News

Dec 2, 2007

चुनावको मिति संसदले तोक्दैन-सभामुख सुभाष नेम्वाङ

सभामुख सुभाष नेम्वाङले अन्तरिम संविधानमा चुनावको मिति तोक्ने काम मन्त्री परिषदको उल्लेख भएकाले संसदले तोक्नु गैरसंवैधानिक हुने बताएका छन् ।सभामुख सुभाष नेम्वाङले संविधानसभा चुनावको मिति संसदले नभइ मन्त्री परिषदले तोक्ने बताएका छन् । लिम्वूवान व्लगस्पोटसँग मङ्सिर ६ गते कुरा गर्दै सभामुख नेम्वाङले अन्तरिम संविधानमा चुनावको मिति तोक्ने काम मन्त्री परिषदको उल्लेख भएकाले संसदले तोक्नु गैरसंवैधानिक हुने बताए । मङ्सिर ६ को संविधानसभाको चुनाव नभएपछि अर्को मिति संसदले तोक्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बताइरहेको बेला सभामुखको यस्तो भनाइ आएको हो ।आफूले पनि संसदले संविधानसभाको चुनावको मिति तोक्ने चर्चा सुनेको उल्लेख गर्दे सभामुख नेम्वाङले विधि र कानुनको सासन मान्नेहरुले संविधानलाई 'फलो' गर्नैपर्छ भने । सरकारले गर्नुपर्ने काम संसदले गरोस भन्ने माग राख्नु नै असंवैधानिक हुने पनि सभामुखको धारणा थियो ।

No comments: