News

Aug 14, 2008

डा.देवकोटाकी छोरी अपहरणकारी सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वरिष्ठ न्युरोर्सजन डा. उपेन्द्र देवकोटाकी जेठी छोरी मेघा देवकोटालाई अपहरण गर्ने गिरोहका एक सदस्यलाई प्रहरीले बुधबार र्सार्वजनिक गरेको छ।
१ करोड ३० लाख फिरौती बुझाएको पुष्टि
यही साउन १९ गते राति खड्ग भद्रकाली-६ हेपाली हाइटस्थित घरबाटै अपहरणमा परेकी मेघाले अपहरणमुक्त भएपछि दिएको सूचनाको आधारमा प्रहरीले एक दिनपछि नै अपहरणकारीलाई पक्राउ गरेको भए पनि १० दिनपछि मात्र र्सार्वजनिक गरेको हो।अपहरणकारीमध्ये प्रहरीले धनकुटा घोर्लीखर्क-६ डिकुरे घर भई हाल ललितपुर उपमहानगरपालिका-१३ नख्खुस्थित सुवास भण्डारीको घरमा डेरा गरी बस्ने हेमन्त, गोरे भनिने हेमबहादुर मगरलाई बुधबार र्सार्वजनिक गरेको हो।अपहरणकारीमध्ये विजय भन्ने कृष्ण र्राई, सिर्द्धार्थ लामा, राजु थापा र केशव दर्लामी मगर फरार रहेका छन्। सबै अपहरणकारी यसअघि डाँका मुद्दामा पक्राउ परी सजाय भोगिसकेका व्यक्ति हुन्। अपहरणकारीले डा. देवकोटको घर र परिवारका बारेमा विगत तीन महिनादेखि खोजीनीति गरेका थिए।१९ गते राति ११ बजे कार, मोटरसाइकल र हातहतियारसहित आएका पाँच जनाको समूहले सुरक्षागार्डलाई नियन्त्रणमा लिई डा. देवकोटाकी छोरीको कोठामा प्रवेश गरेको थियो। छोरी मेघालाई साथमा लिई डा. देवकोटाको बेडरुममा पुगेका अपहरणकारीले छोरी देखाउँदै १० करोड फिरौती माग गरेका थिए।म र मेरी श्रीमतीले हामीलाई नै लैजानुस् भनेका थियौं’, महानगरीय प्रहरी अपराध महाशाखाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा डा. देवकोटाले भन्नुभयो- उनीहरूले रकम दिने मान्छेलाई लाँदैनौं भनी छोरीलाई लगेका थिए।’मै जान्छु पीर नमान्नुस् भनी छोरीले भनेपछि अपहरणकारीले उनैलाई लगे’ -डा. देवकोटाले भन्नुभयो।अपहरणकारीले डा. देवकोटा परिवारसँग फिरौती रकमबारे साढे तीन घण्टा वादविवाद गरेका थिए।ँतत्काल फिरौती दिन नसकिने बताएपछि छोरीलाई राति साढे २ बजे उनीहरूले लगे’ -डा. देवकोटाले भने। अपहरणकारीले घरको सम्पूर्ण सञ्चार विच्छेद गरी मेघालाई अपहरण गरेका थिए। ँअपहरणकारीले काटेको टेलिफोन लाइन आधा घण्टाभित्रै जोडेर सुरक्षा निकायमा जानकारी दियौंं’ -डा. देवकोटाले भन्नुभयो।उपत्यकाको प्रहरी परिसर वृत्त र प्रभागको सहयोगमा एक दिनपछि नै साउन २० गते प्रहरीले हेमबहादुर मगरलाई पक्राउ गरेको हो।अपहरणकारीले मेघालाई नख्खुस्थित हेमबहादुर मगरको डेरामा बन्धक बनाई राखेका थिए।मेघाले दिएको सूचनाको आधारमा प्रहरीले सबै अपहरणकारीको डेरा र घरमा छापा मारी अपहरण कार्यमा प्रयोग गरिएको सेतो कार, चारवटा पल्सर मोटरसाइकल, एक थान स्कुटर, तीन थान हेल्मेट, दुइ थान पेस्तोल, सोही पेस्तोलको दुइ थान म्यागजिन बरामद गरेको छ।यस्तै प्रहरीले उनीहरूको साथबाट ३३ थान गोली, प्रहरीको दर्ज्यानी चि≈न अंकित कपडा, प्लास्टिक ≈यान्ड ग्रिनेड, खुकुरी, घरेलु औजार, गरगहना, बैंक तथा वित्तीय संस्थाको कागजपत्र, कालो चस्मा, माक्स, पन्जा, मोबाइल सेट र २ लाख ४३ हजार नगदलगायत सामग्री बरामद गरेको छ।अपहरणकारीले माग गरेकोमध्ये १ करोड ३० लाख फिरौती रकम तिरेर डा. देवकोटाले छोरी मुक्त गराउनुभएको थियो। अपहरणकारीले मेघालाई २० गते राति ११ बजे गौशालाबाट मुक्त गरेका थिए।प्रहरीले अपहरणकारी सबैको घर छापा मारेको छ। अपहरणकारीमध्ये सिर्द्धार्थ लामा भन्ने राजु थापाको आलिसान महलबाट ३३ थान गोली बरामद गरेको थियो।पाँचवटा गेट भएको तीनतले घरभित्र भव्य कोठा रहेका छन्। सुनाकोठीमा दुइ रोपनीभित्र रहेको सो भवन परिसरमा १८ फिट अग्लो पर्खाल रहेको छ।
५० हजार पुरस्कार
यसैबीच आयोजित पत्रकार सम्मेलनमा फरार अपहरणकारी पत्ता लगाउने जोकोहीलाई ५० हजार पुरस्कार घोषणा गरिएको छ।पत्रकार सम्मेलनमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक केशवप्रसाद बडाल, महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उपेन्द्रकान्त अर्याललगायतले घटनाबारे जानकारी दिएका थिए।

No comments: