News

Mar 24, 2008

किरात स्वायत्त गणराज्यभित्र याक्खा स्वायत्ताको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,कमन देवान, काठमांडौ चैत्र, १०
ऐतिहासिक आधारमा किरात स्वायत्त गणराज्यभित्र आत्मनिर्ण सहितको याक्खा स्वायत्तताको प्रस्ताव पारित गर्दै किरात याक्खा छुम्माको तेश्रो राष्ट्रिय महाधिवेशन ललितपुरमा सम्पन्न भएको छ । ललितपुरको जावलाखेलामा सम्पन्न सो महाधिवेशनले याक्खा छुम्माको अध्यक्षमा दुर्गामणि देवानलाई पुन निर्वाचित गरेको छ । केन्द्रीय कार्यसमितिको प्रथम उपाध्यक्षमा धनवीर देवान, द्धितीय उपाध्यक्षमा गोपालकृष्ण देवान, महासचिवमा रामजी कोङरेन, सचिव इन्दिरा जिमी र कोषाध्यक्षमा शान्ति देवान निर्वाचित हुनुभएको छ । त्यस्तैगरी समितिका सदस्यहरुमा भक्त देवान, सुरेन्द्र देवान, रुद्र जिमी, जीवन कोङरेन र टोमबहादुर याक्खा निर्वाचिन हुनुभएको छ । १५ सदस्यीय केन्द्रीय कार्यसमिति रहने विधानमा उल्लेख भएकोले अन्य ४ जना समितिको पहिलो बैठकले मनोनित गर्ने बताईएको छ । महाधिवेशनले गणतन्त्र, किरात राज्य र याक्खा स्वायत्तताको मुद्दालाई स्पष्ट रुपमा उठाउने दललाई संविधानसभाको निर्वाचनमा सहयोग गर्ने छलफल भएको बताइएको छ ।

No comments: