News

Dec 2, 2007

आङदेम्बेलाई शहीद घोषणाको माग राख्दै श्रद्धाञ्जलि अर्पण

लोकतान्त्रिक सरकारको प्रहरीद्वारा मारिएका राजकुमार आङदेम्बे लिम्बुलाई शहीद घोषणा गरिनु पर्ने माग राख्दै लिम्बुवान राष्ट्रिय मोर्चाले हत्याको घोर निन्दा र भत्सर्ना गरेको छ। लिम्बुवान स्वायत्त आन्दोलनमा सक्रिय रहंदै आएका आङदेम्वे लिम्बुको लोकतान्त्रिक सरकारको प्रहरीले चलाएको गोली
प्रहारबाट अक्टोबर ७ तारिख मृत्यु भएको थियो। लिम्बुवान झापा केर्खामा प्रहरीले विना चेतावनी गोली
हानी आङदेम्वे लिम्बुको हत्या गरेका थिए।लिम्बुवानमा राजकुमार आङदेम्वे लिम्बुलाई लिम्वुवान स्वायत आन्दोलनको पहिलो शहीद घोषणा सकेको छ भने सरकारबाट तत्काल आङदेम्वेलाई शहीद घोषणा गरिनु पर्ने माग राख्दै आइरहेका छन्। लिम्बुवान मुक्ति मोर्चाद्वारा अक्टोबर १४ आइतबारका दिन आयोजित शोक सभा तथा श्रद्धाञ्जलि कार्यक्रममा वक्ताहरुले हत्याको घोर निन्दा र भत्सर्ना गरेका थिए। मोर्चाका महासचिव अविचन्द्र इङनामले लिखित मन्तव्य सुनाउंदै हत्याको निन्दा गर्नुभएको थियो।मोर्चाका अध्यक्ष दिल पालुङ्वाले लिम्बुवान क्षेत्रका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौला भएता पनि लिम्बुवानको शान्तिपूर्ण आन्दोलनमा कर्फ्यु लगाइनु र लिम्बुवानको छोरो आङदेम्वेलाई मारिनु नियतवस भएको बताउनु भयो। उहाँले आङदेम्वेको आलो रगतले लिम्बुवानको आन्दोलनमा थप उर्जा र शक्ति प्रदान गरेको बताउंनु भयो। आङदेम्वेको आलो रगत, रक्तवीज जस्तै अझ बढ्दै जाने उहाँले बताउंनु भयो। अध्यक्ष पालुङवाले आङदेम्वेलाई लिम्बुवान स्वायत्त आन्दोलनको पहिलो शहीद घोषणा गर्दै सरकारले पनि तत्काल शहिद घोषणा गर्न माग गर्नुभयो। सोही कार्यक्रममा आङदेम्वेको परिवारलाई आर्थिक सहयोग स्वरुप उठाइएको ४० हजार रुपैयाँ मोर्चाले चाँडै नेपाल पठाइने जनाएको छ।नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा लिम्बुवान विकास परिषदका अध्यक्ष प्रकाश याक्सो, किरात याक्थुङ चुम्लुङका कोषाध्यक्ष हस्त मास्वा र किरात धर्म तथा साहित्य उत्थान संघका कमल लिङदेनले पनि मन्तव्य प्रकट गर्नुभएको थियो। मोर्चाका सचिव सुरेश सुब्बाले सञ्चालन गर्नुभएको कार्यक्रममा नवराज काम्वाङले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो।

No comments: