News

Aug 14, 2008

सिरहा कारागारबाट ५४ जना कैदी फरार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिरहास्थित कारागारबाट बुधबार साँझ डयुटीमा रहेका प्रहरीलाई नियन्त्रणमा लिई ५४ जना कैदी फरार भएका छन्। सुरक्षास्रोतका अनुसार साँझ करिब पौने ७ बजेतिर कैदीहरूको गन्तीका लागि प्रहरीले मूलगेट खोलेपछि संगठित रूपमा रहेका कैदीहरू प्रहरी जवान पन्नालाल यादवलाई नियन्त्रणमा लिई मूलगेटबाटै फरार हुन सफल भएका हुन्।सोही क्रममा भाग्ने कैदीमाथि प्रहरीले गोली चलाउँदा गोली लागी एक कैदीको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सोनेलाल यादव रहेका छन्।कैदीहरूले भाग्ने क्रममा घरेलु हतियारको समेत प्रयोग गरेको र सो क्रममा एक प्रहरी घाइते भएको बताइएको छ। सामूहिक रूपबाट कैदीहरू भाग्न थालेपछि प्रहरीले दर्जनौं राउन्ड हवाई फायर गरेको स्थानीय बासिन्दाले जनाएका छन्।जिल्ला प्रहरी कार्यालय सिरहाले भागेका कैदीहरूको व्यापक खोजतलास भइरहेको जनाए पनि कोही फेला पर्न भने सकेका छैनन्।सो कारागारमा १ सय ५० जना नै कैदीहरू रहेका थिए। भागेका कैदीहरूमा अधिकांश तर्राईका सशस्त्र समूहमा आबद्ध व्यक्तिहरू रहेको अनुमान गरिएको छ।

No comments: