News

Apr 24, 2008

समानुपातिकतर्फ पनि मतगणना सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा चुनावको समानुपातिकतर्फको पनि मतगणनाको अन्तिम नतिजा प्रकाशित भएको छ । 
संविधानसभा चुनावमा ३३५ सीटका लागि भएको समानुपातिक तर्फको मतगणना सकिएको छ । समानुपातिकतर्फ पनि प्रत्यक्ष जस्तै माओवादीले पहिलो स्थान, नेपाली कांग्रेसले दोश्रो स्थान, एमालेले तेश्रो स्थान र मधेशी जनअधिकार फोरमले चौथो स्थान ल्याएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार समानुपातिकतर्फ १ करोड ७ लाख ३९ हजार ७८ मत सदर भएको थियो ।
निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम नतिजा अनुसार, माओवादीले २९.२८, नेपाली कांग्रेसले २१.१४, एमालेले २०.३३, फोरमले ६.३२ र तराई मधेश लोकतान्त्रिक पार्टीले ३.१६ प्रतिशत मत प्राप्त गरेका छन् । अन्य दलहरुले प्राप्त गरेको मतको बिवरण निर्वाचन आयोगले दिए पनि त्यसलाई प्रतिशतमा भने निकालिएको छैन । दलहरुले पाएको मतको आधारमा उनीहरुले पाउने सीटबारे भने केही दिनमा दलहरुलाई जानकारी दिइने आयोगले जनाएको छ ।

आयोगले प्रकाशित गरेको नतिजा यस प्रकार छ ।
नेकपा माओवादी ३१ लाख ४४ हजार २ सय ४
नेपाली काँग्रेस २२ लाख ६९ हजार ८ सय ८३
नेकपा एमाले २१ लाख ८३ हजार ३ सय ७०
फोरम ६ लाख ७८ हजार ३ सय २७
तमलोपा ३ लाख ३८ हजार ९ सय ३०
राप्रपा २ लाख ६३ हजार ४ सय ३१
नेकपा माले २ लाख ४३ हजार ५ सय ४५
सद्भावना पार्टी १ लाख ६७ हजार ५ सय १७
जनमोर्चा नेपाल १ लाख ६४ हजार ३ सय ८१
नेकपा संयुक्त १ लाख ५४ हजार ९ सय ६८
राप्रपा नेपाल १ लाख १० हजार ५ सय १९
राष्ट्रिय जनमोर्चा १ लाख ६ हजार २ सय २४
जनशक्ति पार्टी १ लाख २ हजार १ सय ४७
नेमकिपा ७४ हजार ८९

No comments: