News

Mar 13, 2008

धनकुटा प्रतिभा पुरस्कार नेपाल स्टार विष्णु चेम्जोङ सहित विभिन्न क्षेत्रमा योगदान दिनेहरुलाई

विश्वास दीप तिगेला, केन्टबाट,लिम्वूवान डट व्लगस्पोट डटकम
गत बर्षवेलायतमा स्थापना भएको धनकुटा प्रतिभा पुरस्कार प्रतिष्ठान वेलायत च्याप्टरको गत १२ मार्च २००८ का दिन र्सनकिल्फमा बसेको बैठकले ब्यापक छलफल र बहस पछि यस बर्ष ३ विधाका ३ युवा प्रतिभालाई पुरस्कृत तथा एक विशिष्ट ब्यक्तित्वलाई सम्मान गर्ने निर्णय गर्‍यो ।
प्रत्येक बर्ष साहित्य, संगीत र खेलकुदको क्षेत्रमा राम्रो योगदान दिइ धनकुटा जिल्लाको प्रतिष्ठा बढाउन कार्य गर्ने स्रष्टालाई सम्मान गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले जन्मसिद्ध र कर्मसिद्ध धनकुटा संग साइनो भएका स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यको थालनी गरेको हो । हाल सम्म यस
संस्थाको धनकुटा च्याप्टर र वेलायत च्याप्टर निर्माण भइसकेको छ । यस बर्षको लागि धनकुटा च्याप्टरले सिफारिस गरेको नामहरुको सम्बन्धमा अमेरिका, जर्मनी, हङकङ, मलेसिया, कतार, कोसभोमा रहेका धनकुटेलीहरु बीच आपसी छलफल गरि साहित्य विधामा मोमिला जोशी, संगीत विधामा नेपाल स्टार विष्णु चेम्जोङ र खेलकुद क्षेत्रबाट सार्क स्वर्ण पदक विजेता कुसल (कुसुले) श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय भएको कुरा अध्यक्ष क्याप्टेन ज्ञान लिम्बूले बताउनु भयो । त्यस्तै गरि यसबर्ष संगीतका सिनियर स्रष्टा नविनकिशोर राइलाई सम्मान गर्ने निर्णय भएको छ ।
पुरस्कृत ३ जनाले आगामी २२ मार्चका दिन धनकुटामा सम्पन्न हुने कार्यक्रममा प्रतिब्यक्ति १० हजार नगद पुरस्कार लगायत प्रमाण-पत्र प्राप्त गर्नेछन् ।
युवा साहित्यकार मोमिला जोशी विगत १ दशक अघि देखि साहित्य क्षेत्रमा लागि परेको स्रष्टा र वहाले इश्वरको अदालतमा आउटमाइन्डरको बयान पुस्तक पनि लेखिसकेका छन त्यस्तै गरि अनलाइन साहित्यमा पनि त्यतिनै लागिपरेका छन । उनले नेपालीकलासाहित्य डटकम पनि संचालन गर्दैआएका छन् ।
युवा गायिका सुश्री विष्णु चेम्जोङले गतबर्षनेपाल वान टेलिभिजनले प्रसारण गरेको अधिराज्यब्यापी नेपाल स्टार प्रतियोगितामा धनकुटाको प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गरेकी हुन । अहिले पनि उनी निरन्तर संगीतमा लागि रहेका छन ।
युवा खेलाडी कुशल श्रेष्ठले अघिल्लो पटक सम्पन्न अन्तर्राष्टिय सार्क स्तरीय सितोरियो कराते खेलमा धनकुटाबाट नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । उनी धनकुटाको मात्र नभइ नेपालकै प्रतिभा हुन र अहिले पनि निरन्तर खेल क्षेत्रमै लागि रहेका छन् । वहाबाट भविश्यमा अझ धेरै आस गर्न सकिन्छ ।
यस बर्षको सम्मानित ब्यक्तित्व नविनकिशोर राइले थोरै भएपनि राम्रा र लोकप्रिय गीतहरु गाउनु भएको छ । वहाको स्वरहरु अमर भएर रेडियोहरुमा निरन्तर बजिरहेका छन् । त्यसवेलाको समयमा वहाले गर्नुभएको योगदान कदरयोग्य भएको कुरा प्रतिष्ठानका सदस्य आनन्द देवानले बताउनु भयो । त्यस्तै गरि धेरै स्रष्टाहरु सम्मान योग्य भएको र विस्तारै वहाहरुलाई प्रत्येक बर्ष सम्मान तथा पुरस्कृत गर्दै जानेकुरा धनकुटा च्याप्टरका अध्यक्ष तेजनारायण सिं तुप्रिहाङले बताउनु भयो ।
स्मरण रहोस, वेलायती सेना संग सम्बन्धित वेलायतवासी सम्पूर्ण धनकुटेलीहरुलाई धनकुटा प्रतिभा पुरस्कार प्रतिष्ठानमा समेट्ने कार्य जारी रहेको र विश्वभर छरिएर रहेका सम्पूर्ण धनकुटा जिल्लावासीहरुको साझा संस्थाको रुपमा विकसित भएको छ । धनकुटा जिल्ला प्रसासन कार्यलयमा दर्ता भएको यस धनकुटा प्रतिभा पुरस्कार कोषको अक्षयकोष स्थापना भइसकेको छ र कोष थप गर्न दोस्रो चरणको कार्यक्रम चलिरहेको छ ।

2 comments:

samyo said...

Badhai chha Bishu chemjong hamro geet, hamro sangeet, hamro kalakar bhayeko ma, tyo pani tara baneko ma hamro astitwa ajha sagarmatha ko sikhar ma puryayeko ma.

samyo said...

Yo puraskar hamro ijjadko sawal bho ra limbuwanbasi ko ijjat ho dhanyabad.