News

Dec 2, 2007

राजमार्गमा लिम्बूवानद्वारा सवारी कर उठाउन शुरू

दिपेनबाला राई, लिम्वूवान व्लगस्पोट
दमक(झापा) मंसिर, १४- संघीय लिम्बूवान राज्य परिषदले शुक्रवार देखि राजमार्गमा कर उठाउन शुरु गरेको छ । परिषदले आन्दोलनको क्रममा प्रहरीको गोली लागि मृत्यू भएका आफ्ना कार्यकर्ता राजकुमार आङदेम्वे "माङतोक"को परिवारलाई सरकारले क्षतिपुर्ति नदिएको भन्दै तोपगाछी - ७ स्थित सानो कर्ेखामा पर्ने सडक खण्डमा कर उठाउन शुरु गरेको हो । लिम्बूवानले कर उठाउने अग्रीम जानकारी पाएपछि प्रहरी र सशस्त्र प्रहरीले सो क्षेत्रमा सुरक्षाव्यवस्था कडा पारेका थिए तर प्रहरीको अवरोधको वावजूद पनि आफूहरले कर चौकीको उद्घाटन गरेको परिषदले जनाएको छ । लिम्बूवान भोलिन्टियर्सका केन्द्रीय कमाण्ड सचिव तेन्दोङहाङ मिभकका अनुसार कर चौकीको उद्घाटन परिषदका केन्द्रीय सचिव आकाश राइले गर्नुभएको थियो भने उक्त कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव कुमार लिङदेन र परिषदका महासचिव मिसेकहाङको पनि उपस्थिति रहेको थियो । उद्घाटनको क्रममा प्रहरीहरुसंग सामान्य झडप भएपनि कोही हताहत नभएको उनको दावी छ । उट्घाटनको पहिलो दिन ६ वटा सवारी साधनवाट रु ३ सय १० उठाएको र यो क्रम भोलि पनि जारी रहने मिभकले वताए । झापाका प्रमुख जिल्ला अधिकारीले सो विषयमा वार्ता गर्न वोलाएको र आइतवार प्रजिअसँग वार्ता हुने पनि परिषदले जनाएको छ । यता दमक प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोविन्दराज काफ्लेले भने परिषदले कर उठाएको वारेमा आफूलाइ थाहा नभएको बताउँछन् । तर शुक्रवार दिउँसो २ वजेतिर भने काफ्लेको कमाण्डमा गएको इलाका प्रहरीको टोली र पाथीभरा सशस्त्र गणका प्रहरीको संयुक्त टोलीले करचौकीको जानकारीको लागि राखिएको व्यानर उठाएर लगेको थिए भने परिषदका कार्यकर्ताहरुले कुनै प्रतिक्रिया जनाएका थिएनन् । त्यसैगरि परिषदले आज कर चौकीमा सवारीसाधनवाट उठाउने शुल्कको तालिका राजमार्गमा लिम्बूवानद्वारा सवारी कर उठाउन शुरू सार्वजनिक गरेको छ ।
तालिकामा तोकेको शुल्क यसप्रकार छ ।
१. मालवाहक ट्रक - रु १००
२. विदेशी - रु १५०
३. लामो रुटको गाडी - रु १००
४. छोटो रुटको गाडी - रु १००
५. खाली ट्रक - रु २०
६. भेन र जीप - रु २०
७. माइक्रो / मिनिवस- रु ५०
८. दुधको गाडी - रु ५०
९. ट्रयाक्टर लोड - रु ५०
१०. नीजि /सरकारी - रु १००
११. पिकनिकको गाडी - रु २०
एकपल्ट काटेको रसिद १२ घण्टा सम्म कामलाग्ने, युएन, विदेशी नियोग, आकस्मिक सेवा, शैक्षिक सँस्थाका गाडी, विवाहको गाडी र खाली ट्रयाक्टर, मोटर साइकल, साइकल, रिक्सा, वयलगाडालाई कर नलाग्ने कुरा परिषदले सार्वजनिक गरेको पत्रमा उल्लेख छ ।

No comments: