News

Dec 2, 2007

'लिम्बूवान विकास परिषद हङ्गकङ्गव्दारा श्रदान्जलीसभा

शोक समवेदना व्यक्त
मिति-अक्टोवर १४, २००७
यस श्रदान्जलीसभाका सभाध्यक्ष ज्यू,
उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरु, र पत्रकारमित्रहरु,सबैभन्दा पहिले म के भन्न चाहन्छु भने, विभिन्न परिस्थिति र परिवेशमा आन्दोलनको प्रकृति र प्रकृयाहरु फरक फरक किसिमको हुने गर्छन । यसै सर्न्दर्भमा हालसालै हामीले के बुझेका छौं भने, "संघीय लिम्बूवान राज्य परिषद" र "खम्बूवान मुक्ति मोर्चा" ले गत साता -अक्टोवर०३-९, असोज १६-२२,२०६४) लिम्बूवानमा संयुक्त रुपमा ७ दिने आम हड्ताल गरेका थिए, जुन विल्कुलै निशस्त्र र शान्ति पूर्वक आनदोलन थियो । त्यही आन्दोलनको क्रममा गत आइतवारका दिन झापा, केर्खामा इलाम, चुलाचुली-१ का राजकुमार आङदेम्बेको प्रहरीको गोली लागी मृत्यु भएको समाचार सुन्नमा आएको छ । यो एकदमै दुखत् घट्ना हो । यो अकल्पनिय दुखत् घटनाले हामी सम्पूर्ण लिम्बूवान प्रेमी लिम्बूवासीहरुलाई अत्यन्त मर्माहत र दुखित् तुल्याएको छ ।त्यसोहुँदा स्वर्गीय आङदेम्बको त्यो शाहसीक कदम र वीरताको सम्मान गर्दै वहाको चिर मृत्तात्माले सधैं शान्ति पाओस् भन्नाको लागि 'लिम्बूवान विकास परिषद', हङकङको तर्फाट र मेरो व्यक्तिगत तर्फाट गहिरो शोक समवेदना व्यक्त गर्न चाहन्छु ।आदरणीय महानुभावहरु, म यहाँ थोरै के पनि स्पष्ट पार्न चाहनछु भने, संसारमा जतिपनि लर्डाई, संर्घष्ाहरु भएका छन्, त्यो आफ्नो अस्थित्व स्थापित गर्नका लागि भएका छन् । पहिचान र नागरीक हक अधिकारका लागि भएका छन् । त्यो उपनिवेशवादी सामन्ती राज्यसत्ताका विरुद्वमा भएका छन । ठीक त्यसैगरि आज लिम्बूवानले आफ्नो अस्थित्वको सुरक्षा खाजिरहेको छ । उसको इतिहास, पहिचान र गुमेको हक अधिकार खोजिरहेको छ । जुन नेपालको सामन्ती राज्यसत्ताको कारण कहिल्यै माथि उठ्न सकेको थिएन । तर, आज त्यो उठ्ने क्रममा छ ।त्यसैको सेरोफेरोमा आज लिम्बूवानवासीले नेपालको नयाँ राज्यसंरचनामा लिम्बूवान स्वायत्त राज्य स्थापनाका लागि संर्घष्ा गरिरहेका छन् । लिम्बूवान क्षेत्रमा गत साताको ७ दिने आम हड्ताल त्यसैको एउँटा उपज थियो । लोकतान्त्रिक कानूनी प्रक्रियामा नागरिक तथा संघसंगठनहरुलाई विना हातहतियार शान्तिपूर्वक भेला हुने, सभा गर्ने रजनीतिक दल वा संगठन खोल्न पाउँने अधिकार लगायत प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने र मृत्यदण्डको सजाय नहुने भनि उल्लेख भएको पाइन्छ । तर पनि प्रशासनले राजकुमार आङदेम्बेलाई सिधै गोली ठोकी हत्या गर्यो । त्यो सरासर हत्या थियो । त्यो प्रशासनको महा हेपाहा र दमन प्रवृति हो भन्न सकिन्छ । यसप्रकारको प्रशासनिक रवैयाको हामी घोर भर्त्सना र विरोध गर्न चाहन्छौं ।एउँटा मामुली ढुङ्गामुडा हानेकै निहुँमा आज राजकुमार आङदेम्बेले आफ्नो २२ वर्षो कलिलो उमेरमै ज्यान गुमाउनु परेको छ । जब बन्द आव्हान भएको तेस्रो दिन बन्द आव्हान कार्यकर्ताहरुले प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठमाथि ढुङ्गामुडा गरेपछि प्रशासनले कर्फ्र्यु आदेश जारी गरेको भनिएको छ । र, दास्रो दिन प्रहरीले कर्फ्र्यु उलंघन गरेको र प्रहरीमाथि ढुङ्गामुडा हानेको भन्ने आरोपमा प्रहरीले राजकुमार आङदेम्बेलाई गोली हानी हत्या गरे । यसरी हेर्दा प्रशासनले पहिलो दिनको रिसको आवेगलाई थाम्न नसकि भोलिपल्टै प्रहरीले राजकुमार आङदेम्बेलाई गोली हानी हत्या गरेको देखिन्छ ।तर, ढुङ्गामङ्गडा हानेको भन्ने आरोपमा ज्यानै मारिदिने यो प्रशासनको यो कस्तो प्रकारको कारवाही हो - प्रशासनले त्यहाँ कर्फ्र्यु आदेश जारी गर्दा कस्तो परिस्थितिमा, कुन क्षेत्रमा र कति समयका लागि गर्ने - त्यो आदेश जारी हुनुपुर्व त्यहाँका र्सवसाधरण नागरिक र सरकारलाई सूचना दिने काम भएको थियो कि थिएन - त्यहाँ जम्मा ८५ घण्टासम्म कर्फ्र्यु जारी थियो । जसले गर्दा त्यहाँको सामाजिक जनजीवन अत्यन्तै अस्तव्यस्त हुन पुगेको थियो । यो मुख्य गरेर प्रशासनले कर्फ्र्यु जारी गरेपछि भएको थियो । यी सवै विषयहरुको छानविन हुनु अत्यन्तै आवश्यक छ ।एउटा निशस्त्र नागरिक समुह, जसले विना हातहतियार शान्तिपूर्वक आफ्नो हक अधिकारको माग राख्न पाउने कि नपाउने - तर, प्रशासनले भने नागरिकको सुरक्षा हाइन हत्या, हिंसा र आतङक मच्चाएको छ । यिनै कुराहरुको अविलम्ब छानविन गरी दोषीमाथि तुरुन्त कडा भन्दा कडा कारवाही गरियोस् भन्नाको लागि हामी सरकारसित जोडदार माग गर्न चाहन्छौं । यसै चुम्लुङको निर्णयले सम्बन्धित पक्षहरुलाई तुरुन्त एउटा खवरदारी सन्देश पठाउन सके अत्यन्तै राम्रो हुने हामीले ठानेका छौं ।यदि हामीले त्यसो गर्न नसकेको खण्डमा भने, ती राक्षसी बन्दुकका नालहरुले भोली हामी एक, एकलाई निशाना साध्न सक्दैन भनेर भन्न सकिन्न । र, अब अन्त्यमा, फेरी एकपल्ट स्वर्गीय राजकुमार आङदेम्बेको मृत्तात्मालाई सधैं सधैं शान्ति मिलोस भनेर तागेरानिङवाफुमाङसँग प्राथना गर्न चाहन्छु । धन्यवाद ।-राजकुमार आङदेम्बे, श्रदान्जलीसभामा 'लिम्बूवान विकास परिषद' हङ्गकङ्गका संयोजक-प्रकाश यक्सोले दिएको मन्तव्य)

No comments: