News

Apr 22, 2008

समानुपातिकको नतिजा आज साँझसम्ममा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निर्वाचन आयोगले संविधानसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको सम्पूर्ण मतगणना आज साँझसम्ममा सकिने जनाएको छ। आयोगका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फको मतगणना हुन १८ निर्वाचन क्षेत्र बाँकी रहेको छ र ती निर्वाचन क्षेत्रमा समेत मतगणना भइरहेको छ। मतगणना हुन बाँकी रहेका क्षेत्रहरूमा सप्तरीको क्षेत्र नं. १, २ र ६, सिरहाको २, ३ र ५, महोत्तरीको ३, ४ र ५, सर्लाहीको ५ र ६, सुर्खेतको १, नुवाकोटको १, अर्घाखाँचीको १ र २ तथा बाग्लुङको १, २ र ३ छन्। आयोगका अनुसार मतगणना भइसकेका २२२ मध्ये २१९ निर्वाचन क्षेत्रको कुल मतदाता सङ्ख्या ९८ लाख २० हजार ५७१ रहेको छ। प्रत्यक्षतर्फको अन्तिम परिणाम हिजै सार्वजनिक भइसकेको छ।

No comments: