News

Mar 27, 2008

संविधानसभा जनतालाइ स्विकार्य नभए हतियार उठाउने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,कञ्चन लिम्वू, दमक,चैत्र, १४
संविधानसभापछि पनि माग पूरा नभए आफूसँग भएका हतियार उठाउने नव जनवादी मोर्चा अर्न्तगतको किरात वर्कस पार्टीले बताएको छ । वर्कसका केन्द्रीय अध्यक्ष आङ्गामी र्राईले दमकमा बिहिवार एक पत्रकार सम्मेलनमार्फत उक्त कुरा व्यक्त गरेका हुन् । २०५४ साल देखी नेकपा माओवादी सँगै भूमिगत शसस्त्र युद्ध गर्दै आएको उक्त वर्कस पार्टिले पूर्वाञ्चलमानै पहिलो पहिलो पटक पत्रकार सम्मेलन गरी युद्धकालका हतियार आफुहरु सँग रहेको खुलासा गरेका छन् । वर्कस पार्टिले शसस्त्र युद्ध गर्दै आएको हुनाले हतियार हुनु स्वभाविक भएको स्विकार्दै ति हतियार पर्टिको केन्द्रिय तहको कमाण्डमा केण्टनमेण्ट गरीएको वताएका छन् । संविधानसभा निर्वाचन पछि देश एउटा नयाँ युगमा जाने निर्ण्र्य गरेर नै आफूहरूले हतियार बिसाएको राइको कथन थियो । सात दलीय गठबन्धन पनि यसै जाल भित्र फस्दै गएको आरोप लगाउँदै संविधान सभा पछि पनि जनताका अहिले उठेका मागहरु सम्वोधन नभए जनताले पून हतियार उठाउन सक्ने बताउँदै अहिले समस्या हतियारको नभएर अधिकारको भएको तर्क गर्नुभयो । अहिलेको नेतृत्वले यसलाई सहि पहिचान गर्न सक्नु पर्ने पनि वहाँको सुझाव थियो । संघियतामा जाने निर्णय भइसकेको अवस्थामा सेना, वैदेसीक निति र मुद्रा वाहेक अन्य क्षेत्रमा जातिय, प्रादेशिक तथा भाषिक आधारमा स्थानिय स्तरलाइनै शक्तिशाली बनाउनु पर्ने उहाँको धारणा थियो । माओवादीसँग सहकार्य गर्दै आएको वर्कस पर्टी ०६१ साल साउन ११ गते देखी नेकपा माओवादीवाट अलग रहेको थियो ।

No comments: