धता जनाउने बताउनु भयो भने नेपाल शेर्पा सङ्घका महासचिव ङिमा तुण्डु शेर्पाले हिमाली स्वयत्त सम्बन्धि बिशेष् जोड दिन्दै सम्पुर्ण हिमालीबाशीहरुले आफुलाई हिमाली भनि चिन्नु पर्ने र चिनाउनु पर्ने बताए। जलपान सहित भएको सो कार्यक्रममा सयौ डोल्पा बाशीहरुको उल्लेखनिय उपास्थिति रहेको थियो।

No comments: