News

Aug 4, 2008

२००८ को वेईजिङृ ओलम्पिक आतंकमय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
आगामी ८ तारिख देखि शुरु हुन गई रहेको २००८ वेईजिङृ ओलम्पिक, शुरु हुन भन्दा ४ दिन अगाडी हिजो चीनको पूर्वि क्षेत्रमा पर्ने सिनजाङृविकुरको कास भन्ने क्षेत्रमा भएको बम बिष्फोटनले १६ जना प्रहरीको मृत्यु भएको चीनको समाचारपत्रहरुले जनाएको छ । समाचारको अनुसार सिनजाङृविकुरको कास क्षेत्रको प्रहरी सुरक्षा सिविरमा दुई जना आत्माघातीले टक ल्याएर सिधै ठक्कर दिएर टकमा भएको बम बिष्फोटन हुदा घटना स्थलमा १४ जना प्रहरीको मृत्यु र अस्पताल लाने क्रममा दुई जनाको मृत्यु भएको थियो । हाल सम्म यस घटनाको जिम्मेवारी कसैले लिएको छैन र प्रहरीहरुले यस घटनाको अनुसन्धान गरी रहेको बताएको छ । कास क्षेत्र वेईजिड देखि २८०० किमी टाढा परेता पनि २००८ वेईजिङृ ओलम्पिक शुरु हुन भन्दा ४ दिन अगाडी भएको प्रहरी सुरक्षा सिविरमा भएको यस आतंककारी हमलाले वेईजिङृ ओलम्पिक पनि सुरक्षित छ भन्न नसकिने अवस्था भएको छ । अन्र्तराष्टिय प्रहरी ईन्टरपोलले " वेईजिङृ ओलम्पिकको अवधिमा खेलमा रुकावट तथा खेलाडी माथि हमला हुन सक्ने सम्भावना हुनुको साथै स्टेडियम तोडफोड जस्ता आतंकमय स्थिती उत्पन्न हुन सक्ने सम्भावना अधिकतम रहेकोले कडा सुरक्षाको व्यवस्था गर्ने चीन सरकार संग माग गरेको छ ।

No comments: