News

Aug 15, 2008

नेपालमा पहिलोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चिकित्सकहरूको लामो प्रयासपछि कानुनी रूपमा नेपालमा पहिलोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । निकै लामो समयदेखि प्रत्यारोपणको लागि नेपाली चिकित्सकहरूले पहल गरे पनि सरकारी स्वीकृत नपाएका कारण प्रत्यारोपण हुन सकेको थिएन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा साउन २० मा सरकारी मान्यता पाएपछि २४ देखि २९ साउनमा तीनजनाको सफल प्रत्यारोपण भएको हो । साउन २४ मा बुढानिलकण्ठ निवासी एक ब्यक्तिको पहिलो सफल मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई आफ्नै श्रीमतीले मिर्गौला दान गरेकी थिइन् । अस्ट्रेलियास्थित रोयल मेलबर्न हस्पिटलका प्रत्यारोपण सर्जन डा. डेभिड फ्रेन्सिस र त्रिवि शिक्षण अस्पतालका विभिन्न विभागमा कार्यरत बरिष्ठ चिकित्सकको संयुक्त प्रयासमा प्रत्यारोपण सफल भएको बिहीबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अस्पतालका कार्यकारी निर्देशक डा. महेश खकुरेलका अनुसार प्रत्यारोपणका लागि रू.तीनलाख भन्दा कम रकममा गर्न सकिने छ । यसअघि, प्रत्यारोपणका लागि भारतमा जानुपर्दा रू.१० लाखभन्दा बढी रकम खर्च हुने गरेको थियो ।

No comments: