News

Aug 4, 2008

देश सुव्वाको भयवादमाथि बहस

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान / प्रदीप मेयाङ्बा /तस्विरहरु
भयवादका सर्जक तथा आदिवासी उपन्यासका लेखक देश सुव्वा हङकङमा रोजगारी गरिरहे पनि उनको साहित्य र दर्शनको सिर्जनालाई सम्मान गर्दै धरानमा जमघट गरियो । उनको उपन्यासमाथि बहस चलिरहादा समालोचकहरुले हङकङमा बसेर भयवाद सिर्जना गर्ने धराने स्रष्टा देश सुव्वाको उपन्यास 'आदिवासी' र 'भयवाद' दर्शनको राष्ट्रिय बहस धरानबाट सुरु भएको घोषणा गरे ।
धरानमा विजयपुर मिडिया गु्रपले शनिबार आयोजना गरेको देश 'युवा स्रष्टा देश सुव्बाको आदिवासी उपन्यास र भयवाद दर्शनः राष्ट्रिय बहस'मा राजधानी र पुर्वाञ्चलका नौं जना समालोचकहरुले जमेर गााठी कुरा खोतल्ने प्रयास गरे । उत्तर आधुनिक परिसम्वादका व्याख्याता मानिएका डा. गोविन्द भट्टराईले नाङ्लोको बीचमा तीन पाने रक्सीले भरिएको कठुवालाई लिम्बु मुन्धुमी परम्पराअनुसार गोलाकार भएर च्याब्रुङ बजाउदै घुमेर सुरु भएको उक्त वहसमा भने, 'भयवाद नेपाली साहित्यमा कान्छो आन्दोलन भएर धरानबाट सुरु भयो ।' लेखक सुव्वाले आदिम चेतनालाई भयवादी उपन्यास आदिवासीमा प्रजातीय राष्ट्रवादको उदय गराएको बताए । भयवाद पहिले पनि रहेको तर, त्यसलाई सुव्वाले अन्य विभिन्न विषयबाट खास गरी लिम्बु मिथकबाट पैचौ लिएर सैदान्तिकरण गरेको भट्टराईले बताए ।
पुर्वका सय जना कनिष्ठदेखि कपाल फुलाएका साहित्यकार लेखक समालोचक, कवि गजलकारको जमघटमा भाषाशास्त्रि तथा समालोचक डा. टंक न्यौपानेले देश सुव्वा हङकङमा बैदेशिक रोजगारमा गएर पनि नेपालमा चलेका नयाा चेतनालाई उपन्यास आदिवासी र भयवाद दर्शनबाट छामी रहेको बताए । डा. न्यौपानेले समालोचकीय टिप्पणी गर्दै भने, 'भयवादको केन्द्र भय नै हो । र, मानिस भय मुक्त भएपछि जीवन सहज बन्छ भन्ने भयवादको सन्देश हो ।'
लिम्बु मुन्धुमका ज्ञाता मानिएका अर्जुनवाबु मावोहाङले सत्ताको भयलाई आख्यानकार सुव्वाले स्थापित गर्नु खोजेको निष्कर्ष निकाले । उनले थपे, 'भयवादी उपन्यास आदिवासीको मुख्य श्रोत लिम्बु मिथक देखिएको छ । उपन्यासका नायक निसाम आदिम सभ्यताको छायांमा बसेर आफ्नो सांस्कृतिक धरोहरको पुनस्थापना र निरन्तरताका लागि जुझारु बन्दै भय मुक्त हुन खोजेका छन् । प्रखर समालोचक कवि मनु मंजिलले भयवादी उपन्यास भित्र लेखक सुव्वा मौलिकता जोगाउने सवालमा संबेदनशील भएर सजातिय मोहले आदिम बस्तीमा भाग्दा भयको छायामा पुगेको बताए । उनले भने, 'आदिवासीको मौलिकता लोपहुने भय लेखक सुव्वाले उपन्यास भरी र भयवाद दर्शनमा मिथकसंगै जोडेर नया चेतना दिएका छन् ।'
वहसमा युवा समालोचक मुनाराज शेर्मा लिम्बु, ज्योति जंगल, कृष्ण बरालले सुव्वाको भयवादी उपन्यास आदिवासी नेपाली साहित्यमा नया प्रयोग भएको बताए । बहस सुरु हुनु अघि अतिथिहरु संगै लिम्बुू कलाकार टोलीले च्याबु्रङ नाचेर नाङ्लोमा राखिएको फूलपातीसंगै रक्सीले भरिएको कठुवा वरिपरि घुमेर नाचेका थिए ।

No comments: