News

Mar 21, 2008

लिम्बुवान उम्मेदवारलाई रामधुलाई राप्रपालाई कालोमोसो

लिम्वूवान डट व्लगस्पोट डटकम,काडमाडौ
अन्य दलका उम्मेदवार तथा कार्यकर्ताहरू चुनाव प्रचारप्रसारमा जाँदा नेकपा माआवादीका कार्यकर्ताले कुटपिट गरेको समाचार आइरहेका बेला माओवादीले अन्य दलका उम्मेदवारलाई कालो मोसासमेत दलेको खबर प्राप्त भएको छ ।
प्राप्त खबरअनुसार, चुनाव प्रचारप्रसारको क्रममा हिँडेका राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट जाजरकोटका उम्मेदवार गोविन्दविक्रम शाहलाई जिल्लाको उत्तरपश्चिम गाउँमा माओवादीले कालोमासो दलेर गाउँ परिक्रमा गराएको बताइएको छ । जाजरकोटको दुइवटै निर्वाचन क्षेत्रबाट संविधानसभा निर्वाचनको प्रत्यासी बनेका शाहको चुनावीसभा बिथोल्नुका साथै चुनावी सभाबाटै समातेर कालो मोसो दलेको समाचारमा उल्लेख गरिएको छ ।
प्रचार सामग्रीलगायतका वस्तुहरू लुटेर लैजानुका साथै कार्यक्रम समेत गर्न नदिएपछि शाह पैंक प्रहरी चौकीको शरणमा रहेका छन् । अन्तरिम व्यवस्थापिका संसद् सदस्यसमेत रहेका शाह ०५६ सालमा राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । जाजरकोटको स्थानीय हस्तीका रूपमा चिनिएका शाहलाई हतोत्साही बनाएर निर्वाचनबाट पछाडि हटाए माओवादीलाई यात्रा सहज हुने प्राप्त समाचारमा जनाइएको छ । त्यस्तै, आफ्नो आधार इलाकामा अनुमतिविना प्रवेश गरेको भन्दै जाजरकोट कै दह गाविसमा नेकपा एमालेले आयोजना गरेको चुनावीसभा माओवादीले विथोलेको छ । एमाले जिल्ला कमिटी जाजरकोटले पार्टी सचिव करवीर शाहीसहितको टोलीलाई माओवादीले हातपात गरी कार्यक्रम गर्न नदिई फर्काएको बुझिएको छ । यसैबीच, नेकपा माओवादीको लडाकूदस्ता वाईसीएलले चितवनमा एमालेका तीन कार्यकर्तालाई निर्घात कुटपिट गरेका छन् भने चारजनालाई अपहरण गरी केही घन्टा पछि मुक्त गरेको बताइएको छ । पछिल्ला तीन दिनमा माओवादी र अन्य दलबीच चितवनमा पटकपटक झडप हुँदै आएको छ भने माओवादीले पनि अन्य दलको कार्यक्रम विथोल्नेदेखि कार्यकर्ता अपहरण गर्ने गतिविधिलाई निरन्तरता दिएको छ ।
त्यस्तै, बैतडीका एमाले कार्यकर्ता गौतम भट्टर्राई जिल्लाको हाट गाविसमा माओवादीले चुनाव प्रचारप्रसार गरेको भन्दै कुटपिट गरेका छन् भने रसुवाको भोर्लेस्थित भदौरेमा चुनाव प्रचारप्रसारमा हिँडेका एमाले कार्यकर्ता रामकुमार न्यौपाने माओवादीद्वारा कुटिएका छन् । उनलाई उपचार्रार्थ राजधानी ल्याइएको छ ।
आफ्ना कार्यकर्ता कुटिएको विरोधमा एमालेले अनिश्चितकालीन रसुवा बन्दको घोषणा गरेको छ । उता, संघीय लिम्बूवान राज्यपरिषद्को सुनसरी क्षेत्र नं. १ का उम्मेदवार स्वणिर्महाङ फोम्बोलाई नकावधारी समूहले धरानको सेउती पुल नजिक कुटपिट गर्नुका साथै लुटपाटसमेत गरेको बताइएको छ । विराटनगरबाट मोटरसाइकलमा धरान फर्किँदै गरेका फोम्बोलाई चारजनाको संख्यामा रहेको नकावधारी समूहले रोकेर कुटपिट र लुटपाट गरेको जनाइएको छ ।

No comments: