News

Aug 14, 2008

प्रधानमन्त्रीका लागि उमेदवारी दर्ता गरे प्रचण्डले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र मधेसी जनअधिकार फोरमको समर्थनमा प्रधानमन्त्रीका लागि उमेदवारी दर्ता गरेका छन् । एमाले र मधेसी जनअधिकार फोरमको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको उमेदवारी दर्ता गरेको छन् । साउन ३० गते संविधानसभास्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा दर्ता भएको प्रचण्डको उमेदवारीको प्रस्तावकमा एमाले महासचिव झलनाथ खनाल छन् भने फोरमका अध्यक्ष उपेन्द्र यादव समर्थक बनेका छन् । उमेदवारी दर्तापछि प्रचण्डले नेपाली कांग्रेसलाई पनि सहमतिको सरकारमा ल्याउन प्रयास गरिने उल्लेख गरे । यसअघि नै नेपाली कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि उमेदवारी दर्ता गरिसकेका छन् । प्रधानमन्त्री उमेदवारीको फारम बिहान ५ दलले लगे पनि दुई जनाको मात्र उमेदवारी परेको छ ।

No comments: