News

Dec 2, 2007

लिम्वुवान सीमाना सम्वन्धि हङकङ घोषणा जारी

लिम्वुवान राष्ट्रिय मोर्चाद्वारा आइतबार आयोजित कार्यक्रममा लिम्वुवान सीमा सम्वन्धि जानकारी तथा वृहत छलफलपछि घोषण पत्र जारी गरेको छ। लिम्वुवानवासीबीच भएको बृहत छलफलपछि लिम्वुवान राष्ट्रिय मोर्चाले लिम्वुवानको सीमा सम्वन्धि एक बूंदे हङकङ घोषणा पत्र जारी गरेका हुन्। घोषणा पत्रका अनुसार -१) लिम्वुवानको पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/संखुवा खोला अरुण हुदै सप्तकोशी, उत्तरमा तिव्वत र दक्षिणमा भारत विचको नेपालको ९ जिल्लाहरु १) ताप्लेजुङ २) पाँनथर ३) ईलाम ४) झापा ५) संखुवासभा ६) तेह्रथुम ७) धनकुटा ८) सुनसरी ९) मोरङ क्षेत्र ऐतिहासिक आधारमा लिम्वुवान भएकोले लिम्वुवान स्वायत्त राज्य हुंदा उक्त उल्लेखित क्षेत्र लिम्वुवान राज्य भनिनु पर्छ।उक्त क्षेत्रमा कुनै पनि हालतमा मासुको विलो बाँडेको जस्तो लिम्वुवानलाई विभक्त गरिनु नहुने सहभागीहरुले बताए। यदि कसैले त्यस्तो कार्य गरेमा लिरामो चुप लागेर नबस्ने धारणा पनि कार्यक्रममा राखिएको थियो।इतिहासमा तराई क्षेत्रमा कहिल्यै पनि कोचिलाको प्रसंग नआएको र वि.सं. १८३१ मा लिम्वुवान गोर्खाको सह-राज्यमा रहेको अवस्थामा तराई सवै लिम्वुवान राज्यको रुपमानै गोर्खामा समावेश भएको कुरा छलफलमा उठेको थियो। कुनै कोचिला राज्य गोर्खामा प्रवेश भएको इतिहास देखिदैन। सहभागीहरुले बताए। यो कोचिला भर्खरै आएको शव्द भएको र लिम्वुवानलाई कमजोर बनाउने गम्भीर षडयन्त्र भैरहेको जनाएको छ। यसलाई लिम्वुवानको इतिहास बिगार्न ल्याईएको उपजको रुपमा छलफलले निश्कर्ष निकालेको छ। यस सवालमा लिरामोले आफ्नो मातृ रक्षाको लागि सदैव ढाल भएर अग्रपंत्तिमा रहने बताएको छ। यर्सथ सरकार र पार्टीहरुले लिम्वुवानको वास्तविकतालाई ख्याल नगरी कार्य नगर्न र श्रीलङका नवनाउन चेतावनी दिईएको थियो।कार्यक्रममा सीमाना सम्वन्धि कार्यपत्र मोर्चाको महासचिव अविचन्द्र ईङनामले तयार गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता अध्यक्ष दिल पालुङवा लिम्वु, सञ्चालन सचिव सुरेश सुव्वा गर्नु भएको थियो। कार्यक्रममा सदस्य एन.पी. पन्धाकले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो।अध्यक्ष दिल पालुङवा लिम्वुले घोषणा गरेको उक्त हङकङ घोषणामा लिम्वुवान विकास परिषदको प्रतिनिधि देवेन्द्र सेर्मा, किरात याक्थुङ चुम्लुङका सचिव ज्ञानु मेन्याङवो र जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, तेह्रथुम हङकङ मञ्चका अध्यक्ष दिल फोम्वो, पत्रकार किसान राई, पत्रकार साहित्यकार प्रदिप कन्दङवा, नर कुमारी लिम्वु लगायतले हस्ताक्षर गरेका थिए।विश्वभरका लिम्वु तथा लिम्वुवानवासीहरुको उभार दिन प्रतिदिन वढ्दै गएकोले निकट दिनमा आन्दोलनको विशाल ज्वारभाटा उठ्न सक्ने आयोजकले बताए छन्। यस्तो स्थिति आउन नदिन सरकार सचेत तथा संवेदनशील भएर लाग्नु पर्ने सुझाब लिरामोले दिएका छन्।

No comments: