News

Apr 21, 2008

अब एक क्षेत्रको मात्र परिणाम आउन बाँकी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा निर्वाचनको प्रत्यक्ष निर्वाचन अर्न्तर्गतका २४० निर्वाचन क्षेत्रमध्ये अब एउटा क्षेत्रको मात्र नतिजा आउन बाँकी छ। निर्वाचन आयोगद्वारा दिइएको जानकारीअनुसार सिरहा ३ निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ। आजसम्ममा प्रत्यक्ष निर्वाचन प्रणालीअर्न्तर्गतको सबै परिणाम सार्वजनिक भइसक्नेछ। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणना पनि देशभर जारी रहेकाले भोलिसम्ममा सोको पनि परिणाम सार्वजनिक भइसक्नेछ। प्रत्यक्ष निर्वाचन प्रणालीको पछिल्लो परिणामअनुसार नेकपा (माओवादी) १२० सीटका साथ अग्रस्थानमा रहेको छ। त्यस्तै नेपाली काङ्ग्रेसले ३६ र नेकपा (एमाले)ले ३३ सीट हात पारेका छन्। यसैगरी मधेसी जनाधिकार फोरम २९, तराई मधेस लोकतान्त्रिक पार्टी नौ, सद्भावना पार्टी चार, नेपाल मजदुर किसान पार्टी दुई, जनमोर्चा नेपाल दुई, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्रले दुई सीट प्राप्त गरेका छन्।

No comments: