News

Dec 2, 2007

तारा लक्समलाई नेपाली तारा बनाउन झापालीले कम्बर कसे

कञ्चन लिम्वू, लिम्वूवान व्लगस्पोट दमक
नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको नेपाली तारा-२ मा उत्कृष्ट ४ मा पर्न सफल तारा लक्समलाई विजयी गराउन झापाली तन्नेरीहरु कम्मर कसेर लागेका छन् । नेपाली तारा-१ मा उत्कृष्ट २० मा परेर फर्किएका तारालाई यसपालीको नेपाली तारा बनाउन यहाँका कलेज, चौक, बजार, साइबर क्याफे लगायतका र्सार्वजनिक स्थलहरुमा लक्समका पोष्टरहरु टाँगीन थालिएको छ । झापा सीवगंज २ घर भएका ताराका गाउँले साथीहरु एसएमएस गर्न आर्थिक सङ्कलनमा समेत जुटेका छन् । स्थानिय शान्ति सेवा समाज शिवगंज नामक संस्थाले त आफ्नो सदस्यलाई नेपाली तारा बनाउन स्थानिय एफएम र पत्रपत्रिकाहरुबाट अपील समेत प्रकाश/प्रशारण गरीरहेको छ । केही समय अघि नेपाली मूलका दार्जीलीङे युवा प्रशान्त तामाङलाई इन्डीयन आइडल बनाउन झैँ झापाका यूवाहरु अहीले लक्समलाई नेपाली तारा बनाउन लागीपरेका छन् । टपटेनमा छनौट भएपछि समेत पटक पटक घरेलु मैदानका कर्न्र्सटमा शुभेच्छुक उराल्दै आएका लक्समका भाई शरण भन्छन् "दाजु सानै देखी खेतबारीमा काम गर्न जाँदा समेत रेडयो बोकेर जान्थ्यो र रेडीयोमा बजेको गीतसँगै उ पनि गाउँथ्यो ।" लक्सम सदस्य रहेको शान्ति सेवा समाजका सदस्यहरुलाई अहिले सहयोग सङ्कलन गर्न र उनलाई एसएमएस गर्न भ्याइ नभ्याइ छ । हामी हाम्रो संस्थाका सदस्यलाई नेपाली तारा बनाएरै छोड्छौँ । संस्थाका उपाध्यक्ष श्रीप्रसाद सुब्बा भन्छन् "एसएमएसका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग समेत भैरहेको छ ।" शान्ति सेवा समाज जस्तै झापाका सुर्योदय स्पोर्टिङ्ग युवा क्लब, फुलबारी यूवा क्लबले पनि लक्समलाई नेपाली तारा बनाउने अभियान नै थालेका छन् । ११ हजार भन्दा बढी प्रतिश्पर्धीलाई उछिन्दै उत्कृष्ट ४ मा पुगेका तारा नेपाली तारा हुन्छन की हुदैनन् त्यो त हेर्न बाकीनै छ ।

No comments: