News

Aug 9, 2008

लिम्बुवान स्वायत्तताको लागि सबै दल सम्मिलित संयुक्त लिम्बुवान मोर्चा बन्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ् लिम्बू,
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने भएपछि नेपालको पूर्वी भागमा पर्ने ऐतिहासिक भूभाग लिम्बुवानका ऐतिहासिक जाति लिम्बूहरूले सम्पूर्ण लिम्बुवानबासी जनताको चाहना अनुसार सांघीय गणतन्त्र नेपालान्तर्गत लिम्बुवान जातीय स्वायत्तताको मागसहित लिम्बुवानका सम्पूर्ण राजनीतिक शक्तिहरू एकजुट भैइ मोर्चावन्दि गरेका छन् । विविन्न सातवटा राजनीतिक सङठनहरू आवद्ध सो मोर्चाको नाम सङ्युक्त लिम्बुवान मोर्चा, नेपाल नामकरण गरिएको छ। यस मोर्चाले साउन ११ गते सहमति पत्रमा हस्तक्षर गरी १२ गते रिपोर्टर्स क्लब काठमाडौंमा एक पत्रकार सम्मेल्लनको आयोजना गरी सो मोर्चाको घोषणा गरेको हो।लिम्बुवान जातीय स्वायत्तताको पक्षमा आधिकारिक निर्णयकासाथ सामाजिक र साँस्क्रितिक रुपमा सङ्घर्ष गरिरहेको लिम्बू जातिहरूको सामाजिक सन्स्था किरात् याक्थुङ् चुम्लुङ्को सहयोग् र समन्वयमा गत असार २७ गतेबाट बहस र छलफल सुरु गरिएको बिभिन्न राजनीतिक दल र यससङ्ग सम्बद्ध सङठनहरूको पटक-पटकको बैठकहरू पश्चात साउन ११ गते सो सहमति कायम भैइ सहमति पत्रमा हस्ताक्षर गरिएको हो । चुम्लुङ्कै सहयोग र समन्वयमा गठित यस अघिको सञ्जालकै प्रिष्ठभुमिमा बनाइएको यस मोर्चामा भने लिम्बुवान सम्बद्ध राजनीतिक सङ्गठन्हरू मात्र रहेका छन् । अबदेखि अन्य लिम्बुवान सम्बद्ध सामाजिक संघ-संस्थाहरूले भने चुम्लुङ्लेझैं सहयोगी र समन्वयकर्ताको रुपमा भुमिका निभाउने आसा गरिएको छ । यस मोर्चामा लिम्बुवानमा लिम्बुवानकै लागि सङ्घर्षरत एक सङ्गठन सञ्जुहाङ् पालुङ्वा समूह भने आवद्ध भएको छैन । छलफलको आखिरीतिर अन्तिम् बैठकमा मात्र उपस्थित पलुङ्वाको समूहले आफूहरूले पुर्वघोषित लिम्बुवानमा समानान्तर सरकारको गठन गर्नु पाउनु पर्ने, लिम्बुवानको नौ वटै जिल्ला तोकिनै पर्ने लगायतका सवालहरूमा सहमति हुन नसकेपछि सो समुहले मोर्चाको बैठक छोडेको थियो। तर अझै पनि सो समुहसङ्ग वार्ता गरी सुरुमा वैधस्निक आन्दोलनका लागि मोर्चामा ल्याउने मौखिक सहमति भएको छ। लिम्बू भाषामा 'पजुम् लिम्बुवान थक्चुम्भो, नेपाल्' नामकरण गरिएको सो संयुक्त्त लिम्बुवान मोर्चा, नेपाल [United Limbuwan Front, Nepal] को ३ प्रिष्ठको सहमति पत्रमा मोर्चाको प्रिस्ठभुमि, औचित्य, सहकार्यको आधार, कार्यक्रम, सञ्चालन विधि र मोर्चाको नामकरणसहित मोर्चामा आवद्ध सङ्गठन, मुख्य नेत्रित्व र हस्ताक्षर रहेको छ। मोर्चाका सबै शीर्षस्थ नेत्रित्वहरू उपस्थित रहेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको सवाल र आफ्नो विचार राख्ने क्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देन् 'मिराक्' ले अहिलेलाई यो मोर्चाको लंडाईं शान्तिपूर्ण र सशक्त्त रहने कुरा जानकारी गराउनु भयो । साथै, वहाँले यस्मा छुटएका सबै सङ्गठन तथा लिम्बुवानबासी सम्पूर्ण जातजाति एवम् आदिवासी जनजातिहरूसंग पनि सल्लाह, सहकार्य र एकजुट भैइ अघि बढ्ने कुरा प्रकाश् पार्नु भयो ।त्यसरी नै प्रश्नोत्तरमा आफ्नो विचार राख्दै नेकपा एमाले सम्बद्ध नेपाल लोकतान्त्रिक् किरात लिम्बू सङ्घका उपाध्यक्ष डम्बरसिङ् सम्बाहाङ्फेले आफ्नो यो मोर्चा बन्दिमा पार्टिको कुनै ह्विप र बन्देज् नलाग्ने कुरा प्रस्ट्याउनु भयो ।यसरी नै नेपली काङ्ग्रेस् पार्टि लिम्बुवान स्वायत्तताको पक्षमा रहेकैले लिम्बुवान र सरकार बीचमा सहमति भएको कुरा पार्टिका पूर्णकुमार् सेर्माले स्मरण गराउनु भयो । सवाल जवाफकै क्रममा नेकपा माओवादिसम्बद्ध लिम्बुवान् राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष ध्रुब आङ्देम्बेले माओवादिले प्रस्ताव गरेको कोचिला राज्यको बिषयमा त्यहाँका जनतासंग छलफल र सहमति गरेर सच्याउन वा सोच्न सकिने मनसाय ब्यक्त गर्नुभयो । पञ्चायत कालदेखिनै लिम्बुवान्को लागि भुमिगत संघर्ष गर्दै अौनु भएका नेता बीर नेम्बाङ्ले एक हिसाबले नेपालमा राजतन्त्रको अन्त्य संगै नै लिम्बुवान स्वतन्त्र भएको बताउँदै तैपनि नेपाल अन्तर्गतनै स्वायत्त लिम्बुवानको माग गरिएको कुरा सम्झाउनु भयो । राष्ट्रिय जनमुक्ति पार्टि सम्बद्ध लिम्बुवान प्रान्तीय परिषद्का इन्चार्ज के पी पालुङ्वाले जबसम्म लिम्बुवान स्वायत्तताको प्राप्ति हुँदैन तबासम्म नै यो मोर्चा संघर्षरत रहने प्रतिबद्धता व्यक्त्त गर्नुभयो ।नेकपा एकीक्रित सम्बद्ध नेपाल लिम्बुवान स्वशासित संघ (एकीक्रित) का अध्यक्ष के बी फुदोङ्ले लिम्बुवानले जातीयताकै आधारमा स्वायत्तता पाउनु पर्ने जिकिर गर्नुभयो ।
संयुक्त लिम्बुवान मोर्चामा आबद्ध राजनीतिक संगठन तथा नेत्रित्वहरू:
१ बीर नेमबाङ्, अध्यक्ष: लिम्बुवान मुक्ति मोर्चा
२ मा ध्रुब आङ्देम्बे, उपाध्यक्ष/ सभासद् : लिम्बुवान् राष्ट्रिय मुक्ति मोर्चा, [ नेकपा मओवादि]
३ कुमार लिङ्देन् 'मिराक्' , के अध्यक्ष: संघीय लिम्बुवान् राज्य परिषद् [ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च]
४ मा डम्बरसिङ् सम्बाहाङ्फे, महासचिव/ सवासद् : नेपल लोकतान्त्रिक किरात लिम्बू संघ [नेकपा एमाले]५ के बी फुदोङ्, के अह्यक्ष : नेपाल् लिम्बुवान् स्वशासित संघ [नेकपा एकीक्रित ]
६ के पी पालुङ्वा, इन्चार्ज : लिम्बुवान् प्रान्तीय परिषद् [ राष्ट्रिय जनमुक्ति पार्टि ]
७ मा पूर्णकुमार सेर्मा लिम्बू, के सदस्य/ सभासद् : [नेपाली काङ्ग्रेस] उत्तमसिङ थाङ्देन्, के उपाध्यक्ष( सहयोगी/समन्वयकर्ता) : किरात यक्थुङ् चुम्लुङ
यस मोर्चाले हाल उठेको एक मधेश एक प्रदेशको मागप्रति बिरोध जनाएको छ। साथै, यो अन्तरिम सरकारले लिम्बुवान र खम्बुवान बीचको अरुण तेस्रो जलबिधुत आयोजना तथा अब गर्नलागेको तमोर जलबिधुत आयोजनाको सम्झौता बारे ध्यान आक्रिष्ट गरी तुरुन्त रोक्न आग्रह गरेको छ । यसै गरी, हाल् लिम्बुवानको नाममा भए-गरेका सम्पूर्ण हिङ्सात्मक् आन्दोलनलै स्थगन् गरी यो शान्तिपूर्ण आन्दोलनमा सरिक हुन पनि सबैलाई अपील गरेको छ ।अब यस मोर्चाले तुरुन्तै एक कार्य दलको गठन गरेर आफ्नो काम कारबहीहरू सुचरु गर्ने समेत जनाइएको छ ।

No comments: