News

Aug 20, 2008

प्रधानमन्त्री चीन जानुअघि सरकार गठनको सम्भावना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीले पदभार ग्रहण गरिसके पनि मन्त्रिमण्डल गठन हुन नसकिरहेका बेला सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी र नेकपा एमालेबीच सरकार गठनको विषयलाई बुधबार निधो लगाउने सहमति भएको छ । मंगलबार राजधानीमा भएको यी दुइ दलको छलफलमा यो सहमति गरिएको हो । सहमति अनुसार अब चाँडै सरकार गठन हुने जनाइएको छ ।एमालेका नेता भीम रावलले दिनुभएको जानकारी अनुसर सरकार गठनको मुद्दा बुधबारसम्ममा टुंग्याउने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको बेइजिङमा हुने ओलम्पिक समापन कार्यक्रममा सहभागी हुन शनिबार त्यसतर्फ जाने भएकाले त्यसअघि नै सरकार गठन गर्नका लागि दलहरुले गृहकार्य तीव्र बनाएका हुन् ।

No comments: