News

Apr 6, 2008

हङकङमा पुर्खादिवस भव्य रुपमा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,देवराज राई / अप्रेल ५, २००८
अप्रेल ५ तारिखका दिन प्रथम तथा दोश्रो विश्ययुद्ध एवं अन्य युद्धहरुमा मृत्युवरण गरेका पुर्खाहरुको स्मरणमा विगत ४ वर्षेखि हङकङमा आयोजना हुँदै आएको पुर्खादिवस यसपालि पनि बृहत नेपालीहरुको उपस्थिति एवं जनचासोका साथ गोर्खा सिमेट्री हङकङमा सम्पन्न भएको छ । कार्यक्रममा हङकङका सरकारी तथा नीजि विद्यालयका विधार्थीहरु, तिनका अभिभावक, विभिन्न सरकारी विद्यालयका प्रधानध्यापक, शिक्षक तथा स्थानीय नेता, भूपू सैनिकहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
विश्वव्यापी रुपमा पुर्खादिवस सम्पन्न गर्दै लैजाने क्रमममा काठामाण्डौमा पनि आदिवासी जनजाति पत्रकार महासंघको आयोजनामा पहिलो पटक पुर्खादिवस सम्पन्न भएको छ । यता हङकङमा भने 'आत्माबलिदानी पुर्खाहरुलाई सधैँ सम्मानले सम्झौँ ।' भन्दै पुर्खादिवस २००८ सम्पन्न भएको थियो । कार्यक्रममा दोश्रो विश्य युद्धमा हताहत भएका पुर्खाहरुको नामावली रहेको समाधि पुस्तक अंक ३ समेत र्सार्वजानिक गरिएको थियो । गत वर्षप्रथम विश्वयुद्धमा हताहत भएका पुर्खाहरको नामावली तथा समाधिस्थलका बारेमा जानकारी समेटिएको समाधि अंक २ र्सार्वजानिक गरिएको थियो ।
स्थानीय विद्यालयहरुमा पुर्खादिवसलाई विद्यालयको वाषिर्क कार्यक्रम बनाइएको कारणले विद्यालयहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयहरुका विधार्थीहरुले तयार पारेका पुर्खा सम्बन्धि लेख रचनाहरका पाठ गर्नुका साथै उनीहरुले तयार पारेका लगभग ३ सय प्रोजक्ट वर्कहरु, विभिन्न युद्धका तस्बीरहरु समेत प्रदर्शनीमा राखिएको थियो ।
पुर्खाहरुको सम्मानकालागि पुष्पगुच्छा अर्पण गरिएको थियो । यसरी पुष्पगुच्द्धा अर्पण गर्नेहरुमा आयोजकका साथै भूपू सैनिक संघका अध्यक्ष तथा अन्यपदाधिकारीहरु, हङकङ नेपाली महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीहरु, पीएच केन्द्रीय प्राथमिक विद्यालयका प्रिन्सिपल तथा भाइस प्रिन्सिपल एवं विधाथीहरु, पीके कलेजका शिक्षक तथा विधार्थीहरु, आइकेटी कलेजका शिक्षक तथा विधार्थीहरु, तुनकुन प्राथमिक विद्यालयका शिक्षक तथा विधार्थीहरु, डेलिया मेमोरियल स्कुलका विधार्थीहरु, सर एलिस कादुरी स्कुलका विधार्थीहरु, सगरमाथा किन्डर गार्टेनको प्रिन्सपल, शिक्षकहरु विधार्थी तथा तिनका अभिभावकहरुले सम्मानका साथ क्रम अनुसार पुष्प गुच्छा अर्पण गरेका थिए ।
गोर्खा सिमेट्री ट्रष्टको आयोजनामा तथा हङकङ नेपलीज फाउण्डेशनको संयोजन सम्पन्न भएको पुर्खादिवस २००८ कार्यक्रममा गोर्खा भूतपूर्व सैनिक संघ हङकङका अध्यक्ष हेम तामाङ प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।
हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू अतिथि रहनु भएको कार्यक्रममा गोर्खा समाधिस्थल रहेको सान तिन रुरल कमिटिका अध्यक्ष तथा डिष्ट्रिक काउन्सिलर मान फु वानको पनि उपस्थिति रहेको थियो । पुर्खालाई सम्मान चढाउने क्रममा उहाँले आफुले गोर्खाहरुसँग बिताएको क्षणहरुको स्मरण गर्दै समाधिस्थल संरक्षण तथा यसको विकासमा सहयोग गर्ने आश्वासन दिनु भएको थियो । उहाँले आफ्नो मन्तव्यको क्रममा गोर्खा सिमेट्री ट्रष्टसँग काम गरिरहेको जानकारी दिनु भएको थियो ।
ट्रष्टका अध्यक्ष एकराज र्राईले सम्बोधन गरेपछि शुभारम्भ भएको पुर्खादिवस २००८ लाई हेम तामाङ, हेम लिम्बूले समेत सम्मान मन्तव्य व्यक्त गर्नु भएको थियो । हङकङ शिक्षा विभागबाट प्रायोजित पुर्खादिवसमा आउन जानकालागि युनलङबाट ६ वटा बसको निशुल्क व्यवस्था गरिएको थियो । कार्यक्रम २ बजेदेखि शुभारम्भ भई ४ बजे समाप्त भएको थियो ।
आयोजक गोर्खा सिमेट्रीज ट्रष्टले पुर्खादिवसलाई विभिन्न देशहरुमा पनि सम्पन्न गर्दै लैजानकालागि पहल गर्ने एवं विशेष दुइ समरमा हताहत भएका गोर्खाहरुको स्मरणमा काठमाण्डौमा एक स्तम्भतल खडा गर्न पहल गर्ने जानकारी दिएको छ । यस वर्षमलेसिया तथा अष्ट्रेलियामा समेत पुर्खादिवस मनाइएको थियो । आगामी वर्षा युके तथा अन्यदेशहरुमा समेत आयोजना हुने भएको छ । पुर्खाहरुलाई सम्झने एक विशेष दिनको रुपमा यसको विकास गर्नु पर्ने अवधारण अगाडि बढ्ने अनुमान गरिएको छ ।

No comments: