News

Dec 30, 2007

प्रदर्शनको तयारीमा चेसुङ कथानक चलचित्र

लिम्वूवान व्लगस्पोट सौरभ श्रेष्ठ नेपाल / December 29
पूर्वी पहाडीमा प्रचलित लिम्बूहरुको किपट प्रथामा आधारित नेपाली कथानक
चलचित्र 'चेसुङ' प्रदर्शनकालागि तयार भएको छ । नेपाल एकीकरण पश्चात पृथ्वीनारायण शाहले समेत मान्यता दिएको 'किपट प्रथा' लाई जालझेलेपूर्ण तरिकाले भूमिसुधार ऐन ल्याई खारेज गरिएको थियो ।चलचित्रको कथावस्तुमा लिम्बूहरुको यिनै ऐतिहासिक संस्कृति, दस्तावेजहरुलाई समावेश गर्ने प्रयास गरिएको चलचित्र कार्यकारी निर्माता किशोर सम्वाहाम्फे बताउनुहुन्छ । धनकुटाको लिम्बुवान क्षेत्र, राजारानीमा एक महिनाभन्दा बढी समय लगाएर छायांकन गरिएको 'चेसुङ'मा प्रेम सुब्बा, शोभा खजुम, बलराम जबेगू, भीष्म चेम्जोङ, आशीष लिङदेन, थासेली योङहाङ, रमेश सिंगक, विष्णु चेमजोङ, पुष्प श्रेष्ठ, मनोज शाक्य, कृष्ण आचार्य, राजीव दाहाल, सौगात रिजाल, सुवर्ण पोलिखेलगायतका कलाकारहरुको अभिनय रहेको छ । भीष्म चेमजोङको निर्माण र परिकल्पनामा मच्छिन्द्र इम्बुङको पटकथा, संवाद तथा निर्देशन एवम् नवीन सुखानीको निर्देशन रहेको 'चेसुङ'को निर्माण काबेली फिल्मको ब्यानरमा मत्रेना चुम्लुङ र भीम आङबुङले गर्नुभएको हो । कार्यकारी निर्माता समेत रहेका किशोर सम्बाहाम्फेको द्वन्द्व, अशोक र्राईको संगीत, युवराज र्राईको छायांकन रहेको चेसुङको आगामी माघदेखि काठमाण्डौंलगायत अधिराज्यका प्रमुख शहरहरुमा च्यारिटी शोको लागि सम्पूर्ण तयारी भइसकेको निर्माण पक्षले जनाएको छ । हङकङ, सिक्किम, दार्जिलिङ, युके तथा अमेरिकामा समेत प्रदर्शनका लागि सम्पूर्ण तयारी गरिसकिएको चलचित्र चेसुङको अधिराज्यभर र्सार्वजनिक प्रदर्शन समेत गरिने भएको छ ।

No comments: