News

Aug 17, 2008

अनिवार्य तथा निःशुल्क प्राथमिक शिक्षा लागू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा पहिलो पटक सुर्खेतको गर्पन गाउँ विकास समितिमा अनिवार्य तथा निःशुल्क प्राथमिक शिक्षा लागू भएको छ। शिक्षक, विद्यार्थी, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय बासिन्दाको ठूलो सहभागिताका बीच सुर्खेतका जिल्ला शिक्षा अधिकारी भक्तबहादुर ढकालले शुक्रबार गर्पनलाई अनिवार्य तथा निःशुल्क प्राथमिक शिक्षा लागू भएको गाविस घोषणा गर्नुभएको हो। स्थानीय बासिन्दाको सक्रियता, जिल्ला शिक्षा कार्यालयको सहयोग र समाज जागरण केन्द्र स्याकको पहलमा सो गाविसमा पहिलो पटक निःशुल्क तथा अनिवार्य शिक्षा कार्यक्रम लागू भएको स्याकका शिक्षा कार्यक्रमका संयोजक आत्माराम भट्टर्राईले बताउनुभयो। राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०११ ले पहिलो पटक नेपालमा अनिवार्य तथा निःशुल्क प्राथमिक शिक्षा लागू गर्न नेपाल सरकारलाई सुझाव दिएको थियो। सुझाव दिएको झन्डै २० वर्षछि मात्र सरकारले २०३१ सालमा प्राथमिक शिक्षालाई अनिवार्य तथा निःशुल्क घोषणाको गरेको थियो। तर निःशुल्क घोषणा गरे पनि यसको अहिलेसम्म पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। सरकारी घोषणाको २४ वर्षछि यसलाई कार्यान्वयनमा ल्याउने पहिलो सौभाग्य गर्पन गाउँ विकास समिति पाएको छ।अनिवार्य तथा निःशुल्क प्राथमिक शिक्षा लागू भएपछि यो गाउँ विकास समितिमा रहेका सबै विद्यालयले अबदेखि विद्यार्थीबाट कुनै किसिमको शुल्क लिने छैनन्। यसअघि यी विद्यालयले विद्यार्थीबाट मासिक शुल्क, भर्ना शुल्क र परीक्षा शुल्क उठाउँदै आएका थिए। गाउँ शिक्षा समितिका सदस्य थिरबहादुर ढकालले विद्यालय नगएर घरमा बस्दै आएका बालबालिकाहरूको खोजी गरी विद्यालयमा भर्ना गर्ने अभियान थालिएको बताउनुभयो।आदर्श माध्यमिक विद्यालय मेहेलीका व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर ढकालले जस्तोसुकै चुनौती आइपरे पनि यसलाई कार्यान्वयन गर्न गर्पनबासी निरन्तर रूपमा लागिरहने बताउनुभयो।

No comments: