लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हातमा नाम्लो लिएर कालीमाटी चोकस्थित टिभी पसलमा संसद् भवनबाट प्रधानमन्त्री निर्वाचनको प्रत्यक्ष प्रसारण हेरिरहेका काभ्रेका कृष्ण पुलामी भारीसँगै नयाँ प्रधानमन्त्रीको प्रतीक्षा गर्दै थिए। नयाँ सरकारसँग यिनको अपेक्षा के होला - गरुँगो भारी या अन्य केही - प्रश्न भुइँमा खस्न नपाउँदै यी ४० वर्षोले भने- यी कहाली लाग्दा दिन फेरिनुपर्छ। कहाली लाग्दा दिनले के-के कुरालाई संकेत गर्छ त - सडक जाम, पेट्रोलियम अभाव, लोडसेडिङ, गरिबी, अशान्ति, महँगी यस्तै त हो नि -उनले बेलिविस्तार लाए।पुलामीसँग कुरा गर्दैगर्दा नजिकै जुत्ता पालिस गरिरहेका जोखशेख रामले आफूलाई सम्हाल्न सकेनन् क्यारे, जुरुक्क उठेर भने- किन किन यो सरकारसँग बढी आशा लागेको छ, यो आफनै सरकारजस्तो लागेको छ।’ रौतहट-४ घर भएका रामले मधेसी दल पनि सरकारमा सामेल हुँदै गरेको प्रसंग उप्काए।सामाजिक परिवर्तनको नारा दिएर १३ वर्षम्म सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको माओवादीको नेतृत्वमा सरकार बन्दै गर्दा शुक्रबार नेपाल समाचारपत्रले भेटेका र्सवसाधारणले आशा मात्र हैन, निराशा पनि व्यक्त गरे। कतै फेरि राजनीतिक खिचातानी र अस्थिरताले नछोड्ने त होइन -’ -अधिकांशको चिन्ता थियो।तेलको लाइनमा बसेका टयाक्सी चालक महन्तनाथ थारूले आफूसँग आशा नै बाँकी नभएको बताए। यसअगाडि पनि को थिएनन् र सरकारमा, सबै आफ्नो स्वार्थ पूरा गर्नतिर त लाग्ने हुन् नि’ -थारूले भने।यती एयरलाइन्सका कर्मचारी अरुण राणाले सरकारले एकै पटक सबै माग पूरा गर्न र सबै समस्याको हल गर्न सक्दैन भन्ने बुझेका छन्। जनताको अपेक्षाको चाङ छ, सरकारको कार्यशैलीले ती अपेक्षा पूरा गर्नेतर्फकेन्द्रित हुनुपर्छ’ -शर्माले भने।लामो द्वन्द्व, राजनीतिक अस्थिरता, महँगी, असुरक्षा, पेट्रोलियम अभावमा रन्थनिएकाहरूले निराशासँगै ती समस्याको हल गर्नु सरकारको प्रमुख काम हुनुपर्ने सुझाव दिए। सरकारले कागजी कार्यक्रमभन्दा सशक्त र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जनताको अपेक्षा रहेको पाइएको छ।राजनीतिक मात्रै हाम्रो चाहना, उद्देश्य र लक्ष्य हो कि भन्ने भान परेको छ, सधैं यसैमा रुमल्लिएर भएन, अब त आर्थिक वृद्धि, विकास र सामाजिक परिवर्तनलाई सरकारले आफ्नो एजेन्डा बनाउनुपर्यो’ -एमए अर्थशास्त्रका विद्यार्थी अनिल शाक्यले भने।शिक्षा, स्वास्थ्य, रोजगारी र विकास जनताका आवश्यकता र चाहना हुन्। अभाव, अस्थिरता, महँगी, बन्द, हडताल दैनिकीजस्तै बनेका छन्। यी दुवैलाई तालमेल गरेर अगाडि बढ्नुमा नै सरकारको सफलता अडेको हुन्छ।कोटेश्वरका राजेश श्रेष्ठले त्रास व्यक्त गरे- कतै सरकार जनअपेक्षामै पुरिएर हराउने त होइन ?
No comments:
Post a Comment