News

Apr 17, 2008

१४ मतदान केन्द्रमा आज पुनः चुनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा निर्वाचन अर्न्तर्गत स्थगित गरिएका सिरहाका तीन वटा निर्वाचन क्षेत्रका १४ वटा मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ। निर्वाचन कार्यालय, सिरहाका अनुसार सिरहा क्षेत्र नं.२ को तेनुवापट्टि गाविसको प्रावि सोहपुर क, ख मतदान केन्द्र, जिझौल गाविसको जमावि कजरा जिझौल क, ख, सिरहा क्षेत्र नं.३ को तुलसीपुर गाविस क मतदान केन्द्र, निमावि फुलबरियाको क, ख मतदान केन्द्र, सिरहा नपा-४ वडाको निमावि रजौल मखनाहा क, ख, ग, घ मतदान केन्द्र तथा सिरहा नपा वडा नं.७ को निमावि बालमन्दिर क, ख मतदान केन्द्रमा मतदान हुँदैछ। यसैगरी सिरहा क्षेत्र नं.५ को करजनाहा गाविसको बगहा प्रावि बगहा ख मतदान केन्द्रमा मतदान हुँदैछ। ती मतदान केन्द्रमा आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ। चैत २८ गते भएको संविधानसभा निर्वाचनका क्रममा ती मतदान केन्द्रमा विभिन्न कारणवस मतदान रद्द गरिएको थियो।

No comments: