News

Apr 22, 2008

एमालेले जनताको बहुदलीय जनवाद त्याग्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्त त्याग्ने भएको छ । संविधानसभा निर्वाचनमा लज्जास्पद पराजय भोगेको एमालेले माओवादीभन्दा आफूलाई पृथक बनाउनका लागि सिद्धान्त त्याग्ने निष्कर्षा पुगेको एमाले स्रोतले जानकारी गराएको छ ।
यसैबीच एमालेका स्थायी समिति सदस्य वामदेव गौतमले आपनो पार्टी जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्त त्याग्न लागेको बताउनुभएको छ । सोमबार रिपोर्र्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता गौतमले बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्त त्यागेर अपनाइने नीतिका विषयमा भने केही पनि खुलाउनुभएन । पार्टी नामबाट कम्युनिष्ट शब्द नहटाउने र कम्युनिष्ट पार्टीबीचको एकतामा जोड दिने उहाँले उल्लेख गर्नुभयो ।
आगामी ६ महिनाभित्र पार्टीहाधिवेशनमा जाने र त्यसैबाट नयाँ नेतृत्व र रणनीति तय गरिने गौतमले जानकारी दिनुभयो । एमालेका केही नेताले पार्टी सरकारमा जान नहुने बताइरहेका बेला नेता गौतमले भने जनताको अभिमत पाएका सबै सत्तापक्ष हुन भन्दै आपनो पार्टी केन्द्रीय समितिको बैठकले नयाँ सरकारमा सहभागी हुने निर्णय गर्ने बताउनुभयो ।
उहाँले निर्वाचनमा एमालेले पराजय नव्यहोरेको दावीसमेत गर्नुभयो । समानुपातिकमा उल्लेख्य मत ल्याएको बताउँदै गौतमले भन्नुभयो, 'हामीले आफूलाई सच्याउने मौका पाएका छौँ ।' उहाँले माओवादीलाई आपनो विचार लाद्न खोज्ने परम्परा अन्त्य गर्न र जनमत पाएका सबै दलको विचारलाई सम्बोधन गर्न सुझाव पनि दिनुभयो ।

No comments: