News

Apr 30, 2008

२६ सदस्यको मनोनयन अन्योलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं
हतारमा बनाएको संविधानको कारण संविधानसभा लगत्तै संविधानसभासदलाई सपथ खुवाउने र २६ सदस्य मनोनयनबारे स्पष्ट व्यवस्था नभएकाले अन्योल उत्पन्न भएको छ । वर्तमान मन्त्रिपरिषद्मा रहेका मध्ये अधिकांश पराजित भएको र केहीले राजीनामा दिएको अवस्थामा मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि २६ सदस्यको मनोनयन गर्न अन्योल रहेको बताइएको छ ।
संविधानसभा विद्हरूको धारणाअनुसार २६ सदस्य मनोनयन नगरेसम्म ६०१ सदस्यीय संविधानसभाको पूर्णता नहुने भएकाले त्यसको मनोनयन गरेर मात्रै संविधानसभाको पहिलो बैठक बस्नुपर्ने छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतपरिणाम प्राप्त भइसक्दा पनि २६ सदस्य मनोनयन गर्ने विषयमा राजनीतिक सहमतिको आधारमा गरिने बताइएको छ । निर्वाचित हुने, समानुपातिकमा पर्ने र मनोनयन गरिने सबैको हैसियत समान हुने भएकाले सबैको मनोननिय प्रक्रिया नसकी बैठक बस्न नमिल्ने बताइएको छ ।
गणतन्त्रको प्रस्तावको विषयले समेत २६ जनाको मनोनयन गर्न संविधानसभा बैठक अगाडि नै गर्नुपर्ने बाध्यता रहेकोछ । गणतन्त्रको प्रस्तावलाई समेत असर पार्ने भएकाले २६ जनाको मनोनयन गर्ने विषयमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अन्य दलहरूसँग परामर्श सुरु गर्ने तयारी गरिरहनु भएको बताइएको छ । हतारमा संविधान बनाएको आरोप खेपेको सातदलीय गठबन्धनले सहमतिका आधारमा सपथग्रहण कानुन पनि अध्यादेशबाट ल्याउने तयारी गरिरहेको छ ।

No comments: