News

Mar 31, 2008

पत्रकार प्रदीप मेयाङ्बो सम्मानित

लिम्वूवान डट व्लगस्पोट डटकम,मार्च २९, २००८
नेपाल परिवार नियोजन संघ सुनसरी शाखाको शनिबार सम्पन्न ३० औं बाषिर्क समारोहको अवसरमा आलोपालोका शुभचिन्तक, व्लाष्टका स्तम्भकार एवं कान्तिपुर दैनिका धरान सम्वाददाता प्रदीप मेयाङ्बो सम्मानित हुनु भएको छ ।धरानलाई कार्यक्षेत्र बनाएर असुरक्षित गर्भपतन र मातृ मृत्युदर कम गर्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा संचार क्षेत्रबाट महत्वपूर्ण योगदान दिएको भन्दै मेयाङ्बोलाई सम्मान गरिएको हो ।

अनलाइन साहित्य मञ्चद्वारा कवि नवराज सुब्बालाई पुरस्कृत

लिम्वूवान डट व्लगस्पोट डटकम,विराटनगर नेपाल, विश्वादीप तिगेला
चैत्र १४ गते २०६४ साल, अनलाइन साहित्य मञ्चद्वारा बुधबार विराटनगरमा हालै सम्पन्न प्रथम अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४ मा प्रथम हुनु भएका कवि नवराज सुब्बालाई पुरस्कृत गरिएको छ । गत महिना बेलायतमा सम्पन्न कविता प्रतियोगितामा विश्वका २७ देशका १ सय ३ जना सहभागीलाई उछिन्दै नेपालका तर्फाट सब्बा प्रथम हुनु भएको थियो । प्रतियोगितामा प्रथम हुनुभएका कवि सुब्बालाई बरिष्ठ आख्यानकार परशु प्रधान र बरिष्ठ कवि कृष्णभूषण बलले नगद सहित फूलमाला लगाइदिएर पुरस्कृत गर्नुभएको थियो ।कार्यक्रममा बरिष्ठ आख्यानकार परशु प्रधान, बरिष्ठ कवि कृष्णभूषण बल, कवि विवश पोखरेल, कवि मनु मञ्जिल, निवन्धकार विश्वादीप तिगेला, कवि रमेश पौडेल लगायतले पुरस्कृत स्रष्टालाई बधाई तथा सुभकामना दिनु भएको थियो ।कार्यक्रममा सहभागी स्रष्टाहरूले अनलाइन कविताबारे चासो व्यक्त गरेका थिए । र यस प्रकारको प्रतियोगिताले विश्वमा छरिएका नेपालीलाई एक सूत्रमा बा“धेको उहा“हरूको प्रतिकृया रहेको थियो ।

नेपाली महासँघ हङकङको अध्यक्षमा हेम लिम्बू

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
हङकङ नेपाली महासंघको ३० मार्चमा सम्पन्न भएको छैठौँ महाधिवेशनले हेम लिम्बूको नेतृत्वमा नयाँ कार्य समितिको निर्विरोध निर्वाचित गरेको छ । संस्थाको
उपाध्यक्षमा हेभेनली पाथका प्रतिनिधि हर्क राना, महासचिवमा भोजपुर समाज सेवा समितिका अध्यक्ष बसन्त निरौला, सचिवमा तामाङ घेदुङका प्रतिनिधि दुर्गा तामाङ र कोषाध्यक्षमा मगर संघ हङकङका कोषाध्यक्ष टंक राना निर्वाचित हुनु भएको छ ।

Mar 30, 2008

माङसेबुङका विस्थापित फर्काउने सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,विप्लव भट्टर्राई इलाम, चैत १५
जिल्लाको बाझो गाविसस्थित किरात धामिर्कस्थल माङसेबुङबाट विस्थापित भएकालाई घर फर्काउन प्रशासन र आश्रमपक्ष सहमत भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको र्सवपक्षीय बैठकमा उनीहरूलाई घर फिर्ने वातावरण बनाउन दुवै पक्षबीच शुक्रबार सहमति भएको हो ।
गत मंसिरयता ८० भन्दा बढीले भिलेज सेन्ट्री -भीसी फोर्स) को त्रासका कारण गाउ“ छाडेको अधिकारवादी संस्थाले उल्लेख गरेका छन् । छलफलमा 'किरा“त आङसी मंगेना मुहिङगुम सेवा समिति' का अध्यक्ष केहेरसिंह योङहाङले २० जना भन्दा धेरै विस्थापित घर फर्किसकेको जानकारी दिए ।
मंसिरयता सक्रिय भीसी फोर्सको नाम पछिल्ला दिनमा परिवर्तन गरिएको जानकारी दि“दै योङहाङले ज्यादतीपर्ूण्ा गतिविधि नगर्ने बताए । उनले यसअघि पनि चर्चामा आएजस्तो ज्यादतीका घटना नभएको दाबी गरे ।
योङहाङले धर्मका नाममा नराम्रा गतिविधि नदिने प्रतिबद्धता जनाए । भीसी फोर्स त्यहा“को विकास निर्माणलगायत सकारात्मक कामका लागि गठन गरिएको भए पनि व्यापक विरोध आएपछि नाम परिवर्तन गरी विश्व मानव एकता सुधार समिति राखिएको बताए ।
निषेधाज्ञा लगाउनेजस्ता कार्य बन्द गरिएको र आफूहरूस“ग खुकुरी बाहेकका हतियार नरहेको उनीहरूको दाबी छ । कम्ब्याट पोसाकमा यसअघि हतियारसहित भीसी फोर्सले गस्ती गर्ने गरेको समाचार बाहिर आएको थियो । योङहाङले भने विभिन्न लान्छना लगाएर धर्म गुरु र धार्मिकस्थललाई बदनाम गराउन पहल भइरहेको दाबी गरे ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले धार्मिकस्थलमा शान्त वातावरण बनाउन आग्रह गरेका छन् । 'पहिलोपटक उनीहरूस“ग बसेर छलफल भएको छ, कमीकमजोरी सुधार्ने सहमति भएको छ,' उनले भने । घिमिरेले अवैधरूपमा हतियार भएको भए कानुनबमोजिम कारबाही हुने स्पष्ट गरे ।
छलफलमा धार्मिकस्थलका विभिन्न समस्याबारे जानकारी गराइएको थियो । शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार, बाटोघाटोलगायतका समस्याले माङसेवुङवासीका जनजीवन कष्टकर बनिरह“दा सरकारको ध्यान नगएको उनीहरूको दुःखेसो छ । धर्मगुरुको शरणमा बसोवास गर्नेेहरू १० हजारको हाराहारीमा रहेको बताइन्छ ।

लिम्वूवान मुक्ति मोर्चाको अपील लिम्वूवानवासीहरुलाई

--------------वुझ्न सक्नु भएन भने अपीलमा क्लिक गर्नुहोस् ।

Mar 27, 2008

होस्टेमा हैँसे -हङकङेली कविहरुको कविता वाचन

लिम्वूवान डट व्लगस्पोट डटकम,प्रदीप कन्दङवा,हङकङ 2008/03/27
हङकङ पनसेटिया प्राइमरी स्कुलको आयोजनामा ‘तपाईंहरुको होस्टेमा हाम्रो हैंसे’ शीर्षकमा कविता वाचनको कार्यक्रम सम्पन्न भएको छ । सो शीर्षकअन्तर्गत चर्चित कवि हाङयुग अज्ञातका चार कवितासहित अन्य हङकङेली कविहरुको कविता वाचन गरिने भनिएजस्तै स्कुलमा नै कविता वाचन गरिएको थियो । महावाणिज्यदूत केशव प्रसाद भट्टराई प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा भक्त बहादुर दुरा सभापति, विशेष अतिथिमा हाङयुग अज्ञात र नेपाल एअरलाइन्सको हङकङ शाखा प्रमुख शान्ता बस्नेत थिईन् ।
पनसेटिया प्राइमरी स्कुलका सुपरभाइजर गणेश इजमले कार्यक्रम सञ्चालन गरेका थिए । ज्यादाजसो स्रष्टाहरु काममा व्यस्त हुने दिन परे तापनि कार्यक्रममा र्सजकहरुको राम्रै उपस्थिति रहेको थियो । कविता वाचन गर्नेहरुमा हाङयुग अज्ञात, देश सुब्बा, शरण सुब्बा, कमल पौड्याल, प्रदीप कन्दङवा, नरेश सुनुवार, टँक सम्वाहाम्फे, भोगेन एक्ले, लक्ष्मी राई, मोती चाम्लिङ, अशोक राई, डी.बी. पालुङ्वा, भूपेन्द्र चेम्जोङ, आकाश राई, गणेश इजम आदिले आआफ्ना कविताहरु पाठ गरेका थिए । केही अघिदेखि विक्रि वितरण गरिएको राफल चिट्ठाको लक्की-ड्र पनि सोही अवसरमा खोलिएको थियो, जसको नतिजा महावाणिज्यदूत केशव प्रसाद भट्टराईको हातबाट प्रकाशित गरिएको थियो ।
कविता वाचनका कार्यक्रमहरु कुनै साहित्यिक सँघसँस्थाले नै आयोजना गर्नुपर्दछ भन्ने पुरानो सोँचलाई परिमार्जन गर्दै विगत केही महिनाअगाडि कँगन रेष्टुरेन्टले आयोजना गरेको कविता वाचन कार्यक्रमको जस्तो प्रकृयालाई पनसेटिया प्राइमेरी स्कूलले निरन्तरता दिएकोलाई हङकङेली नेपाली साहित्य क्षेत्रमा अति नै राम्रो रुपमा हेरिएको छ । यस्तो प्रकृयामा हनेसाले विकसित रुप लिने सम्भावना स्पष्ट भएको छ, तर कविता वाचनमा वाचन गरिने कविताहरुमाथि तत् पश्चात् विचार विमर्श गरिने, वा त्यहाँ वाचन गरिएका कविताहरुमा उत्कृष्ठता छान्ने वा वाचनमा आएका कविताहरुलाई नै प्रतियोगिताको स्वरुपमा हेरिने गरे कविहरुका सिर्जनात्मकताको विकास हुने विश्वास गर्न सकिन्छ र यसरी नै सही अर्थमा हनेसा(हङकङ नेपाली साहित्य)ले उत्कृष्ठता प्राप्त गर्दछ ।
राफल चिट्ठाको लक्की-ड्र
First Prize - Ticket No -3897
2nd Prize - Ticket No- 3893
3rd Prize - Ticket No - 1386
4rth Prize - Ticket No- 2619

संविधानसभा जनतालाइ स्विकार्य नभए हतियार उठाउने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,कञ्चन लिम्वू, दमक,चैत्र, १४
संविधानसभापछि पनि माग पूरा नभए आफूसँग भएका हतियार उठाउने नव जनवादी मोर्चा अर्न्तगतको किरात वर्कस पार्टीले बताएको छ । वर्कसका केन्द्रीय अध्यक्ष आङ्गामी र्राईले दमकमा बिहिवार एक पत्रकार सम्मेलनमार्फत उक्त कुरा व्यक्त गरेका हुन् । २०५४ साल देखी नेकपा माओवादी सँगै भूमिगत शसस्त्र युद्ध गर्दै आएको उक्त वर्कस पार्टिले पूर्वाञ्चलमानै पहिलो पहिलो पटक पत्रकार सम्मेलन गरी युद्धकालका हतियार आफुहरु सँग रहेको खुलासा गरेका छन् । वर्कस पार्टिले शसस्त्र युद्ध गर्दै आएको हुनाले हतियार हुनु स्वभाविक भएको स्विकार्दै ति हतियार पर्टिको केन्द्रिय तहको कमाण्डमा केण्टनमेण्ट गरीएको वताएका छन् । संविधानसभा निर्वाचन पछि देश एउटा नयाँ युगमा जाने निर्ण्र्य गरेर नै आफूहरूले हतियार बिसाएको राइको कथन थियो । सात दलीय गठबन्धन पनि यसै जाल भित्र फस्दै गएको आरोप लगाउँदै संविधान सभा पछि पनि जनताका अहिले उठेका मागहरु सम्वोधन नभए जनताले पून हतियार उठाउन सक्ने बताउँदै अहिले समस्या हतियारको नभएर अधिकारको भएको तर्क गर्नुभयो । अहिलेको नेतृत्वले यसलाई सहि पहिचान गर्न सक्नु पर्ने पनि वहाँको सुझाव थियो । संघियतामा जाने निर्णय भइसकेको अवस्थामा सेना, वैदेसीक निति र मुद्रा वाहेक अन्य क्षेत्रमा जातिय, प्रादेशिक तथा भाषिक आधारमा स्थानिय स्तरलाइनै शक्तिशाली बनाउनु पर्ने उहाँको धारणा थियो । माओवादीसँग सहकार्य गर्दै आएको वर्कस पर्टी ०६१ साल साउन ११ गते देखी नेकपा माओवादीवाट अलग रहेको थियो ।

Mar 25, 2008

किरात याक्थुङ् चुम्लुङ् हङ्कङ्को जनजागरण कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङ्कङ्
गत मार्च २३ तारीखको दिन याउ मा तेइ कम्युनिटि हलमा सम्पन्न जागरण कार्यक्रम उपस्थित करिब ७० जना लिम्वू समूदायका सदस्यहरुको माझ नेपालबाट पाहुनाको रुपमा पाल्नुभएका किरात याक्थुङ् चुम्लुङ् नेपालका महासचिव योगराज वनेमले अवधारणा पत्र पढेर सुनाउनुभएको थियो । उक्त कार्यक्रममा हङ्कङ् वसोवास गर्ने अन्य लिम्वू व्यक्तित्वहरुले पनि आफ्नो मन्तव्य दिएका थिए । उक्त जनजागरण सभालाई हङ्कङ् चुम्लुङ्गका अध्यक्ष ज्ञानु माङ्युङ्ले अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव ज्ञानु मेन्याङ्गबोले गर्नुभएको थियो । सोहि दिन लिम्बुवान राष्ट्रिय मोर्चाले अबेर बेलुकी फेरि अर्को कार्यक्रम पनि तय गरेको थियो जसमा प्रमुख अथिति योगराज वनेम संग अन्तरकृयात्मक कार्यक्रम सन्चालन गरेको थियो ।

संविधानसभामा निःशूल्क विद्यार्थी भर्ना

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
राजनीतिक दलहरु आसन्न संविधासभाको निर्वाचनको लागि विभिन्न शैली अपनाउदै प्रचारप्रसारमा लागेका छन् । तर, संविधानसभा निर्वाचनको रौनक दलहरुलाई मात्र लागेको होइन रहेछ । धरान ११ स्थित लिवर्टी रेसिडेन्सियल इलिस बोर्डिङ स्कूलले संविधासभा निर्वाचनमा निःशूल्क भर्ना अभियान चलाएर यही कुराको पुष्टि गरिरहेको छ । आगामी चैत्र २८ गतेको निर्वाचनको सन्दर्भ पारोर २८ जना छात्रछात्राहरुलाई निःशूल्क भर्ना गराउने विद्यालयले जानकारी दिएको छ। जस अन्र्तगर्त आइतबार सम्म २३ जना विद्यार्थी सम्पर्कमा आइसकेको विद्यालय प्रिन्सिपल तेजमान लिम्बूले जानकारी दिए । प्रिन्सिपल लिम्बुका अनुसार देशमा कहिल्यै नभएको संविधानसभाको चुनाव हुन लागेकोले अभिभावकहरुमा त्यसप्रति अभिरुची र चेतना जगाउने उदेश्यले विद्यालयले सो शैक्षिक प्याकेज ल्याएको हो । चुनाव २८ गते हुन लागेकोले हामीले पनि २८ जना विद्याथी भर्ना गछौं, यी २८ अंकले चूनाव हुनै दिनलाई सम्झना गराइरहन्छ प्रिन्सिपल लिम्बुले भने ऐतिहासिक चुनावको प्रचार गर्न संविधासभा र भर्नाको प्रसगलाई हामीले जोडेका हौं । यो शैक्षिक प्याकेज अन्र्तगत भर्ना हुने विद्यार्थीलाई छुट दिइने र उनीहरुलाई संविधानसभाको अवसरमा भर्ना लिएको भनेर पछिसम्म पहिचान हुने उनले बताए। साथै, भर्ना लिइएका दलित विद्यार्थीहरुलाई परिवारको आर्थिक अवस्थामा हेरेर १५ देखि २० प्रतिशतसम्म मासिक शुल्कमा छुट दिइने योजना समेत उलने खुलाए ।

Mar 24, 2008

किरात स्वायत्त गणराज्यभित्र याक्खा स्वायत्ताको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,कमन देवान, काठमांडौ चैत्र, १०
ऐतिहासिक आधारमा किरात स्वायत्त गणराज्यभित्र आत्मनिर्ण सहितको याक्खा स्वायत्तताको प्रस्ताव पारित गर्दै किरात याक्खा छुम्माको तेश्रो राष्ट्रिय महाधिवेशन ललितपुरमा सम्पन्न भएको छ । ललितपुरको जावलाखेलामा सम्पन्न सो महाधिवेशनले याक्खा छुम्माको अध्यक्षमा दुर्गामणि देवानलाई पुन निर्वाचित गरेको छ । केन्द्रीय कार्यसमितिको प्रथम उपाध्यक्षमा धनवीर देवान, द्धितीय उपाध्यक्षमा गोपालकृष्ण देवान, महासचिवमा रामजी कोङरेन, सचिव इन्दिरा जिमी र कोषाध्यक्षमा शान्ति देवान निर्वाचित हुनुभएको छ । त्यस्तैगरी समितिका सदस्यहरुमा भक्त देवान, सुरेन्द्र देवान, रुद्र जिमी, जीवन कोङरेन र टोमबहादुर याक्खा निर्वाचिन हुनुभएको छ । १५ सदस्यीय केन्द्रीय कार्यसमिति रहने विधानमा उल्लेख भएकोले अन्य ४ जना समितिको पहिलो बैठकले मनोनित गर्ने बताईएको छ । महाधिवेशनले गणतन्त्र, किरात राज्य र याक्खा स्वायत्तताको मुद्दालाई स्पष्ट रुपमा उठाउने दललाई संविधानसभाको निर्वाचनमा सहयोग गर्ने छलफल भएको बताइएको छ ।

पुर्वका ९ जिल्ला पल्लो किरात लिम्बूवान स्वतन्त्र राष्ट्रको घोषणा (दमक)

लिम्वूवान डट व्लगस्पोट डटकम,कञ्चन लिम्वू, दमक, चैत्र, १०
संविधानसभाको चुनाव नजिकिंदै गर्दा पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्च नामक एक संगठनले पूर्वका ९ वटा जिल्लालाई " पल्लो किरात लिम्बूवान स्वतन्त्र राष्ट्र " को घोषणा गरेका छन् । मञ्चले आइतवार दमकमा एक कार्यक्रमको आयोजना गरी सो घोषणा गरेका हुन् । सो कार्यक्रममा पल्लो किरात लिम्बूवान राष्ट्रको प्रस्तावित राष्ट्रिय झण्डा पनि प्रदर्शन गरिएको थियो । रातो रंगमा वरिपरि निलो रंगको किनारा रहेको आयातकार सो झण्डा भित्र माथि आठ कुने सुर्य र मुनी फक्ताङलुङ (कुम्भकर्ण) हिमालको आकृति रहेको छ । कार्यक्रम सकिएपछि मञ्चका उपस्थित सयौंको सँख्यामा रहेको कार्यकर्ताहरुले स्वतन्त्र र शान्तिपूर्ण राष्ट्रको माग गर्दै जुलुश प्रदर्शन गरेका थिए । किरात भवनबाट बाजागाजासहित निस्किएको जुलुशले दमक चौक र नगरका केही भाग परिक्रमा गरेका थिए । उनीहरुले स्वतन्त्र राष्ट्र घोषणा भएको भन्दै दमक चौकमा पटका पड्काएर हर्षोल्लास मनाएका थिए । मञ्चले आइतबार साँझ नै पत्रकार सम्मेलन आयोजना गरी पल्लो किरात लिम्बूवान स्वतन्त्र राष्ट्र रहेको जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा मञ्चका प्रमुख सल्लाहकार चन्द्रप्रसाद योङयाले वि.सं. १८१४ मा पृथ्वी नारायण शाहले सन्धिमार्फत राज्यसत्ता हडपेको तर्क प्रस्तुत गर्दै अव स्वतन्त्र पल्लो किरात लिम्बूवान राष्ट्र हुनुपर्ने बताए । योङयाले पल्लो किरात लिम्बूवान राष्ट्र अव नेपालको नक्सा भित्र अटाउन नसक्ने बताए । पत्रकारहरुको प्रश्नको जिज्ञासा मेटाउँदै योङयाले त्यो स्वतन्त्र राष्ट्र एक्काइसौं शताब्दी अनुसारको लोकतान्त्रिक पद्धतिको शासन व्यवस्था हुने बताउनुभयो । पल्लो किरात राष्ट्र इतिहासदेखि नै स्वतन्त्र रही आएको प्रमाण भएकोले आफूहरु पृथकतावादी नभएको योङयाको कथन थियो । स्वतन्त्र राष्ट्रको घोषणा भइसकेले पल्लो किरात राष्ट्रभित्र गरिने संविधानसभाको चुनाव मञ्चलाई अस्विकार्य रहेको बताउँदै उहाँले निर्वाचनमा सहभागी नहुने जानकारी दिनुभयो । सोही पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष डम्बर लावती र महासचिव शेर्माहाङ याक्थुङवाद्धारा हस्ताक्षरित विज्ञप्ति पनि जारी गरिएको थियो । जारी विज्ञप्तिमा पृथ्वी नारायण शाह, त्रिभुवन हुँदै महेन्द्र राजाले स्वतन्त्र पल्लो किरात लिम्बूवान राष्ट्रमा हस्तक्षेप गरेको बताउँदै सो कुराले लाखौं लिम्बूवानवासीको भावनामा कुठाराघात भएको ठहर गर्दै त्यसको तत्काल खारेजीको माग गरिएको छ । साथै लिम्बूवान स्वतन्त्र राष्ट्रको मुद्धा अर्न्तराष्ट्रिय अदालतमा पुर्‍याउने पहल भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

Mar 23, 2008

नेपाली लोकतान्त्रिक गणतन्त्र मोर्चा हङकङले संविधानसभालाई झक्झक्याए

लिम्वूवान डट व्लगस्पोट डटकम,चन्द्र मादेन
हङकङ, मार्च २२ शनिवार,एक युगमा एक दिन हुने सविधानसभा सफल र पारदर्शि वनुन भन्ने उद्धेश्यले नेपाली लोकतान्त्रिक गणतन्त्र मोर्चा हङकङको आयोजनामा
वृहतभेला स्थानीय काउलोन जोर्डन स्थित कुन्चुङ्ग स्पोर्ट सेन्टरमा सुसम्पन्न भएको छ । सो भेलालाई नेपालवाट आएका ने.क.पा.माओवादीका अध्यक्ष प्रचण्डका जेष्ठ सुपुत्र एवं सो पार्टीका कृयासिल सदस्य प्रकाश दाहालले आसनग्रहणसगै प्रमुख वक्ताको रुपमा सम्वोधन गरेका थिए । उक्त भेलालाई प्रमुख अतिथि नेपाली महावाणिज्यदूत हङकङका केशव भट्टर्राई , विशेष अतिथि नेपाली महासघं हङकङका अध्यक्ष हेजेन र्राई , नेपाली जनसरोकार समाज हङकङका अध्यक्ष मङ्गलवावु माल्वु , किरात र्राई यायोख्खा हङकङ एवं एभरेष्ट साप्ताहिकका सम्पादक किसन र्राई , चाम्लिङ्ग खाम्वातिमका ज्ञानु र्राई , खोटाङ्ग समाज हङकङका भोगेन्द्र र्राईले सम्वोधन गरेका थिए । सो भेलामा अतिथिकोरुपमा
नेपाली शाहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टकं साम्वाहाम्फे , एच के नेपाल डट कमका सम्पादक एंव कवि पसन तमुलाई पनि आसन ग्रहण गराइएको थियो ।
नेपाली लोकतान्त्रिक गणतन्त्र मोर्चा हङकङका वाल कुमार र्राईको सभापतित्वमा सम्पन्न भएको सो भेलालाई मोर्चाकै प्रवक्ता र्राई चन्द्र दुमीद्धारा स्वागतमन्तव्य गरिएकोथियो भने कार्यक्रमको सचांलन मोर्चाका महासचिव चन्द्र मादेनद्धारा गरिएको थियो । मन्तव्य दिने अधिकासं वक्ताहरुद्धारा २४७ वर्षअघिदेखि नेपाली जनताको रगत र पसिना खाने सामन्ति शाही राजतन्त्रको कडा आलोचनाकासाथ पुर्ण अन्त्य गरि मुलुकमा हुनगईरहेको सविधान सभाको चुनाव शान्तीपूर्ण पारदर्शी र निश्पक्षतासाथ सपन्नगरि नयां सविधानले प्रत्येक नेपालीको मर्म र भावनालाई कदरगरि सघिय लोकतान्त्रिक गणतन्त्र नेपालको कामना गरिएको थियो ।
स्मरणिय रहोस नेपाल लोकतान्त्रिक गणतन्त्र मोर्चा हङकङमा’ नेपालका विभिन्न प्रमुख पार्टीका भातृसंगठनहरु,सघसस्ंथा, पत्रकार , साहित्यका्र , नागरिक समाज र क्षेत्रको आधारमा प्रत्येक जात जातिको साझा सगठन २१ सदस्यीहरुको मोर्चा गत वर्षमे १३, २००७ मा गठन गरिएको थियो । मोर्चाले गत अगष्ट २००७ मा मुलुकमा सविधान सभाको चुनाव, शामन्ति राजतन्त्रको पूर्ण अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि तीन हजार पाँचसय हस्ताक्षर संकलनगरि नेपालमा प्रतिनिधि गएर प्रधानमन्त्री र सभामुखलाई वुझाएका थिए ।

गीतकार तथा कवि टंक सम्बाहाम्फेद्वारा रचित गीति एल्बम सारको विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,देवराज राई ,हङकङ,मार्च २४, २००८
हङकङेली गीतकार तथा कवि टंक सम्बाहाम्फेद्वारा रचना गरिएका कृष्ण भक्त राईले स्वर तथा संगीत दिनुभएको गीति एल्बम सारको एक औपचारिक कार्यक्रम बीच आज मार्च २३ तारिखका दिन हङकङमा विमोचन गरियो । अन्तराष्ट्रिय साहित्य समाज हङकङको आयोजनामा तथा एचकेनेपाल डटकमको प्रायोजनमा सम्पन्न भएको विमोचन समारोहमा हङकङेली गायक, कलाकार, साहित्यकार तथा पत्रकाहरुको उपस्थिति रहेको थियो ।
संगीतकार दिनेश सुब्बा प्रमुख अतिथि रहनुभएको विमोचन समारोहमा अर्का गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो । अनेसास हङकङ च्याप्टरका अध्यक्ष पशन तमूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अनेसासका प्रतिनिधि मोति चाम्लिङले स्वागत मन्तव्य सहित अनेसासका गतिविधिहरुका बारेमा प्रष्ट पार्नु भएको थियो । कङ्गन रेष्टुरेण्टमा सम्पन्न भएको विमोचन समारोहमा शिव सुब्बाले गीति एलबम सारको बारेमा समालोचना गर्दै कृष्णभक्त र्राईको बारेमा चर्चा गर्नु भएको थियो ।
साहित्यकार देश सुब्बाले संचालन गर्नु भएको कार्यक्रममा गणेश इजम, किसन राई, नागेन्द्र श्रेष्ठ, प्रदिप कन्दङ्वा, भगत सुब्बा, भुपेन्द्र चेम्जोङ एवं प्रमुख अतिथि दिनेश सुब्बाले गीतकार सम्बाहाम्फेलाई शुभकामना दिनु भएको थियो । कार्यक्रममा गायक नन्द चङ्सु, हषिर्त आले,अशोक र्राई, गीतकार डीबी पालुङ्वा, पत्रकारहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि दिनेश सुब्बा, सभापति पशन तमू र विशेष अतिथि नागेन्द्र श्रेष्ठले गीति एल्बमलाई सामुहिक रुपमा विमोचन गर्नु भएको थियो । विमोचन समारोहमा एचकेनेपाल डटकमका सम्पादक एवं सभापति पशन तमूले विमोचन समारोहका बारेमा प्रष्ट्याउनु भएको थियो ।
सार गीति एलबममा १० वटा गीतहरु संग्रह गरिएको छ । गीति एलबममा वरिष्ठ संगीतकार दिनेश सुब्बा र हेमन्त शिशिरले एक एक गीतमा संगीत भर्न भएको छ । बाँकी ८ वटा गीतमा गायक कृष्णभक्त राई स्वयंले संगीत समेत भर्नु भएको छ । नेत्रहिन भएर पनि नेपाली गीत संगीतमा चर्चित गायक कलाकार कृष्णभक्त र्राईले दिनु भएको संगीतका बारेमा विमोचन समारोहमा उपस्थित सबैले दिल खोलेर प्रशंसा गरेका थिए ।
कार्यक्रम दिनको १:३० बजेदेखि ३ बजेसम्म सम्पन्न भएको थियो । गीतकार टंक सम्बाहाम्फेले यस अघि मनोभाव गीति एलबम बजारमा ल्याइसक्नु भएको छ ।

Mar 22, 2008

लिम्बूवान विधार्थीद्वारा सम्झौता जलाइयो

लिम्वूवान डट व्लगस्पोट डटकम,पाँचथर
सरकार र संघीय लिम्बूवान राज्यपरिषद् संस्थापनबीच पाँचबुँदे सहमतिले लिम्बूवान आन्दोलनले उठाएका न्यूनतम मागहरुको सम्बोधन नगरेको भन्दै शुक्रवार पाँचथर सदरमुकाम फिदिममा संघीय लिम्बूवान विधार्थी परिषदले सहमतिपत्र जलाएको छ। लिम्बूवान आन्दोलनले अरुणपूर्वका ९ वटा जिल्लालाई आत्मनिर्णय अधिकारसहितको लिम्बूवान राज्य घोषणा गर्नुपर्ने माग राखेपनि अरुणपूर्व र आत्मानिर्णयका अधिकारहरु सहमतिपत्रमा उल्लेख नभएकोले सरकार र परिषदबीच भएका उक्त सहमति धोका हो भन्दै विधार्थीहरुले फिदिमबजार परिक्रमा गरेका थिए। विधार्थीहरुको उक्त बिरोध कार्यक्रममा अधुरो वार्ता गरेको भन्दै लिम्बूवान राज्यपरिषदका अध्यक्ष सञ्जुहाङ पालुङवा र वार्ता टोलीका सदस्यहरुलाई समेत लिम्बूवान विरोधीको संज्ञा दिदै आन्दोलन जारी रहने जानकारी दिइएको थियो। यसअघि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले विहीवार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो। मञ्चले आफ्नो घोषणापत्रमा पाँच सदस्यीय राष्ट्रपतिमण्डलको अवधारणा प्रस्तुत गरेको छ। प्रत्यक्ष निर्वाचनको प्रधानमन्त्रिको चयन, विभिन्न १० वटा स्वायत्त राज्य व्यवस्था लगायतको घोषणापत्रमा प्रस्ताव छ। मञ्चले विहीवार अपरान्ह रिपोर्टस् क्लवमा आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो।

Mar 21, 2008

बेलायतमा आन्दोलन हङकङमा पुर्खादिवस

लिम्वूवान डट व्लगस्पोट डटकम,देवराज राई
एकातिर हङकङमा पुर्खादिवस तयारी भइरहेको बेला बेलायत सरकारले भेदभाव गर्यो भन्दै मार्च १९ तारिख बेलायतमा त्यहाँको संसद भवन अगाडि गएर २ हजारको संख्यामा रहेको गोर्खाली सैनिकहरुको समूहमा रहेका ५० जना भेट्रान गोर्खाहरुले सरकारको विपक्षी दलको नेता निक क्लेग मार्फत आफुले पाएको तक्मा प्रधानमन्त्री गोर्डन ब्राउनलाई हस्तान्तरण गरेका छन् ।
सन् १८१६ सालमा भएको सुगौलीसन्धि पछि बृटिश गोर्खाभर्ती सुभारम्भ भएको थियो । सन् १८४६ सालमा कोतपर्वा पछि जंगबहादुरको अवतरणले गोर्खाभर्तीमा तीब्र बढोत्तरी भई नेपाली पहाडभरि गल्लावालाहरु प्रवेश गरेको थिए । त्यही बेलादेखि सुगौलीसन्धिलाई आधार मानी नेपालकोलागि गोर्खाभर्ती लागेका हाम्रा पुर्खाहरुको पछिल्लो पुस्ताहरु आफुहरु बेलायतकोलागि लडेको भन्दै विगत १२ वर्षदेखि समानताको लर्डाई लडी रहेकाछन् ।
ब्रिटेनकोपक्षबाट नै प्रथम विश्वयुद्ध सन् १९१४ देखि सन् १९१८ सालसम्म महायुद्ध छेडिएको थियो । त्यही युद्धमा हाम्रा सोझा पुर्खाहरुको माध्यमबाट बृटिशपक्ष विजयी भई युद्धसमाप्तिपछि लीग अफ नेशन्स्को स्थापना भएको थियो । लिग अफ नेशनको स्थापना गर्न हाम्रा पुर्खाहरुले अक्षुण योगदानलाई कदर गर्दै बृटिश सरकारले नेपाललाई सधैंसधैकालागि वर्षेनी दस लाख रुपैया भुक्तान गर्न थालेको जो आजपर्यन्त कायमै रहेको छ ।
दोश्रो महासमरमा हाम्रा गोर्खाली पुर्खाहरु जनसंखयाको आधारमा सबैभन्दा बढी मृत्यवरण गरेका थिए । विश्व शान्तिको पक्षमा युद्ध गरेका हाम्रा पुर्खाहरुले दोश्रो महायुद्धपछि युनाइटेड नेशनको स्थापना गर्नुमा ठूलो भूमिका निर्वाह गरेका थिए । यिनै विषयलाई आधार मानी गएको ४ वर्ष यता गोर्खा सिमेट्रीज ट्रष्ट हङकङको आयोजनामा पुर्खादिवसको आयोजना गर्दै आएको छ । यसपालि पनि ५ अपे्रलको दिनमा गोर्खा समाधिस्थल हङकङ बृहत नेपालीहरुको उपस्थितिमा पुर्खादिवस सम्पन्न हुन गइरहेको छ ।

पुर्खादिवसको भब्य तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,देवराज राई
प्रथम तथा दोश्रो विश्व युद्ध एवं अन्य युद्धहरुमा हताहत भएका गोर्खाली पुर्खाहरुको स्मरणमा हङकङमा हरेक वर्ष ५ अप्रेललाई पुर्खादिवसको रुपमा मनाउन थालिएको ४ वर्षभएको छ । सोही क्रममा यसवर्षअर्थात पु्र्खादिवस २००८ कार्यक्रमको भव्य तयारी भइरहेको छ ।
गोर्खा सिमेट्रीज ट्रष्ट हङकङको आयोजनामा हङकङ नेपालीज फाउण्डेशन्को संयोजनमा आयोजना हुनलागिरहेको हङकङको कार्यक्रममा यहाँस्थित माध्यमिक, प्राथमिक, किन्डरगार्टेनका विधार्थीहरु, तिनका अभिभावक, शिक्षक, विभिन्न विद्यालयका प्रधानध्यापक, भूपू सैनिक,स्थानीय नेताहरु, नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहने भएको छ ।
हरेकवर्ष प्रकाशित हुँदै आएको समाधि पत्रिका पनि प्रकाशित गरिने भएको छ । गत वर्ष प्रथम विश्वयुद्धमा हताहत भइ संसारभरका युद्ध समाधिस्थलहरुमा रहेका गोर्खालीहरुको नामावली प्रकाशित गरिएको थियो र यसपालि दोश्रो विश्वयुद्धमा हताहत भएको गोर्खालीहरुको नामावली सहितको समाधि पुस्तक प्रकाशित हुने भएको छ ।
कार्यक्रममा युद्धमा हताहत भएका लगभग सयौं तस्बीरहरु, २ सयभन्दा बढी विधार्थीहरुका पेन्टिङहरु र अन्यप्रोजेक्ट वर्कहरु प्रदर्शनमा राखिने भएको छ । कार्यक्रलाई विश्वब्यापि बनाउन यसवर्षदेखि विभिन्न मुलुकहरुमा समेत पुर्खादिवस एकदिन मनाउन प्रयास भइरहेको आयोजकले जनाएको छ । पहिलो चरणमा मलेसिया, नेपाल, युके, सिंगापुर, अष्ट्रेलियामा समेत सम्भावनाको खोजी भइरहेको जनाइएको छ ।
यता हङकङमा सम्पन्न हुने पुर्खादिवसकालागि भने शिक्षा विभागबाट विभिन्न विद्यालयहरुमा अध्ययानरत नेपाली विधार्थीहरुकोलागि प्रायोजन गर्ने भएको छ । हङकङमा सम्पन्न हुने पुर्खादिवस दिउसो ठीक दुइबजेदेखि शुभारम्भ हुने भएको छ । कार्यक्रमस्थलमा जानआउनकालागि युनलङबाट १ बजेदेखि १:३० बीचमा ६ वटाबसको ब्यावस्था गरिएको छ । कार्यक्रमस्थाल गोर्खासमाधिस्थलमा आउन चाहने अन्यव्यक्तिहरु सिधैं कार्यक्रम स्थलमा पनि जान सक्ने आयोजकले जानकारी दिएको छ ।

लिम्बुवान उम्मेदवारलाई रामधुलाई राप्रपालाई कालोमोसो

लिम्वूवान डट व्लगस्पोट डटकम,काडमाडौ
अन्य दलका उम्मेदवार तथा कार्यकर्ताहरू चुनाव प्रचारप्रसारमा जाँदा नेकपा माआवादीका कार्यकर्ताले कुटपिट गरेको समाचार आइरहेका बेला माओवादीले अन्य दलका उम्मेदवारलाई कालो मोसासमेत दलेको खबर प्राप्त भएको छ ।
प्राप्त खबरअनुसार, चुनाव प्रचारप्रसारको क्रममा हिँडेका राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट जाजरकोटका उम्मेदवार गोविन्दविक्रम शाहलाई जिल्लाको उत्तरपश्चिम गाउँमा माओवादीले कालोमासो दलेर गाउँ परिक्रमा गराएको बताइएको छ । जाजरकोटको दुइवटै निर्वाचन क्षेत्रबाट संविधानसभा निर्वाचनको प्रत्यासी बनेका शाहको चुनावीसभा बिथोल्नुका साथै चुनावी सभाबाटै समातेर कालो मोसो दलेको समाचारमा उल्लेख गरिएको छ ।
प्रचार सामग्रीलगायतका वस्तुहरू लुटेर लैजानुका साथै कार्यक्रम समेत गर्न नदिएपछि शाह पैंक प्रहरी चौकीको शरणमा रहेका छन् । अन्तरिम व्यवस्थापिका संसद् सदस्यसमेत रहेका शाह ०५६ सालमा राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । जाजरकोटको स्थानीय हस्तीका रूपमा चिनिएका शाहलाई हतोत्साही बनाएर निर्वाचनबाट पछाडि हटाए माओवादीलाई यात्रा सहज हुने प्राप्त समाचारमा जनाइएको छ । त्यस्तै, आफ्नो आधार इलाकामा अनुमतिविना प्रवेश गरेको भन्दै जाजरकोट कै दह गाविसमा नेकपा एमालेले आयोजना गरेको चुनावीसभा माओवादीले विथोलेको छ । एमाले जिल्ला कमिटी जाजरकोटले पार्टी सचिव करवीर शाहीसहितको टोलीलाई माओवादीले हातपात गरी कार्यक्रम गर्न नदिई फर्काएको बुझिएको छ । यसैबीच, नेकपा माओवादीको लडाकूदस्ता वाईसीएलले चितवनमा एमालेका तीन कार्यकर्तालाई निर्घात कुटपिट गरेका छन् भने चारजनालाई अपहरण गरी केही घन्टा पछि मुक्त गरेको बताइएको छ । पछिल्ला तीन दिनमा माओवादी र अन्य दलबीच चितवनमा पटकपटक झडप हुँदै आएको छ भने माओवादीले पनि अन्य दलको कार्यक्रम विथोल्नेदेखि कार्यकर्ता अपहरण गर्ने गतिविधिलाई निरन्तरता दिएको छ ।
त्यस्तै, बैतडीका एमाले कार्यकर्ता गौतम भट्टर्राई जिल्लाको हाट गाविसमा माओवादीले चुनाव प्रचारप्रसार गरेको भन्दै कुटपिट गरेका छन् भने रसुवाको भोर्लेस्थित भदौरेमा चुनाव प्रचारप्रसारमा हिँडेका एमाले कार्यकर्ता रामकुमार न्यौपाने माओवादीद्वारा कुटिएका छन् । उनलाई उपचार्रार्थ राजधानी ल्याइएको छ ।
आफ्ना कार्यकर्ता कुटिएको विरोधमा एमालेले अनिश्चितकालीन रसुवा बन्दको घोषणा गरेको छ । उता, संघीय लिम्बूवान राज्यपरिषद्को सुनसरी क्षेत्र नं. १ का उम्मेदवार स्वणिर्महाङ फोम्बोलाई नकावधारी समूहले धरानको सेउती पुल नजिक कुटपिट गर्नुका साथै लुटपाटसमेत गरेको बताइएको छ । विराटनगरबाट मोटरसाइकलमा धरान फर्किँदै गरेका फोम्बोलाई चारजनाको संख्यामा रहेको नकावधारी समूहले रोकेर कुटपिट र लुटपाट गरेको जनाइएको छ ।

Mar 19, 2008

किरात् याक्थुङ्ग चुम्लुङ्ग नेपालका महासचिव योगराज वनेम हङकङमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
हालै प्राप्त समाचार अनुसार किरात् याक्थुङ्ग चुम्लुङ्ग नेपालका महासचिव योगराज वनेम हङ्गकङ्गमा आइपुग्नु भएको छ । किरात् याक्थुङ्ग चुम्लुङ्ग हङकङको निमन्त्रणा र आयोजनामा हुने कार्यक्रममा भाग लिन यहा आउनु भएको हो । मूलतः अब आउने संविधान सभा, संघीय गणतन्त्र नेपाल र लिम्बुवान स्वशासित क्षेत्र सम्बन्धि मूल विषयमा केन्द्रित रहने गरी महासचिवको प्रमुख वक्तव्य साथै अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्नुहुने कुरा आयोजकहरुको तर्फबाट थाहा भएको छ । यही मार्च महिनाको २३ तारिखका दिन हङकङ स्थित याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न हुने कार्यक्रम दिनको ठिक १ बजे देखि करिब ७ बजे सम्म सञ्चालन हुनेछ । यस सम्बन्धि ब्यापक जनसहभागिता जुटाउन र सम्बन्धित समूदायका सदस्यहरुलाई जानकारी दिने हिसाबले प्रचार प्रसार अभियान व्यापक गरिरहेको कुरा कियाचु हङकङले जनाएको छ ।

गीतकार टंक सम्वाहाम्फेको आधुनिक गीतिसंग्रह सारको विमोचन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
विगत १० वर्ष देखि हङकङमा नेपाली साहित्यलाई श्रीवृध्दि गर्न साधनरत कवि तथा गीतकार टंक सम्वाहाम्फेव्दारा रचित आधुनिक गीतिसंग्रह सारको विमोचन सन २००८ मार्च २३ तारीख दिउसो कंघन रेस्टुरेन्टमा अन्तराष्ट्रिय साहित्य समाज हङकङ च्याप्टरको आयोजनामा संगीतकर्मीहरुको बीच विमोचन हुने भएको छ । केहि वर्ष पहिले मनोभाव गीतिसंग्रह सार्वजानिक गरी गीति क्षेत्रमा होमीएका सम्वाहाम्फेको यो दोस्रो एकल लेखन भएको गीतिसंग्रह हो । कुल १० गीतमा सम्पूर्ण स्वर कृष्णभक्त राइका रहेकाछन् भने २ गीतमा वरिष्ठ संगीतकार दिनेश सुब्बा र हेमन्त शीशीरले संगीत दिएकाछन् अन्य आठ गीतमा गायक स्वयमले संगीत दिएकाछन् । पहिलेको गीतिसंग्रह भन्दा फरक ढङ्गले यो गीति संग्रह श्रोतहरुको माझ ल्याउने तरखर गरेको गीतकार टंक सम्वाहाम्फेले वताउनु हुन्छ । आशा गरौ वहाको गीतिसंग्रह विमोचन भए पछि निश्चय नै श्रोताहरुले मनपराउनेछन् ।

सरकार र सन्जुहाङ समूहबीच पाच बुदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौ
सरकार र पूर्वी पहाडी जिल्लमा आन्दोलनरत संघील लिम्वूवान राज्यपरिषद सन्जुहाङ समूहबीच वुधवार पाच बुदे सहमति भएको छ । सातदल सम्मिलीत सरकारी वार्ता टोली र परिषद बीच संम्विधानसभावाट राज्यको पुन संरचना गर्दा लिम्वूवानको ऐतिहासीक पृष्ठभूमि भौगोलीक क्षेत्र लगायतको आधारमा स्वायत राज्यको संबैधानिक व्यवस्था गरी संघीय शासन अवलम्वन गर्ने सहमति भएको छ । साथै आन्दोनको क्रममा मृत्यु भएका राज कुमार आङदेम्वेलाइ शहिद घोषणा गर्दै परीवार क्षतिपूर्तिबापत १० लाख रुपैया राहत उपलब्ध गराउने सहमति भएको छ । आन्दोलको क्रममा भएको क्षतिपूर्ति घाइतेको उपचारको व्यावस्था र आन्दोलनकारी माथिको मुद्दा फिर्ता लिने सहमति पनि सरकारले गरेको छ । परिषदले आफ्नो आन्दोलनका सवै कार्यक्रम स्थगन गरेको घोषणा गरेको छ । सरकारी वार्ता टोलीका संयोजक रामचन्द्र पौडेल र परिषदका अध्यक्ष सन्जुहाङ पालुङवाव्दारा हस्ताक्षर गरीएको सहमति पत्रमा संविधानसभाको निर्वाचन सहज वातावरणमा सम्पन्न गराउन सहयोग गर्ने प्रतिवध्दता जनाएको छ ।

हिमाली स्वायत्त प्रदेशको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ प्रतिनिधि
हिमाली स्वायत्त प्रदेश स्थापना गर्नुपर्ने माग राख्दै हिमाली लोकतान्त्रिक गणतान्त्रिक मञ्चले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।ताप्लेजुङ जिल्लादेखि पश्चिमको दार्चुलासम्मको १९ जिल्लाका २० लाख हिमाली बासिन्दालाई समेटने गरी नयाँ संविधानमा व्यवस्था गर्न माग गरिएको छ । उक्त २१ बुँदे घोषणापत्रमा हिमाली स्वायत्त प्रदेशको खाका सहित प्रदेश स्थापना गरिनुपर्ने आधारहरू पनि प्रस्तुत गर्दै आगामी ०६५ साल जेठमा राष्ट्रिय राजनीतिक सम्मेलन गरी सरकार र विधायिका गठन गर्न पनि सो मञ्चले प्रस्ताव गरेको छ । घोषणापत्र सार्वजनिक गर्दै मञ्चका अध्यक्ष वाङग्चे शेर्पाले हिमाली क्षेत्रमा समान भाषा, धर्म, संस्कृति, रहनसहन, सामाजिक व्यवस्था र व्यावसाय भएकाले आफ्नो माग पूरा गरिनुपर्ने बताउनुभयो ।

सभामुख सुवास नेम्बाङलाई सन्जुहाङ समूहले ज्ञापनपत्र बुझाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ प्रतिनिधि
नेपाल कम्युनिष्ट पार्टी एमालेको चुनावी आमसभालाई सम्बोधन गर्न फिदिम आउनुभएका सभामुख सुवास नेम्बाङलाई लिम्बुवान राज्य परिषद् सन्जुहाङ समूहले ज्ञापनपत्र बुझाएको छ।सङ्घीय लिम्बुवान राज्य परिषद्ले संविधानसभा निर्वाचन पूर्व सङ्घीय लिम्बुवान स्वायत्त राज्यको घोषणा र आत्मनिर्णयको अधिकार सहितका आफ्ना माग पूरा गर्न मागसहितको ज्ञापन बुझाइएको परिषद्का सहसचिव कमल नेम्बाङले बताउनुभयो। राज्य परिषद्का कार्यकर्ताले सभामुखलगायतका वक्ताले सम्बोधन गर्दै गरेको कार्यक्रम स्थल अगाडि चर्को नारालगाउँदै कालो झण्डा समेत देखाए।

चन्दा असुल्ने 'लिम्बुवान' कार्यकर्ता पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चन्दा उर्ठाईरहेको अवस्थामा आफुलाई लिम्बुवानका कार्यकर्ता बताउने इलाम जिल्ला केल्बुङ्ग-२ बस्ने सुरज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । चैत ४ गते दिउसो मेची राजमार्गमा लिम्बुवानका कार्यकर्ताहरुले सवारी साधनहरुलाई अवरोध गरी चन्दा उठाइरहेका छन् भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी हरकटेबाट खटिएको प्रहरी टोलीले उनलाई नगद २ हजार १ सय ३० रुपैयाँ तथा संघीय लिम्वुवान लेखिएको व्यानर १ थान र मे.२ प २००० नम्वरको मोटरसाइकलसहित पक्राउ गरेको बताइएको छ ।

Mar 16, 2008

काँग्रेस महामन्त्री र लिम्बुवानबीच छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ प्रतिनिधि
नेपाली काङ्ग्रेसका महामन्त्री कुलबहादुर गुरुङ र लिम्बुवान कार्यकर्ताबीच वार्ताका लागि छलफल भएको छ ।छलफलका क्रममा महामन्त्री गुरुङले लिम्बुवानका मागहरुका विषयमा आफू सकारात्मक रहेको र प्रधानमन्त्रीलाई जानकारी गराउने आश्वासन दिनुभएको बताइएको छ । सो अवसरमा सङ्घीय लिम्वावान राज्य परिषद्का जिल्ला अध्यक्ष गोपाल थेबेले मागका विषयमा सरकार उदासिन भएको बताउनुभयो । लिम्बुवानका माग लिएर वार्ताका लागि केन्द्रीय अध्यक्ष सन्जुहाङ पालुहाङ र महासचिव फागोहाङ बनेमसहित १६ जनाको टोली राजधानी पुगिसकेको छ । लिम्बुवानको आत्मनिर्णयको अधिकार सहित आन्दोलनमा उत्रेको परिषद्ले पूर्वाञ्चलका नौ जिल्ला बन्द गरेको छ । बन्दका क्रममा इलाममा भने कुनै अप्रिय घटना घटेका छैन । परिषद्का अध्यक्ष थेवेले सरकारले फेरि पनि आफ्ना माग प्रति वेवास्ता गरे सशक्त आन्दोलन गर्नेसमेत बताएका छन् ।

Mar 13, 2008

धनकुटा प्रतिभा पुरस्कार नेपाल स्टार विष्णु चेम्जोङ सहित विभिन्न क्षेत्रमा योगदान दिनेहरुलाई

विश्वास दीप तिगेला, केन्टबाट,लिम्वूवान डट व्लगस्पोट डटकम
गत बर्षवेलायतमा स्थापना भएको धनकुटा प्रतिभा पुरस्कार प्रतिष्ठान वेलायत च्याप्टरको गत १२ मार्च २००८ का दिन र्सनकिल्फमा बसेको बैठकले ब्यापक छलफल र बहस पछि यस बर्ष ३ विधाका ३ युवा प्रतिभालाई पुरस्कृत तथा एक विशिष्ट ब्यक्तित्वलाई सम्मान गर्ने निर्णय गर्‍यो ।
प्रत्येक बर्ष साहित्य, संगीत र खेलकुदको क्षेत्रमा राम्रो योगदान दिइ धनकुटा जिल्लाको प्रतिष्ठा बढाउन कार्य गर्ने स्रष्टालाई सम्मान गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले जन्मसिद्ध र कर्मसिद्ध धनकुटा संग साइनो भएका स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यको थालनी गरेको हो । हाल सम्म यस
संस्थाको धनकुटा च्याप्टर र वेलायत च्याप्टर निर्माण भइसकेको छ । यस बर्षको लागि धनकुटा च्याप्टरले सिफारिस गरेको नामहरुको सम्बन्धमा अमेरिका, जर्मनी, हङकङ, मलेसिया, कतार, कोसभोमा रहेका धनकुटेलीहरु बीच आपसी छलफल गरि साहित्य विधामा मोमिला जोशी, संगीत विधामा नेपाल स्टार विष्णु चेम्जोङ र खेलकुद क्षेत्रबाट सार्क स्वर्ण पदक विजेता कुसल (कुसुले) श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय भएको कुरा अध्यक्ष क्याप्टेन ज्ञान लिम्बूले बताउनु भयो । त्यस्तै गरि यसबर्ष संगीतका सिनियर स्रष्टा नविनकिशोर राइलाई सम्मान गर्ने निर्णय भएको छ ।
पुरस्कृत ३ जनाले आगामी २२ मार्चका दिन धनकुटामा सम्पन्न हुने कार्यक्रममा प्रतिब्यक्ति १० हजार नगद पुरस्कार लगायत प्रमाण-पत्र प्राप्त गर्नेछन् ।
युवा साहित्यकार मोमिला जोशी विगत १ दशक अघि देखि साहित्य क्षेत्रमा लागि परेको स्रष्टा र वहाले इश्वरको अदालतमा आउटमाइन्डरको बयान पुस्तक पनि लेखिसकेका छन त्यस्तै गरि अनलाइन साहित्यमा पनि त्यतिनै लागिपरेका छन । उनले नेपालीकलासाहित्य डटकम पनि संचालन गर्दैआएका छन् ।
युवा गायिका सुश्री विष्णु चेम्जोङले गतबर्षनेपाल वान टेलिभिजनले प्रसारण गरेको अधिराज्यब्यापी नेपाल स्टार प्रतियोगितामा धनकुटाको प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गरेकी हुन । अहिले पनि उनी निरन्तर संगीतमा लागि रहेका छन ।
युवा खेलाडी कुशल श्रेष्ठले अघिल्लो पटक सम्पन्न अन्तर्राष्टिय सार्क स्तरीय सितोरियो कराते खेलमा धनकुटाबाट नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । उनी धनकुटाको मात्र नभइ नेपालकै प्रतिभा हुन र अहिले पनि निरन्तर खेल क्षेत्रमै लागि रहेका छन् । वहाबाट भविश्यमा अझ धेरै आस गर्न सकिन्छ ।
यस बर्षको सम्मानित ब्यक्तित्व नविनकिशोर राइले थोरै भएपनि राम्रा र लोकप्रिय गीतहरु गाउनु भएको छ । वहाको स्वरहरु अमर भएर रेडियोहरुमा निरन्तर बजिरहेका छन् । त्यसवेलाको समयमा वहाले गर्नुभएको योगदान कदरयोग्य भएको कुरा प्रतिष्ठानका सदस्य आनन्द देवानले बताउनु भयो । त्यस्तै गरि धेरै स्रष्टाहरु सम्मान योग्य भएको र विस्तारै वहाहरुलाई प्रत्येक बर्ष सम्मान तथा पुरस्कृत गर्दै जानेकुरा धनकुटा च्याप्टरका अध्यक्ष तेजनारायण सिं तुप्रिहाङले बताउनु भयो ।
स्मरण रहोस, वेलायती सेना संग सम्बन्धित वेलायतवासी सम्पूर्ण धनकुटेलीहरुलाई धनकुटा प्रतिभा पुरस्कार प्रतिष्ठानमा समेट्ने कार्य जारी रहेको र विश्वभर छरिएर रहेका सम्पूर्ण धनकुटा जिल्लावासीहरुको साझा संस्थाको रुपमा विकसित भएको छ । धनकुटा जिल्ला प्रसासन कार्यलयमा दर्ता भएको यस धनकुटा प्रतिभा पुरस्कार कोषको अक्षयकोष स्थापना भइसकेको छ र कोष थप गर्न दोस्रो चरणको कार्यक्रम चलिरहेको छ ।

दुई जना हतियारसहित पक्राउ लिम्बुवानका कार्यकर्ता भएको अनुमान

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
इलाम र पाँचथरको सीमावर्ती क्षेत्र सराङडाँडा-३ फुङसेनमा प्रहरीले दुई जनालाई हतियारसहित पक्राउ गरेको छ।उनीहरु लिम्बुवानका कार्यकर्ता भएको अनुमान गरिएको छ।सभामुख सुवासचन्द नेम्बाङको सुरक्षार्थ खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले पाँचथर सराङडाँडा-२ बस्ने २८ वर्षीय भीमबहादुर राई र सोही गाविस-३ बस्ने १८ वर्षीय नवीन राईलाई पक्राउ गरेको हो। मङ्गलबार सभामुखको सुरक्षार्थ खटिएको दुवै प्रहरी टोलीले बाँझो चिसापानीबाट फर्कने क्रममा दुवैजनालाई भरुवा बन्दुक लिई हिँड्दै गरेको अवस्थामा पक्राउ गरेको थियो। साधारण सोधपुछपछि दुवै हतियारधारीलाई पाँचथरको जिल्ला प्रहरी कार्यालय पठाइएको छ।

Mar 12, 2008

पद्मसुन्दर लावतीको घर फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
नेकपा (माओवादी)ले चलाएको १० वर्षे जनयुद्धको बेलामा २०६२ सालमा कब्जामा लिएका राष्ट्रिय प्रजातन्त्र पार्टी उपाध्यक्ष पद्मसुन्दर लावतीको घर माओवादीले एक कार्यक्रमको आयोजना गरी फिर्ता गरेको छ ।माओवादी जिल्ला कमिटी सदस्य प्रकाश न्यौपानेले दिएको जानकारी अनुसार माओवादी पार्टी यासोक-३ स्थित यासोक बजारमा रहेको घर कब्जामा लिई क्षेत्रीय कार्यालयको रुपमा प्रयोग गर्दै आएको र सो कार्यालय हटाई सो घर लावतीलाई नै जिम्मा लगाइएको बताउनुभयो ।

लिङदेन पक्षधरलाई पालुङवा पक्षधरले कारबाहीको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
सङ्घीय लिम्बूवान राज्य परिषद् सञ्जुहाङ पालुङवा पक्षधरले आफूबाट फुटेर गएको लिङदेन पक्षधरलाई कारबाहीको घोषणा गर्दै सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ ।फागुन २५ देखि २७ गतेसम्म केन्द्रीय कमिटीको बैठक झापाको विर्तामोडमा सम्पन्न गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो । पालुङवा पक्षधरले आफूबाट फुटेर गएको लिङदेन पक्षधरलाई ‘नालायकीपन’को सँज्ञा दिंदै लिङदेन पक्षधरका कुमार लिङदेनलगायतका १५ जनालाई परिषद्को साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ । बैठकको निर्णय सार्वजनिक गर्दै सातदल सम्मिलित सरकारी वार्ता टोलीसँग वार्ता गरी आफ्ना मागहरु पूरा गराउन सञ्जुहाङ पालुङवाको संयोजकत्वमा छ सदस्यीय वार्ता टोली गठन गरेको छ । यसरी सरकारसँग वार्ता गर्ने टोलीमा फागोहाङ बनेम, छवी सङ्वाङझे, दिलेन्द्र कुङम्बाङ, निसाम्सा सिंघङ र सुरेन्द्रप्रकाश जवेगु सदस्य रहेका छन् । वार्ताका लागि पालुङवा पक्षधरलाई वार्तामा बस्न यसअघि नै पत्र पठाइसकेको छ भने जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार सहितको लिम्बुवान स्वायत्तराज्य घोषणा सुनिश्चितताको माग उठाउँदै आएको परिषद्ले बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै चैत १देखि आन्दोलनको घोषणासमेत गरेको छ ।

मलेसियामा सञ्चारकर्मीहरुबीच अन्तर्क्रिया

नेत्रबिक्रम बिमली, क्वालालम्पुर, मलेसिया / लिम्वूवान डट व्लगस्पोट डटकम
नेपाल मलाया खबर डट कमको आयोजनामा मार्च १२ तारिखका साँझ लोजीना रेष्टुरेण्टमा पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पत्रकार तथा विभिन्न क्षेत्रका क्रियाशिल संचारकर्मीहरुकोहरुको उपस्थिती रहेको थियो। नेपाल मलाया खबर डट कम का प्रधान सम्पादक रुसाहाङ
चेम्जोङको सभापतित्वमा संचालित कार्यक्रममा खबरका निर्देशक जीतमान इम्बुङ लिम्बूले उपस्थित पत्रकारहरुलाई स्वागत गर्दै एकजुट भई अगाडि बढन अनुरोध गर्नुभयो भने कार्यक्रमको संचालन खबरका सम्पादकले गर्नु भएको थियो। सभापति चेम्जोङबाट भेटघाट तथा अर्न्तक्रिया कार्यक्रमको बारेमा जानकारी भए पछि खबरले उठाएका विषयबस्तुमा पत्रकारहरुले लामो छलफल चलाएका थिए। उक्त छलफल कार्यक्रममा श्री अभिलेख साप्ताहिक, श्रम साप्ताहिक, द पृष्ठभूमि साप्ताहिक, हाम्रो आवाज साप्ताहिक, जनजाति आवाज साप्ताहिक, सोल्टिनी डट कम, नेपाल मलाया खबर डट कम साथै स्वतन्त्र पत्रकारहरुको उपस्थिति रहेका थिए। अर्न्तक्रिया कार्यक्रममा मलेसियामा रहेका सबै पत्रकारहरु एकजुट भएर अगाडि बढ्ने प्रतिवद्धताका साथ वृहत पत्रकार भेलाका लागि आयोजक समितिको गठन गरेको छ। गठित ओयोजक समितिका संयोजक रामचन्द्र गिरी हुनुहुन्छ भने सदस्यहरुमा कोपिला गौतम “पण्डित”, डिकेश भट्टराई, रुसाहाङ चेम्जोङ, सुनिल चालिसे, सुन्दर आले, नविन गुरुङ, श्रीमान छन्त्याल, खुम राना मगर रहनुभएको छ। अर्न्तक्रिया कार्यक्रममा विगत पांच महिना अगाडि गठित नेपाल पत्रकार माहासंघ तदर्थ समितिको बारेमा पनि विस्तृत छलफल भएको थियो। ५ महिना सम्ममा पनि महासंघले कुनै बैधानिकता नपाउनु र महासंघमा रहेका पदाधिकारीहरु स्वंयले आफू पत्रकार नभएको र आफूलाई कसरी महासंघमा राखियो
भन्ने जस्ता कुरा मिडियाहरुबाट आएपछि महासंघकै बैधानिकताप्रति शंका उब्जिएको छ। छलफल कार्यक्रममा विभिन्न क्षेत्रका संचारककर्मीहरु रुसाहाङ चेम्जोङ, विनु लामा, रामचन्द्र गिरी, कोपिला गौतम “पण्डित” ताराप्रसाद खत्री, सुनिल चालिसे, शिवलाल सुवेदी, जीतमान इम्बुङ लिम्बू, नविन गुरुङ, खुम राना मगर, श्रीमान छन्त्याल, खगेन्द्र सारु मगर, डिकेश भट्टराई, सुन्दर आले, नेत्रबिक्रम बिमली उपस्थित रहेका थिए। नवगठित वृहत पत्रकार भेला आयोजक समितिले यहि मार्च २२ तारिखका दिन नेपाली सामाजिक केन्द्रमा मलेसियामा रहेका सम्पूर्ण संचारकर्मीहरुलाई उपस्थित गराउने भएको छ।

Mar 11, 2008

लिम्बुवान राज्यले हिमाली स्वयत्ततालाई एक्यबद्धता जनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौ
मार्च ८ का दिन बौद्ध स्थित् बौद्ध गुरु ल्हाखङ् गोम्पामा नेपाल डोल्पो जनजाति बिकाश केन्द्रको अध्यक्ष नोर्बु घलेको अध्यक्षतामा नयां नेपाल निर्माण र संबिधान सभाको महत्व सम्बन्धि एक औपचारिक कार्यक्रम सम्पन्न भयो।प्रमुख अतिथि भिक्षु जटिल रहेको सो कार्यक्रममा अतिथिहरु क्रमशस् डा कृष्ण भट्टचन, नेपाल केन्द्रीय दलित संघका अध्यक्ष बखत बहादुर चित्रकार, महासचिव लोक बहादुर शाक्य, ज्यापू महा गुठीका अध्यक्ष दिपेन्द्र महर्जन, लोक्तन्त्रिक शेर्पा सङ्घका अध्यक्ष आङ् काजी शेर्पा किसान, नेपाल शेर्पा सङ्घका महासचिव ङिमा तुण्डु शेर्पा, आदिबाशी मानव अधिकार वकिल शंकर लिम्बु तथा सुमन बुढा लगायत अन्य बिशिष्ट ब्यक्तिहरुको आसन ग्रहण रहेको थियो।डोल्पोहरुको चहाना संघिय गणतन्त्र हिमाली स्वयत्त प्रदेशको स्थापनाको मूल नारा भएको सो कार्यक्रम्मा हिमाली क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण हिमाली आदिबासीहरु पुर्बको ईलामदेखि पश्चिमको दार्चुला ब्याससम्म छरिएर रहेकाहरुको भाषा सँस्कृति, धर्म, रीतिरिवाज, चाड पर्व, गोम्पा शिक्षा प्रणाली, लीपि आदि सम्पूर्ण कुराहरुमा समानता हुंदा हुंदै पनि राज्यले उक्त जातहिरुलाई खण्डिकरण गर्ने उद्देस्यले बिभिन्न जात जातहिरु जस्तै शेर्पा, मनाङ्गे, लेप्चा, ओलुङ्, बिष्ट्, ठकुरि, रोका आदि नामाकरण गरेकाले तिब्बतसँगको नाकाहरु बन्द गरि हिमालीबाशिहरुको धर्म सँस्कृति माथिनै सिधा हस्तक्षेप गरेको उल्लेख गर्नु भयो ।आदिबासी मानव अधिकारबादी वकिल शंकर लिम्बुले लिम्बुवान राज्यले हिमाली स्वयत्ततालाई एक्यबद्धता जनाउने बताउनु भयो भने नेपाल शेर्पा सङ्घका महासचिव ङिमा तुण्डु शेर्पाले हिमाली स्वयत्त सम्बन्धि बिशेष् जोड दिन्दै सम्पुर्ण हिमालीबाशीहरुले आफुलाई हिमाली भनि चिन्नु पर्ने र चिनाउनु पर्ने बताए। जलपान सहित भएको सो कार्यक्रममा सयौ डोल्पा बाशीहरुको उल्लेखनिय उपास्थिति रहेको थियो।

Mar 10, 2008

अब लिम्बुवान, नेपाल फर्कौं या केही सहयोग गरौं !

सातौं शताब्दीको फेदापको क्रान्तिले लिम्बुवानको जन्म भयो । त्यसबखतका 'लिम्बू' जातिलाई 'याक्थुङ' भनिन्थे ।
  • कालान्तरमा लिम्बुवानमा बसोबास गर्ने आदिवासी याक्थुङ जातिले आफुलाई याक्थुङ्संगै 'लिम्बू' पनि भन्न थाले ।
  • पहिले त 'लिम्बू' खास कुनै जातिको नाम थिएन । नेपालमा बस्ने जनतालाई नेपाली भनेझैं लिम्बुवान भूमिमा बस्ने जनतालाई 'लिम्बू' भनी सम्बोधन गर्न थालियो । यसर्थ, 'लिम्बू' शब्दभन्दा पनि 'लिम्बुवान' शब्द पुरानो हो । लिम्बुवान 'लिम्बू' जातिको ऐतिहासिक भूमी हो । जहाँ, तिनै लिम्बू जातिले सबैभन्दा पहिले फडानी गरी आवाद गरेका थिए, मानव वस्ती बसाएका थिए । यही समाजमा राजनीतिको विकास भई राज्यसत्तासमेत चलेको थियो । तसर्थ, लिम्बू एक राष्ट्र वा जाती हो भने लिम्बुवान एक राज्य हो । हिजो 'लिम्बुवान' जस्ता अनेकौं राज्यहरू अस्तित्वमा थिए । पछी गोर्खाका राजा पृथ्वीनारायण शाहअद्वारा एकीकरणको नाममा जबर्जस्त एकात्मककरण गरी ती आँफैमा स्वायत्त राज्यहरुको अस्तित्वनै नामेट पारीयो । यसपश्चात क्रमश: सबै आदिवासी जनजातिहरोको भाषा, लिपी, धर्म र संस्कृतिहरूलाई पनि नामेट पार्दै एक भाषा 'खस' एक लिपी 'देवनागरी' एक धर्म 'हिन्दू' र एक संस्क्रिती पनि हिन्दू बाहुनकै संस्कृतिलाई मात्र पोस्न थालियो। यसको पारीणाम स्वरुप आज हाम्रो देश नेपालको स्थिती यस्तो हुन पुगेको हो । यो कुरा हामीले राम्ररी बुझ्नुपर्दछ र बुखेका छौं ।
  • अव, देश र जनतामा विध्यमान यी यावत समस्याहरूको समाधानअका लागि विकल्पहरू हुन्-
  • १ समयमै सफल, सार्थक र पारीणाममुखी संविधान सभाको निर्वाचन गर्नु गराउनु,
  • २ राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यन्वयन गर्नु गराउनु,
  • ३ संविधान सभाबाट जातिहरूको ऐतिहासिक प्रिष्ठभूमी, भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकारअसहितको क्त्त श्वशासनयुक्त्त स्वायत्त गणराज्यहरूशहीतको नयाँ राज्य संरचनाको ब्यबस्था हुनु,
  • हाम्रो देश नेपालको हकमा धेरै आदिवासी जनजातिसंग सम्वद्द सामाजिक वा राजनीतिक संघ संगठनहरुले आफ्नो हक अधिकारको प्राप्ती र मुक्तिको लागि आवाज उठाउँदै, संघर्ष गर्दै रहे । तर, ती सालीन आवाजअहरू कहिल्यै पनि शसकद्वारा सुनिएन । उल्टै दबाउन खोजियो, दबाइ रहियो । यसैकारण २०५२ सलामा माओवादीको जन्म भयो । अब माओवादीको वर्गीय नाराले मात्रा क्रान्ति उठेन र त्यसैमा जातिय नारा पनि जोडेर ल्याए पछी हजारौं आदिवासी जनजाती युवा युवतीले आफ्नो जाती र माटोका लागि भनी आफ्नो ज्यानको आहूती चाढाए । तर, विस्तारै बीचैमा लिएको नीती बिचैमा छोडे माइवादीले अनी त्यहाँ पनि जातीय विद्रोह भयो र हजारौं योद्धाहरूले युद्धको मोर्चा छोडी आफ्नै जातीय मुक्तिको महान आन्दोलनमा लागेका छन अहिले ।
  • नेपालमा जातिय मुक्तिको आन्दोलनलाई माओवादीले चुलिमा पुर्याउन सघाएकै हुन् तर त्यो चुलीमै अलपत्र गरी छोडिएका छन अहिले । यस अवस्थामा, माओवादिभन्दा पहिलेदेखी जातिय मुक्तिको आन्दोलनमा लागेका आदिवासी जनजातिहरुले फेरी पनि नयाँ चिराबाट आन्दोलनलाई उठाउन २०६२ सालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको स्थापना भयो । यसले अहिले लिम्बुवान, खम्बुवान, तमाङसालीङ र थरुहटको आन्दोलनलाई हाँकी रहेको छ ।
  • फागुन १८ गतेको नेपाल सरकार संगको सम्झौता मञ्चको एक उपलब्धी हो ।
  • हामी संविधान सभाको बिरोधी होइनौं ।
  • तर, सफल, सार्थक र पारीणाममुखी संबिधान सभा चाहन्थ्यौं ।
  • यसका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अनिवार्य सर्त थियो । यसो गरदा धेरै आदिवासी जनजाती, महिला, मधेशी र दलित आदिको प्रतिनिधित्व हुन्थ्यो । साथै, अहिले सत्तामा रहेका वर्गको सङ्ख्य कम हुन्थ्यो । त्यसैकारण, अहिलेक सत्ताधारिले कुनै हालतमा पनि पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ब्यवस्था गर्न चाहेनन । बरु, पेलेर या दमन गरेरै भएपनि संबिधान सभाको चुनाव गरेरै छडने किसिम्को नीती अपनाउन थाले । यसो भएपछी हामी सरकारसंग पाँच बुँदे शाहमती गर्न वाध्य भयौं ।
  • हामीलाई थाहा छ कि यस्तो मिश्रीत प्रणालीमार्फत हाम्रो जित हुनै सक्दैन । तर पनि निर्वाचनमा भाग नलिंदा हामीलाई राजावादी र चुनाव बिरोधी भनी दाग लाउने भए । त्तिकै रहौं कार्यकर्ता नबच्ने भए । चुनावमा भाग नलिऊ, अन्य पार्टिले फेरी जनतालाई ढाँटेर भोट मागी तिनै पुराना सोच र मनसिकताका नेता सत्तामा पुग्ने भए ।
  • यसकारण, अहिले हामी पनि मञ्चको तर्फबाट सशक्तताका साथ चुनावमा भाग लिदै छौं ।
  • तर, हाम्रो लागि यो चुनावको सामना गर्न पनि सजिलो छैन । हामी सत्ताधारी दललेझैं धन र शक्तिको प्रयोग गर्ने अवस्थामा छैनौं । हाम्रा सुभेच्छुक भोटरहरु पनि धेरैजसो बिदेशमा हुनुहुन्छ । बिदेशबाटै भोट दिने ब्यबस्था पनि सरकारले गरेन । त्यसैले, अब सकिन्छ भने कसैगरी लिम्बुवान फर्कौ, खम्बुवान फर्कौ, तामासालिङ फर्कौं, नेपाल फर्कौं या केही सहयोग गरौं ।
  • अब हामीले कतै कम मात्र भोट ल्याए, वास्तबमा हामीले उठाउन चाहेको पक्षमा जनतानै रहेनछन, सघीय संरचना र जातीय स्वायत्तता चाहने जनता नै रहेनछन भन्ने हौवा फिजौने छन यहाँका एकत्मकवादी दूश्मन र प्रेसहरुले । त्यसपछी फेरी आन्दोलन उठाउन धेरै गार्हो हुनेछ र हामी पुन: शताब्दीयौं पछी पर्नेछौं ।
  • यस्तो परिस्थितीबाट हामी, हाम्रो संगठन र आन्दोलनलाई जोगाउन अब हामीले सशक्त्तताका साथ चुनावमा गई जनतालाई सुसुचित गरेर हाम्रो जितको सुनिश्चितता गर्नुको बिकल्प रहेन ।
  • यसकारण, यो तपाईं हामी सबैको साझा मुक्तिको आन्दोलनलाई सफल पार्न तपाईंहरुको बौद्धिक, सारीरिक र आर्थिक आदी सहयोगको लागि आसा र अनुरोध गर्न वाध्य छौं । त्यसकारण, त्यहाँ तपाईं रहनु भएको ठाउँबाट जती सक्दो आर्थिक संकलन गरी लिम्बुवान, खम्बुवान, तामाङसालिङ र थरुहटको चुनावी आन्दोलनको कार्यक्रम्लाई सफल पार्न सहयोग गर्न हुन बिनम्रताका साथ हार्दिक अनुरोध गर्दछौं ।
  • हामी तपाईंको शीघ्र सहयोगको आसामा रहेका छौं ।
  • नोट: यहाँ र यहाँमार्फत भएको सहयोगको उचित सम्मानका साथ संगठनको प्रतिवेदन, स्मारिका तथा Website मा अभिलेख राखिने छ । यो निवेदन पत्र अरु शुभेच्छुक मित्रहरुलाई पनि पठएर सहयोग गर्न हुन अनुरोध गर्दछौं । धन्यवाद !

  • डीबी आङ्बुङ लिम्बू
  • सचिव: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
  • संघीय लिम्बुवान राज्य परिषद, नेपाल
  • संपर्क: ९८४१२५२०६३ [9841252063]
  • खगेन्द्र माखिम
  • सचिव: सचिव: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
  • संपर्क: {9851100489}

संघीय लिम्बुवान राज्य परिषदको तर्फबाट ८ जिल्ला उमेरव्दार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौ
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषदको तर्फबाट
संविधान सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फबाट उम्मेदवारहरूः
१. तेह्रथुमः डीबी आङ्बुङ लिम्बू
२. धनकुटाः देवकुमार लावती
३. ताप्लिजोङ १, किर्तीमान मादेन
४. ताप्लिजोङ २, होम तुम्बाहाङफे
५. पान्थर १, मित्र लिङदेन
६. पान्थर २, कुमार लिङदेन 'मिराक'
७. इलाम १, विक्रम चेम्जोङ
८. इलाम २, उत्तम योङहाङ 'फक्ताङलुङ'
९. झापा १, मानबहादुर साँवा
१०. झापा २, कालीबहादुर खेवाहाङ
११. झापा ३, नेत्र थाङदेन
१२. झापा ४, इन्द्र लिम्बू
१३. झापा ५, लाहानसिङ् तुम्बापो
१४. झापा ६, पूर्णबहादुर इङनाम
१५. झापा ७, ज्ञानबहादुर इम्बुङ
१६. मोरङ १, जयनलाल राजबंशी
१७. मोरङ २, राजकुमार लिम्बू पापो
१८. मोरङ ८, विसेन्द्र चेम्जोङ
१९. मोरङ ९, विसेन्द्र चेम्जोङ
२०. सुनसरी १, स्वर्णिमहाङ फोम्बो
२१. सुनसरी ६, काजीमान ओख्राबो

Mar 8, 2008

याक्थुङ समाज कतार द्वारा डोल्मा बच्चाउ समिती गठन


लिम्वूवान डट व्लगस्पोट डटकम, कतार
रोजगारको सिलसिलामा कुवेत पुगेकी नेपाली चेली श्रीमती डोल्मा शेर्पालाई कुवेत को तल्लो अदालत ले एउटी फिलिपिनिकोको हत्याको आरोपमा मृत्‍युदन्ड सुनाएको दु:खद समाचारले संसारभरका नेपालीहरु स्तब्ध भएका छन त्यसैले संसारभरका नेपालीहरु श्रीमती डोल्मा शेर्पालाई बचाउन लागिपरेका छन यसै अनुरुप कतारमा एन आर एनको तर्फबाट अध्यक्ष कमल मणी गुरागाइको सन्योजकत्वमा सहयोग समिती गठन गरिसकिएको छ साथइ अन्य सम्पूर्ण संघ सस्थाहरुलाई पनि सहयोगको अपिल गरिएको छ सोही अनुरुप किरात याक्थुङ समाज दोहा कतारको तर्फ बाट पनि २९ फेब्रुअरी ०८ को दिन सनैयाको माउन्टेन रेस्टुरेन्टमा १५ सदस्सिय डोल्मा बच्चाउ समिती गठन गरिएको छ उक्त समितिमा सन्योजक दिल किरण खजुम र सदस्यहरुमा मान बहादुर सान्वा,लोकेन्द्र तुम्रोक,भवानी शेर्मा, ललित माबो,युबराज बेघा,भिमा लिम्बु,धनराज सुहाङ,भुपेन्द्र मबोहाङ,ज्ञानेन्द्र पन्दाक,डम्बर मिभक,दिलिप जबेगु,गजेन्द्र तुम्बपो,बिनोद केरुङ, कृष्णचन्द्र सेलिङ रहनु भएको छ

Mar 7, 2008

चुक्मिहाङ एसोसिएसन युके लिम्बूवन स्वायत्तताको पक्षमा

लिम्वूवान डट व्लगस्पोट डटकम, युके
चुक्मिहाङ एसोसिएसन युकेको लण्डनमा हालै बसेको बैठकले लिम्बूवान स्वायत्तताको पक्षमा जाने निर्णय गरेको छ। उक्त बैठकले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मोर्चाबीच भएको सहमतीको स्वागत पनि गरेको छ। एसोसिएसनले आफ्ना अभियानलाई तिब्र पार्न युके शाखाले प्रवासमा प्रचार-प्रसार गर्ने भएको छ भने नेपाल शाखाले नेपालका मोर्चाहरुसंग सहकार्य गरी सबै निकायलाई स्वायत्तताको पक्षमा मोर्चाबद्ध गदै लिम्बवान राज्य प्राप्त नभएसम्म अभियान जारी राख्ने जनाएका छन्। “लिम्बूवान स्वायत्तता लिम्बूवान बासीहरुको जीवन मरण” नाराका साथ बसेको बैठकले संघीयताको सीमांकन गर्दा सम्बन्धित लिम्बूवानका बिज्ञहरुलाई पनि समावेश गर्नु पर्ने माग राखेका छन्।

अरुण सम्झौता खारेज गर्न लिम्बुवानको माग

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
लिम्बुवान सङ्घर्ष समितिले हालै सरकार र भारतीय ऊर्जा निगम सतलजबीच अरुण तेस्रो आयोजना सञ्चालनसम्बन्धी भएको सम्झौता तत्काल खारेज गर्न माग गरेको छ।लिम्बुवान सङ्घर्ष समितिको धरानमा बसेको तीनदिने बैठकले सरकार र भारतीय ऊर्जा निगम सतलजबीच अरुण तेस्रो सञ्चालनका लागि भएको सम्झौता लिम्बुवानवासीलाई नसोधी गरिएकाले सो सम्झौता तत्काल रद्द हुनुपर्ने निर्णय गरेको जानकारी दिएको छ।
समन्वय समितिले धरानमा बैठकले गरेको निर्णय पत्रकार माझ र्सार्वजनिक गर्दै अरुण तेस्रो आयोजना लिम्बुवानवासीको सहमति बेगर सरकारले सञ्चालन गर्ने प्रयास गरे त्यो प्रयास सफल हुन नदिने सङ्घर्ष समितिले चेतावनी दिएको छ। देश सङ्घीय स्वरुपमा रुपान्तरण हुने स्थितिमा रहेको र अरुण तेस्रो जलविद्युत आयोजना लिम्बुवान क्षेत्रमा पर्ने भएकाले त्यो आयोजना सञ्चालन गर्ने वा नगर्ने भन्ने कुराको निर्णय लिम्बुवानवासीको सरोकारको विषय रहेको पनि पत्रकारहरुलाई जानकारी दिइएको छ। पत्रकार सम्मेलनमा लिम्बुवान सङ्घर्ष समन्वय समितिका संयोजक उत्तमसिंह थाङदेनले अरुण तेस्रो जलविद्युत आयोजना सम्बन्धी सरकार र भारतीय ऊर्जा निगम सतलजबीच भएको सम्झौता लिम्बुवानको हित विपरित रहेको टिप्पणी गर्नुभएको छ। थाङदेनले लिम्बुवान क्षेत्रको प्राकृतिक स्रोत र साधनमाथि एकात्मक राज्य सरकारले बलजफ्ती निर्णय लादन नमिल्ने तर्क अघि सार्नु हुँदै अरुण तेस्रो जलविद्युत आयोजना सञ्चालन सम्बन्धी निर्णय लिम्बुवानवासीको सहमतिबाट मात्र अघि बढ्ने जिकिर गर्नुभएको छ। सोही अवसरमा नेपाल स्वशासित लिम्बु सङ्घका केन्द्रीय अध्यक्ष केवी फुदुङले पनि अरुण तेस्रो जलविद्युत आयोजना लिम्बुवानवासीको भावना विपरित भएकाले त्यसको कार्यान्वयन गर्न दिनु भनेको लिम्बुवानवासीले आफ्नै खुट्टामा बन्चरो हान्नु सावित हुने तर्क अघि सार्नुभएको थियो।

अमेरिकामा लिम्बुवानका राजनैतिक व्यक्तित्वको स्वागत

नगेन्द्र ईङनाम “आठराईली”, न्युयोर्क / लिम्वूवान डट व्लगस्पोट डटकम
सँयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका लिम्बूवानका अग्रज राजनीतिज्ञ तथा राजपरिषद स्थायी समितिका पूर्व सदस्य सम्माननीय बमबहादुर सम्बाहाम्फेको सम्मानमा किरात याक्थुङ चुम्लुङ अमेरिकाले आफ्नो सँस्थाको कार्यालयमा गत सप्ताहान्त एक स्वागत कार्यक्रमको आयोजना गरयो ।
पाँचथर जिल्लाका राजनैतिक मेरुदण्ड सम्बाहाङफे लगातार सामाजिक सेवा गर्दै वि.सं. २०२९ को गाउँफर्क राष्ट्रिय अभियान कार्यक्रमका सदस्यदेखि लिएर १५ वर्षसम्म राजसभा स्थायी समितिका सदस्य भएर काम गरेका व्यक्तित्व हुन्। राजनैतिक सोचको कारणले नै अमेरिकाको भ्रमण गर्न आएको बताउँदै देशमा सँघीय संरचनाको बारेमा ब्यापक राम्रा नराम्रा टिप्पणीहरु भईरहेको अवस्थामा यो सँघीय संरचनाको नमूना राष्ट्र अमेरिका आएर धेरै राम्रो र सकरात्मक अनुभवहरु बटुल्न पाएको र स्वायत्त राज्यहरुको कारणले देश टुक्रनुभन्दा शक्ति बिकेन्द्रिकृत भएर राज्यहरु समान रुपमा बिकसित भएर फस्टने मौका पाउने रहेछन् भन्नुभयो।
“भर्खरै सरकार र लिम्बुवान नामाकरणको लागि संघर्षरतपक्षबीच भएको सहमतिले लिम्बुवान राज्य प्रदेश प्राप्तिको मार्ग खुलेको तर यसको सुनिश्चित नभएसम्मको लागि लिम्बुवानवासीको एकता निरन्तर रहनु पर्छ।” उहाँले ठट्याउलो पाराले भन्नुभयो “अविकसित देशहरुबाट जिउँदै स्वर्ग देखिने संज्ञा पाएको देश अमेरिका यहाँका राजनैतिक नेताहरु र जनताको ईमान्दारीताले नै वास्तवमा देश स्वर्ग भएको सत्य नेपालमा पुगेपछि नेतृत्व तहका व्यक्तिहरु र जनतामाझ ब्याख्या गर्नेछु।” नेपालको लिम्बुवानलाई पनि स्वर्गको एउटा टुक्रा बनाउन सबैले स्वार्थबाट अलग्गिएर राजनैतिक पुर्बाग्रहहरु बिर्सी बिकासको भावनामा सबैलाई एकबद्ध हुन आग्रह गर्नु भयो।
याक्थुङ चुम्लुङ अमेरिकाका महासचिव दिपेश चबेगुद्धारा संचालित उक्त औपचारिक कार्यक्रममा सचिव बिक्रम नेम्बाङले स्वागत मन्तब्य तथा अथिति सम्बाहाम्फेलाई न्युयोर्कको चिनारीस्वरुप सल्लाहकार बिनोद पोमुले विश्व स्वतन्त्रताको प्रतिमूर्ति र कार्यसमिति सदस्य प्रेम मेन्याङबोले चुम्लुङकोतर्फबाट स्वागत पत्र दिनुभएको थियो।

Mar 6, 2008

लिम्बुवानमा तीन एफ्. एम् रेडियो चालू

लिम्वूवान डट व्लगस्पोट डटकम,तेरथुम
प्राप्त समाचार अनुसार, तेरथुम बाट मेन्छ्यायेम् रेडियो, ताप्लेजुंबाट ताम्बर रेडियो र पानथरबाट सुम्हाःलुं रेडियो सञ्चालन भइरहेको छ । विशुद्ध याक्थुं लिम्बू भाषामा प्रसारण गरिने यस रेडियोले आउंदो संविधान सभा सम्बन्धि प्रचार प्रसार गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Mar 5, 2008

भारतको नेपालीभाषी कलाकार शान्तनुकुमार लिम्बूको गायन प्रस्तुत हुने

लिम्वूवान डट व्लगस्पोट डटकम
फेब्रुअरी महिनाको पलेटीमा भारतको पूर्वोत्तरका नेपालीभाषी कलाकार शान्तनुकुमार लिम्बूको गायन प्रस्तुत हुने भएको छ । जीवनकै पहिलो एकल गायन लिएर नेपाल भित्रिएका शान्तनु पलेटीका वाद्यवादकसित अन्तिम अभ्यासमा जुटेका छन् । मणिपुर राज्यको काङलातुम्बीमा सन् १९५२ मा जन्मिएका शान्तनुलेबाल्यकालदेखि नै संगीतमा चासो देखाएका हुन् । उतिबेला आङ्खनो जन्मथलो काङलातुम्बीमा आयोजना हुने भजन कीर्तनमा उनी ठूलो अभिरुचि थियो । पछि सैनिक पेसामा संलग्न भएपछि पनि संगीतप्रतिको उनको मोह निरन्तर नै रह्यो ।
शान्तनुलाई संगीतको औपचारिक अध्ययनको अवसर नपाए पनि उनले गुरु एमएन चोपेलासित गुरुकुल परम्परामा संगीत शिक्षा प्राप्त गरेका छन् । स्थानीय नेपाली मिलेर पूर्वोत्तरमा नेपालीभाषा र संस्कृति जोगाउनुपर्ने आवाज उठाउदै आएका शान्तानुले विगतमा मणिपुरभित्र 'मञ्जरी' नामको सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । मञ्जरीमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्ने गायक-गायिकाहरू अहिले पनि आफ्नो कलाकर्ममा चर्चित छन् । आफ्ना निकटका गीतकार मित्रहरू दमबहादुर र्राई र जितन्द्र बर्देवा -मणिपुर ) को अवशानपछि चुपचाप बसेका शान्तानलाई पलेटीका श्रोतालेपहिलोपल्ट सुन्ने अवसर पाउने भएका छन् ।
उनका गीतमा नेपाली लोकलय र आधुनिक संगीतको प्रभाव भएका कारण पहिलो पटक तिनलाई सुन्ने श्रोतालाई पनि ती नौला लाग्दैनन् । यही नै उनको गायनको विशेषता हो । पलेटीमा नेपाली भाषाका साथसाथै मणिपुरी र अखमिया गीतसमेत गाउने तयारी गरिरहेका शान्तानु नेपालयको आर शालामा भित्रिदै भन्छन्- 'उही, उतै नेपाली भाषा र संस्कृतिका निम्ति लड्दा- लड्दै थाकेको थिए । मलाई त यहा आफ्नै परिवारको माझमा भएजस्तै लागिरहेको छ । पलेटीमा त्यो क्षत्रे बाट पहिलो पटक प्रतिनिधित्व गर्ने अवसर पाएकोमा म खुसी छु । साथै यो साझलाई अविस्मरणीय बनाउन म हरसम्भव प्रयास गर्नेछु ।' सुमधुर रोमान्टिक गीतका साथै गजल र जागरण गीतहरू सुनाउन उनी हौस्सिएका छन् । विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुदै आएको पलेटी शृख लामा नेपाल र नेपालबाहिरका प्रतिष्ठित गायक-गायिकाहरूको सहभागिताको क्रम निरन्तर छ ।

१८ पर्वलाई राष्ट्रिय मान्यता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
फागुन २१ - सरकारले विभिन्न धर्म र जातिका १८ पर्वलाई राष्ट्रिय मान्यताका साथ र्सार्वजनिक बिदा दिने तिर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले धर्मनिरपेक्ष राष्ट्रको भावनाअनुरूप विभिन्न जातजाति र धर्मका पर्वलाई राष्ट्रिय रूपमा मनाउने तिर्णय गरेको हो । स्रोतअनुसार राष्ट्रिय पर्व घोषित गरिएकामा मुस्लिम धर्मावलम्बीको इद र बकरिद, क्रिस्चियनको क्रिसमस, शिखको नानक जयन्ती छन् । त्यसैगरी किरा“त र्राईहरूको उभौली -चण्डी पूर्णिमा, उँधौली -मंसिर पूर्णिमा, सुदूरपश्चिमको गौरा पर्व, गुरुङ र थकाली जातिको तमु ल्होसार, तामाङ र ह्योल्मो जातिको सोनाम ल्होसार, पश्चिमा थारू जातिको माघी पर्वलाई राष्ट्रिय पर्व घोषणा गरेको छ । नया“ वर्ष महाशिवरात्रि, फागू पूणिर्मा र जनै पूणिर्मालगायत राष्ट्रिय पर्वका रूपमा यथावत् छन् । सरकारले दसैं बिदा तीन दिन घटाएको छ । यसअघि फूलपातीदेखि पूणिर्मासम्म बिदा दिदै आएकामा अब फूलपातीदेखि द्वादशीसम्म मात्र बिदा दिइनेछ । राजवंशी जातिको सिरुवा पावनी पर्वलाई क्षेत्रीय पर्वको मान्यता दिएको छ । उक्त पर्वमा झापा, मोरङ र सुनसरी तीन जिल्लामा बिदा दिइनेछ । सहमति कार्यान्वयन गर्ने तिर्णय सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गणतान्त्रिक मोर्चासित भएका सहमतिलाई तुरुन्त कार्यान्वयन गर्ने तिर्णय गरेको छ । सरकारले मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिलाई सहिद घोषणा गरी तिनका परिवारलाई जनही १० लाख रुपैया“का दरले राहत दिने निर्णय समेत गरेको छ ।

Mar 3, 2008

इटहरीमा श्रीजङ्गा लिपिको साइनबोर्ड राखियो

लिम्वूवान डट व्लगस्पोट डटकम,इटहरी
किरात याक्थुङ चुम्लुङ्ग, इटहरी शाखाको अगुवाइमा त्यहाँका लिम्बुहरुले हिजो इटहरी नगरपालिकामा श्रीजङ्गा लिपिका साइनबोर्ड राखेका छन्।नागरिक समाज, बुद्धिजीवी, समाजसेवी र स्थानियबासीसहितको उपस्थितिमा चुम्लुङ्गले लिम्बु भाषामा लेखिएको साइनबोर्ड राखेको हो। सङ्घीयताको कुरा उठिरहेकाले सोको थालनीस्वरुप नगरपालिकामा लिम्बु भाषाको साइनबोर्ड राखिएको चुम्लुङ्गकी नगरअध्यक्ष उषा लिम्बुले बताउनुभयो। सरकारी कार्यालयमा श्रीजङ्गा लिपिका बोर्ड राख्ने अभियान नै चलाउने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो। यसअघि धरानका केही सरकारी कार्यालयमा श्रीजङ्गा (लिम्बु) भाषाका साइनबोर्ड राखिसकिएको छ।

लिम्बुवानको लालमोहर अंकित बोर्ड स्थापना धरानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
लिम्बुवान संघर्ष समितिले पृथ्वीनारायण शाहले दिएको लालमोहर अंकित बोर्ड धरानको भानुचौकमा स्थापना गरेको छ । वि. सं. १८३१ साउन २२ गते लिम्बूहरुलाई प्रदान गरेको सो लालमोहर अङ्कति बोर्ड आइतबार एक सभाका बीच भानुचौकमा राखिएको हो । सो बोर्ड राख्दै किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष उत्तमसिंह थाम्देनले जातीय स्वायत्ततासहितको राज्यको माग गर्नुभयो ।
सभामा लिम्बुवान राज्यको माग गर्दै वक्ताहरुले लिम्बूहरुको इतिहासलाई मेट्न नहुने बताउनुभयो । कार्यक्रममा लोकतान्त्रिक किरात लिम्बू संघका नरेश लिम्बू, लिम्बुवान राज्य परिषद्का केन्द्रीय सदस्य जनक चेम्जोङ, केबी फुदुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान राज्य परिषद्का लोकसागर साम्पाङ, दुर्गा माया लिम्बू, मुक्सामहाङ मेन्याङ्बोलगायतले बोल्नुभएको थियो । जयकुमार केरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संयोजन लिम्बुवान स्वायत्त सरोकार मञ्चले गरेको थियो ।

Mar 2, 2008

गोइत समूहका कार्यकर्ताव्दारा लिम्बु युवकको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराईमा सशस्त्र आन्दोलन गरिरहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहका कार्यकर्ताले वारामा एक युवकको गोली हानी हत्या गरेका छन् ।मोरङको याङ्सिला घर भएका ३१ वर्षिय खगेन्द्र लिम्बुलाई शुक्रबार दिउँसो १ बजे बाराको वनसलीयामा मोर्चाका कार्यकर्ताले गोली हानी हत्या गरेका छन् । बा. २५ प १५८३ नम्बरको मोटरसाइकलमा सवार लिम्बुको हत्याको कारण खुल्न सकेको छैन ।

सरकार र गणतान्त्रिक मोर्चाबीच पाँच बुँदे सहमति सम्पूर्ण बन्द फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौ
संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा र सरकारका तर्फबाट सात दलका प्रतिनिधिहरु बिच पाँच बुँदे सहमती भएको छ। यो सम्झौताले जातिय स्वायतताको लागि सात दल र सरकारलाई वाध्य पार्ने निस्चित छ।
संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा र नेपाल सरकार बीच सहमति भइ शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा पांच बुंदे सम्झौता पत्र मा हस्ताक्षर सम्पन्न भएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको रोहबरमा दुवै पक्षका वार्ताकारहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
मोर्चामा आबद्ध सात संगठनहरू (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान राज्य परिषद, तामाङसालीङ स्वायत्त राज्य परिषद, संयुक्त थारू राष्ट्रिय मोर्चा, नेपाल, मधेशी जन अधिकार फोरम, मधेश, दलित जनजाती पार्टी, लोकतान्त्रिक मधेशी मोर्चा, मधेशी लोकतान्त्रिक मोर्चा र खम्बुवान राष्ट्रिय मोर्चा)ले संविधान सभाको निर्वाचन अगावै राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नुपर्ने, संविधान सभाको चुनावमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यस्था हुनुपर्ने, जाती, भाषा र क्षेत्रको ऐतिहासिक पृष्टभूमिको आधारमा स्वायत्त गणराज्यहरुको सुनिश्चितता हुनुपर्ने लगायतका मागहरू राखी गत फागुन १ गतेदेखि आन्दोलन गर्दै आएकोमा तीमध्ये पांचवटा संगठनहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान राज्य परिषद, तामाङसालीङ स्वायत्त राज्य परिषद, संयुक्त थारू राष्ट्रिय मोर्चा, नेपाल, दलित जनजाती पार्टीले सरकारी वार्ता टोलीसंग सहमति गरेका छन् । सम्झौतापछि संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपालद्वारा आहृवान गरिएको आम हडताललगायतका बन्दका सबै कार्यक्रम फिर्ता लिइ चैत २८ गतेको संविधानसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहज वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सहमतिपत्रमा सरकारका तर्फबाट वार्ता टोली संयोजक, शान्ति तथा पुननिर्माणमन्त्री रामचन्द्र पौडेल, सदस्यहरू स्थानीय विकासमन्त्री देव गुरुङ, शंकर पोखरेल, घनश्याम शर्मा पौडेल, सुनिल प्रजापति र केशव नेपाल र मोर्चाका तर्फबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष मण्डलका सदस्य डि.के. बुद्धिष्ट, संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङदेन, तामाङसालीङ स्वायत्त राज्य परिषद्का उपाध्यक्ष सिङमान तामाङ, संयुक्त थारू राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारू र दलित जनजाति पार्टीका अध्यक्ष विसेन्द्र पासवानले हस्ताक्षर गर्नुभएको छ ।
मुलुकमा २३९ वर्षदेखि आदिवासी जनजाति, मधेसी, दलित, महिला, पिछडावर्ग, अल्पसंख्यक, मुस्लिम समुदायसमेतका जनताका भावनाविपरीत सामन्तवादी केन्द्रीकृत राज्यको कारण उत्पन्न विभेदका सबै रूपहरूलाई अन्त्य गर्दै समानुपातिक, समावेशी लोकतन्त्र तथा स्वशासित स्वायत्त गणराज्यसहितको संघीय शासनप्रणालीअनुसार राज्यलाई नयां संरचना गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापना गरी आदिवासी जनजाति, मधेसी, दलित, महिलालगायत सम्पूर्ण नेपाली जनतालाई राष्ट्रिय मूलप्रवाहमा समाहित गर्नमा यस सम्झौताले गहन भमिका खेलेको छ ।
संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपालमा आवद्द राजनीतिक संगठनहरू हुन्‌- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान राज्य परिषद, तामाङसालीङ स्वायत्त राज्य परिषद, संयुक्त थारू राष्ट्रिय मोर्चा, नेपाल, मधेशी जन अधिकार फोरम, मधेश, दलित जनजाती पार्टी, लोकतान्त्रिक मधेशी मोर्चा, मधेशी लोकतान्त्रिक मोर्चा र खम्बुवान राष्ट्रिय मोर्चा ।

Mar 1, 2008

राष्ट्रलाई खण्डखण्ड पारे सबै जाति जनजातिको अस्तित्व संकटमा पर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,दमक
विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरुले राष्ट्र विखण्डन हुने कुनै पनि आन्दोलन आफूहरुलाई सह्य नहुने कुरामा जोड दिनुभएको छ । 'एक मधेश एक प्रदेश'को नाममा मधेशमा आन्दोलन भइरहेको अवस्थामा शनिबार दमकमा आयोजित एक कार्यक्रममा उनीहरुले सो कुरामा जोड दिनुभएको छ । किरात र्राई विद्यार्थी संघ झापाको दोस्रो जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उहाँहरुले संविधानसभा भाँड्न केही तत्वहरु लागिपरेको समेत आरोप लगाउनुभयो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य धिरेन लावतीले राष्ट्रलाई खण्डखण्ड पारे सबै जाति जनजातिको अस्तित्व संकटमा पर्ने बताउँदै उहाँले संविधानसभाको निर्वाचनबारे सचेत हुन सबै आदिवासी र जनजाति समुदायलाई आग्रह गर्नुभयो । किरात र्राई भाषा अनुसन्धान परिषद्का उप-संयोजक जितमान र्राईले नेपाललाई विभाजन हुने आन्दोलन नेपालीका निम्ति असह्य हुने चर्चा गर्दै राज्य विखण्डन हुने खालको आन्दोलनप्रति सचेत हुन आग्रह गर्नुभयो । किरात र्राई विद्यार्थी संघका महासचिव धीरेन्द्र रुम्दालीले संविधानसभा निर्वाचनप्रति सचेत रहन र्राई विद्यार्थीहरुलाई अपिल गर्नुभयो संघका केन्द्रीय सचिव दीपेनवाला र्राईको सभापतित्वमा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य भीम र्राई, किरात र्राई यायोक्खाका उपाध्यक्ष बीबी र्राई, नेपाल आदिवासी जनजाति महिला संघ झापाकी अध्यक्ष सुमित्रा वाङदेल, श्रीजङ्ग र्राई, हरिलाल देवान, लोकप्रसाद कन्दङ्वा, मेहरमान लिङदेन, कमन देवान, अर्जुन जम्लेली र्राईलगायतले बोल्नुभएको थियो ।

सरकार र गणतान्त्रिक मोर्चाबीच निर्णायक वार्ता हुदै

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा र सरकारबीच विगत केही दिनदेखि जारी वार्ता सहमति नजिक पुगेको छ । पटकपटक औपचारिक र अनौपचारिक रुपमा सम्पन्न वार्तामा भएका सहमतिलाई टुंगोमा पुर्‍याउन आज प्रधानमन्त्री निवास बालुवाटारमा निर्णायक वार्ता हुँदैछ । शुक्रबार पाटनको यलोमाया केन्द्रमा दिनभर दुइ चरणमा चलेको वार्तामा भएका सहमतिलाई टुंगोमा पुर्‍याउन आज बिहान १० बजे बालुवाटारमा वार्ता हुने मोर्चा स्रोतले जानकारी गराएको छ । स्रोतका अनुसार मोर्चाले राखेका माग सम्बोधन गरी र्सार्वजनिक रुपमा प्रतिबद्धता गर्न सरकार तयार भएको छ । लिम्बुवान, खम्बुवान, थारुहट, तामाङसालिङलगायतका स्वायत्त प्रदेशहरुको सुनिश्चितता गर्न वार्तामा सरकार सहमत भइसकेको स्रोतले जानकारी गराएको छ । संविधानसभापछि लिम्बुवान, खम्बुवान, थारुहट, तामाङसालिङ लगायतका प्रदेशहरुको सुनिश्चितता गर्ने भनेर सरकारले लिखित रुपमा प्रतिबद्धता गर्ने भने पनि वार्तामा मोर्चाका नेताहरुले संविधान संशोधन गरी संवैधानिक रुपमै जातीय राज्यको सुनिश्चितता गर्नुपर्ने अडान राखेकोले वार्ता सहमतिमा पुग्न नसकेको बताइएको छ । घोषित मितिमै निर्वाचन सम्पन्न गर्न संविधान संशोधन गरी संविधानमै मोर्चाका माग लिपिबद्ध गर्न नसकिने सरकारी वार्ता टोलीका सदस्यहरुले वार्तामा बताएको स्रोत भन्छ । वार्ता सकारात्मक दिशामा अघि बढेको वार्तामा सहभागी संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले बताउनुभयो । सरकार मोर्चाका माग संविधानमा लिपिबद्ध गर्न तयार नभएकोले वार्ता निष्कर्षा पुग्न नसकेको उहाँले जानकारी गराउनुभयो । शुक्रबारको वार्तामा शान्ति मन्त्री रामचन्द्र पौडेल, स्थानीय विकास मन्त्री देव गुरुङ, एमाले नेता झलनाथ खनाल, नेमकिपाका प्रेम सुवाललगायत सहभागी हुनुहुन्थ्यो भने मोर्चाको तर्फाट संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कमल छाराहाङ, दलित जनजाति पार्टी विशेन्द्र पासवान, संयुक्त थारु राष्ट्रिय मोर्चाका रोशन थारु, तामाङसालिङ स्वायत्त राज्य परिषद्का डिके बौद्धिष्ट वार्तामा सहभागी हुनुहुन्थ्यो । शुक्रबारको वार्तामा मोर्चाको प्रमुख घटक भाग्यनाथ गुप्ता नेतृत्वको मधेशी जनअधिकार फोरमका प्रतिनिधि भने सहभागी थिएनन् । परूणा समानुपातिक निर्वाचन प्रणाली र जातीय राज्यको माग राखी मोर्चाले गत १ गतेबाट आम हड्ताललगायतका आन्दोलनका कार्यक्रम गरिरहेको छ । मोर्चाको आह्वानमा भएको आम हड्तालका कारण पूर्वी पहाडी र तर्राईका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।