News

Mar 25, 2008

संविधानसभामा निःशूल्क विद्यार्थी भर्ना

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
राजनीतिक दलहरु आसन्न संविधासभाको निर्वाचनको लागि विभिन्न शैली अपनाउदै प्रचारप्रसारमा लागेका छन् । तर, संविधानसभा निर्वाचनको रौनक दलहरुलाई मात्र लागेको होइन रहेछ । धरान ११ स्थित लिवर्टी रेसिडेन्सियल इलिस बोर्डिङ स्कूलले संविधासभा निर्वाचनमा निःशूल्क भर्ना अभियान चलाएर यही कुराको पुष्टि गरिरहेको छ । आगामी चैत्र २८ गतेको निर्वाचनको सन्दर्भ पारोर २८ जना छात्रछात्राहरुलाई निःशूल्क भर्ना गराउने विद्यालयले जानकारी दिएको छ। जस अन्र्तगर्त आइतबार सम्म २३ जना विद्यार्थी सम्पर्कमा आइसकेको विद्यालय प्रिन्सिपल तेजमान लिम्बूले जानकारी दिए । प्रिन्सिपल लिम्बुका अनुसार देशमा कहिल्यै नभएको संविधानसभाको चुनाव हुन लागेकोले अभिभावकहरुमा त्यसप्रति अभिरुची र चेतना जगाउने उदेश्यले विद्यालयले सो शैक्षिक प्याकेज ल्याएको हो । चुनाव २८ गते हुन लागेकोले हामीले पनि २८ जना विद्याथी भर्ना गछौं, यी २८ अंकले चूनाव हुनै दिनलाई सम्झना गराइरहन्छ प्रिन्सिपल लिम्बुले भने ऐतिहासिक चुनावको प्रचार गर्न संविधासभा र भर्नाको प्रसगलाई हामीले जोडेका हौं । यो शैक्षिक प्याकेज अन्र्तगत भर्ना हुने विद्यार्थीलाई छुट दिइने र उनीहरुलाई संविधानसभाको अवसरमा भर्ना लिएको भनेर पछिसम्म पहिचान हुने उनले बताए। साथै, भर्ना लिइएका दलित विद्यार्थीहरुलाई परिवारको आर्थिक अवस्थामा हेरेर १५ देखि २० प्रतिशतसम्म मासिक शुल्कमा छुट दिइने योजना समेत उलने खुलाए ।

No comments: