News

Aug 14, 2008

देउवालाई प्रधानमन्त्रीको उमेदवार बनाउने निर्णय कांग्रेसको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच सरकार निर्माणबारे लिखित सहमति बन्दै गरेको बेला नेपाली कांग्रेसले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उमेदवार बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उमेदवार बनाउने निर्णय गरेको छ । साउन ३० गते सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा भएको कांग्रेस संसदीय समितिको बैठकले देउवालाई प्रधानमन्त्रीको उमेदवार बनाउने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय समितिको बिहान भएको बैठकले प्रधानमन्त्रीको उमेदवार तय गर्न संसदीय समितिलाई जिम्मा दिएको थियो । समिति ९ सदस्यीय छ ।

No comments: