News

Dec 3, 2007

गणतान्त्रिक मोर्चाको आन्दोलन घोषणा

लिम्वूवान व्लगस्पोट काठमाडौँ प्रतिनिधि
सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले आदिवासी जनजाति, मधेसी, महिला, दलित आदिको न्यायपूर्ण आवाज राज्यले बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यही मङ्सिर २, ३ र ४ गते सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त थारु राष्ट्रिय मोर्चा, मधेसी जनअधिकार फोरमको असन्तुष्ट पक्ष, सङ्घीय लिम्बुवान राज्य परिषद् र तामाङसालिङ स्वायत्त राज्यपरिषद्ले संयुक्त रूपमा आयोजना गरेको बृहत् राष्ट्रिय राजनीतिक भेलाले सो मोर्चा गठन गर्ने निर्णय गरेको थियो । मोर्चाले मुलुकको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नुपर्ने, जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने र जातिको ऐतिहासिक पृष्ठभूमि, उत्पत्ति, भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकारसहित स्वायत गणराज्यको स्थापना गर्न संवैधानिक व्यवस्था हुनुपर्ने माग प्रधानमन्त्री समक्ष पेस गरेपनि सो सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन लागेका हौं-सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कमल छाराहाङले भन्नुभयो । सातदलीय गठबन्धन यथास्थितिवादी सोचबाट माथि उठ्न नसकेको आरोप लगाउँदै मोर्चाले विधानसभा निर्वाचनको सुनिश्चितताका लागि आन्दोलनको विकल्प नरहेको जनाएको छ ।

No comments: